थारु राष्ट्रिय दैनिक
भाषा, संस्कृति ओ समाचारमूलक पत्रिका
[ थारु सम्बत २७ कुँवार २६४८, अत्वार ]
[ वि.सं २७ आश्विन २०८१, आईतवार ]
[ 13 Oct 2024, Sunday ]

समकालिन मुलुकका २ खतरनाक भ्रमहरु

पहुरा | ४ भाद्र २०७७, बिहीबार
समकालिन मुलुकका २ खतरनाक भ्रमहरु

विश्वमा जस्तै नेपालमा पनि २ वटा झूठमा आधारित सबैभन्दा खतरनाक भ्रमहरु छन्। ति हुन्- ‘विकास’ र ‘प्रजातन्त्र’ (Development and Democracy)। अहिलेको विश्वमा समाजवाद र पूँजीवादकाे अस्तित्व मात्र संभव छ। पहिलोले ‘समुदाय’को प्रतिनिधित्व गर्छ भने दोश्रोले ‘व्यक्ति’को। प्रजातन्त्र एउटा काल्पनिक अवधारणा हो, जसको कुनै मूर्त परिभाषा छैन र ‘प्रजा’ वा ‘लोक’को प्रतिनिधित्व गर्ने कुनै संस्था पनि हुँदैन। ‘समुदाय’ र ‘व्यक्ति’ बाहेक अर्को कुनै कित्ता दुनियाँमा छैन। अहिलेको ‘प्रजातन्त्र’ले गुटको प्रतिनिधित्व गर्दछ, गुटभित्र व्यक्ति प्रधान भएर बसेको छ।

‘प्रजातन्त्र’ र ‘विकास’को व्याख्या गर्ने पश्चिमा साम्राज्यवादीहरुले अनुमोदन गरेका यहाँका दलालहरुको अभ्यास नै ‘प्रजातन्त्र’को राम्रो अवधारणा हो। शेरबहादुरले पार्टीसार्टी नमानेर धमाधम विभाग र सदस्यहरुको मनोनयन गर्छन्। ओलीले केन्द्रीय कमिटीको निर्णय पनि नमान्ने र दुबै पद पनि नछोड्ने जानकारी गराईसकेका छन्। पुष्पकमलले पनि १२ बुँदे समझदारी देखि संसदमा प्रवेशसम्मका एजेन्डाहरु पार्टीमा छलफल नगरेर एकल निर्णयका आधारमैं गरेका थिए। मधेशवादीहरुको आधा दर्जन अध्यक्ष भएको पार्टी सबैले देखेका छन्। ‘प्रजा’ र ‘लोक’ एउटा दाउपेचकाे अवधारणा हाे ।

मूर्ख खोज्न कतै जान पर्दैन । राजनीति लाई पेशा बनाउने, पेवा बनाउने र मेवा खानेहरु धेरै छ्न । पशु समेतले मौसम अनुसार आफ्नो सुरक्षा र ब्यवस्थापन गरिरहेको हुन्छ तर बिड्मबना हाम्रो देशको राजनीति पशु जत्तिको पनि व्यवहारिक हुन छाड्यो भन्दा मलाई गाली नगर्नु होला । नैतिकतालाई बिर्को लगाउदै भैरहेको राजनीतिले हाम्रो रास्ट्रलाई कता लाने हो थाहा छैन ।

