थारु राष्ट्रिय दैनिक
भाषा, संस्कृति ओ समाचारमूलक पत्रिका
[ थारु सम्बत ०८ माघ २६४८, मंगर ]
[ वि.सं ८ माघ २०८१, मंगलवार ]
[ 21 Jan 2025, Tuesday ]

निर्माणाधीन सडकको घनत्व जाँच

पहुरा समाचारदाता | २७ बैशाख २०७७, शनिबार

हसुलिया, २७ वैशाख । कैलारी गाउँपालिकाको पूर्वाधार विकास समिति र प्राविधिक टोलीले निर्माणाधीन सडकहरुमा आज माटोको घनत्व जाँच गरेको छ ।
पूर्वाधार विकास समितिका संयोजक एवम् गाउँपालिकाका प्रवक्ता कमलप्रसाद चौधरीको नेतृत्वमा खटेको टोलीले वडा नम्बर २, ४ र ९ मा निर्माण भइरहेका सडकहरुमा माटोको घनत्व जाँच गरेको हो । सबै वडामा गरेर पाँच वटा सडकमा माटोको गुणस्तर जाँच गरेको समितिका संयोजक चौधरीले जानकारी दिए ।
‘हामीले जाँच गरेको सबै सडकमा माटोको गुणस्तर राम्रो रहेको पाएका छौं’, उनले भने । ‘अब ग्राभेल भइसकेपछि पुनः घनत्व नाप गरेरमात्रै समितिहरुलाई गाउँपालिकाले अन्तिम भुक्तानी दिनेछ ।’
टोलीले वडा नम्बर ४ मा निर्माण भइरहेको हेल्थ पोष्ट कार्यालयको भवनसमेत अवलोकन गरेको थियो । सो टोलीमा गाउँपालिकाका इञ्जिनीयर भरत चन्द, सव–इञ्जिनीयर गोविन्द रोकाया, ल्याब टेक्निसियन धनबहादुर बिष्ट, ओभरसियर सुनिल चौधरीसहित अरु प्राविधिकहरु सहभागी थिए ।

जनाअवजको टिप्पणीहरू