थारु राष्ट्रिय दैनिक
भाषा, संस्कृति ओ समाचारमूलक पत्रिका

Desta forma, os melhores casinos consolidam fortemente o seu lugar de destaque no mercado do entretenimento digital luso.

Os requisitos dos melhores casinos devem ser lidos atentamente antes do primeiro depósito.

Os requisitos dos melhores casinos devem ser lidos atentamente antes do primeiro depósito.

[ थारु सम्बत १७ कार्तिक २६५०, सोम्मार ]
[ वि.सं १६ कार्तिक २०८३, सोमबार ]
[ 02 Nov 2026, Monday ]

भारतबाट फर्केकालाई प्रवेशको माग गर्दै पुनर्वासमा प्रदर्शन

धनगढी, २० बैशाख । जारी लकडाउनको अवज्ञा गर्दै कञ्चनपुर जिल्लाको पुनर्वास क्षेत्रमा प्रर्दशन भएको छ ।

नेपाल भारत सीमा क्षेत्रबाट फिर्ता गराइएका नेपाली नागरिकलाई स्वदेश आउन दिनु पर्ने भन्दै शुक्रबार पुनर्वास नगरपालिका ९ स्थित बिचफाँटाका स्थानीयले प्रदर्शन गरेका हुन् ।

स्थानीयहरुले प्रदर्शन गर्नुका साथै वडा अध्यक्ष नारायण प्रसाद जैशीलाई घेराउ समेत गरेको स्थानीय पत्रकार दिपेन्द्र बस्नेतले जानकारी दिए ।
बिहिबार भारतको गुजरातबाट नेपाल फर्कन लागेका २ नाबालक सहित ७ जनालाई प्रहरीले सीमाबाटै फिर्ता पठाएपछि उनका आफन्तसहितका स्थानीयले गाउँ फर्कन दिनु पर्ने भन्दै प्रदर्शनमा उत्रेका हुन् ।

झन्डै डेढ घन्टा वडा अध्यक्षलाई घेरेका प्रदर्शनकारीसहितको स्थानीयहरुको भिडलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले तितरबितर पारेको थियो ।
सरकारले सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरी सीमा क्षेत्रमा कडाइ गरेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सूचना अधिकारी कृष्णनन्द जोशीले सीमा क्षेत्रमा कडाइ गरिएको बताउँदै भारतबाट फर्किएकाहरुवारे आफुहरुलाई जानकारी नभएको जनाए ।