थारु राष्ट्रिय दैनिक
भाषा, संस्कृति ओ समाचारमूलक पत्रिका
[ थारु सम्बत २७ भादौ २६४८, बिफे ]
[ वि.सं २७ भाद्र २०८१, बिहीबार ]
[ 12 Sep 2024, Thursday ]

धनगढीमा राहतमा कुहिएको चामल आपूर्ति आपूर्तिकर्तालाई २ लाख जरिवाना

पहुरा | ३० बैशाख २०७७, मंगलवार
धनगढीमा राहतमा कुहिएको चामल आपूर्ति आपूर्तिकर्तालाई २ लाख जरिवाना

धनगढी, ३० वैशाख । राहतमा कुहिएको चमल आपूर्ति गर्ने धनगढीका एक आपूर्तिकर्तालाई २ लाख रुपैया जरिवाना गरिएको छ ।

धनगढी उपमहानगरपालिकाले खरिद गरेर वितरणका लागि वडाहरुमा पठाएको चामल कुहिएको र किरा परेको भेटिएपछि आपूर्तिकर्ता धनगढीको ठाकुर ट्रेड लिंकलाई २ लाख जरिवाना गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका सूचना अधिकारी दिपक कुवँरले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार गुणस्तरहिन बस्तु वा सेवा प्रदान गरे बाफत २ लाख रुपैयाँ जरिवाना गरिएको जानकारी दिए । त्यस्तै सो आपूर्तिकर्ताले आपूर्ति गरेको वस्तु वितरण नगर्ने गरी रोक्का गरिएको जनाइएको छ ।

स्थानीयले कुहिएको चामल दिईएको भन्दै फिर्ता गरेपछि धनगढी उपमहानगरपालिका वडा नम्बर ४ शिवपुरीस्थित गोदाममा समेत अनुगमन गरिएको थियो । खाद्य प्रविधिी तथा गुण नियन्त्रण कार्यालय, प्रहरी, पत्रकार, जनप्रतिनिधि र स्थानीयको उपस्थितीमा भएको अनुगमनमा गोदाममा समेत कुहिएको र किरा परेको चामल भेटिएपछि आपूर्तिकर्तालाई कारवाही गर्न सिफारिस गरिएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका सूचना अधिकारी कुँवरले राहतका लागि वितरण गरिएको र गोदाममा मौज्दात राखिएको चामल कुहिएको भेटिएको बताए ।

धनगढी उपमहानगरपालिकाले २ करोड ६१ लाखमा ३ हजार ३ सय क्वीन्टल चामल, ८ सय क्वीन्टल दाल लगायतका खाद्य सामाग्री खरिदका लागि ठाकुर ट्रेडसंग ठेक्का सम्झौता गरेको थियो ।

जनाअवजको टिप्पणीहरू