अन्यथा कसैलाई नलागोस यो देशका ९० प्रतिशत नागरिक हरुको एउटा न एउटा राजनीतिक पार्टी सङ्ग आस्था जोडिएको हुन्छ र मेरो पनि छ । मैले कसैलाई पनि आक्षेप लगाउन खोजेको कदापी होइन । तर बिगत केही महिना यता समाजका अगुवा वा आफुलाई नेता भन्न रुचाउने महानुभावहरुका फेस्बुकका भित्ता हेर्दा मनमा अनेकन प्रस्न हरु उब्जिएका हुनाले यत्ती लेख्ने कस्ट गर्दैछु कसैलाई गलत लागे यसै पोस्ट मार्फत क्षमा माग्न चाहन्छु । कोरोना महामारीको कारण मानव समुदायकै अस्तित्व संकटमा परिरहेको बेला जनताको जीवन दैनिकी र जनजीविकाका सवालहरुमा गम्भीर भएर सबै पार्टी एकजुट भएर लाग्ने बेला, भोलि आउने सम्भाब्य जोखिम न्यूनीकरण गर्न अभियान चलाउनु पर्ने बेला एकातिर बिश्व समाज मानव समुदाय माथिको संकट हटाउन खोज अनुसन्धान गर्दैछ तर मेरो ग्रुह जिल्लामा भने पार्टी प्रवेश गराउने होडबाजी चलिरहेको देख्दा अचम्मित भएको छु ।

हाम्रो समाज र राजनीति कता तर्फ के का लागि हिडिरहेको छ बुझ्न सकेन र प्रस्न गर्न मन लाग्यो यो कस्तो राजनीति हो ? यस्तो कर्मले हामिलाई कहाँ पुगाउछ ? हाम्रो लक्ष्य के हो ? हामी के का लागि राजनीति गर्दैछौ ? हाम्रो उदेश्य के हो ? अहिले पार्टी प्रवेश हुनेहरु न भोलि निर्वाचनमा टिकट नै पाउने हुन न कुनै राजनीतिक नियुक्ति अनि यो हतारो किन ? आफ्नै पार्टी भित्र बषौ देखि लागि रहेका हरुको ब्यवस्थापन गर्नै चुनौती भएको बेला आफ्नै पार्टी भित्र बिसौ गुट उपगुट भएको बेला सम्भावित भोटरहरु समेतलाई अबिर टीका लगाएर पार्टी सदस्यता प्रदान गर्दा जनतालाई हुने कुनै एउटा फाइदा पनि छ भने कृपया कस्ट गरिदिनु होला म भ्रममा रहेछु भन्ने बुझौला र सच्चिने कोशिश गरौला । होइन भने केवल कसै व्यक्तिका लागि मात्र सिंहदरबार को भर्‍याङ जनतालाई कति बनाउनु हुन्छ ? अलि कति नैतिकता भन्ने चिज सबै सङ्ग हुन्छ हजुरहरुसङ्ग पनि होला प्रयोग गर्नुहोस । अहिलेको यस्तो बिकराल समस्याको बेला तामझामका साथ आरोप प्रत्यारोप को राजनीति गर्दै टीका लगाउने भन्दा बरु आफ्ना क्षेत्रका जनतालाई उद्धमशिल बनाउने कोशिश गरेको भए । दुई चार सिपमुलक कुराहरु सिकाउन पाएको भए । उनिहरुलाई आत्मनिर्भर बनाउने प्रयत्न गरेको भए के नै बिग्रीन्थ्यो र ?

यहाँ जनता २ छाक खान नपाएर अकालमै ज्यान गुमाउदै छ्न । किसान मल, बीउ र बजार नपाएर आत्महत्या को संघारमा पुग्दैछ्न । बिद्यार्थीहरु विद्यालय जान नपाएको महिनौ भयो उनिहरुको मानसिक अवस्था कस्तो भएको होला ? आफ्ना पेशा ब्यवसाय थाती राखि लकडाउन र पश्चात् सटडाउन हुँदै निशेधआज्ञा सम्म पुगेका जनतालाई कस्तो कस्तो समस्या परेको छ होला ? के गर्दा समाज फेरि सबल हुन सक्छ ? कसरी जनताको गुमेको बिरासत फर्काउने भन्ने तर्फ ध्यान दिनु पर्ने बेला तपाईहरुको जुङ्गाको लडाइ र पार्टी संगठन निर्मालको होडले तपाईं हरुको सामाजिक उत्तरदायित्वको स्तर उदाङ्गो हुदैन र ? एक पटक सोच्नुहोस त के जुन गतिविधि तपाईहरु गर्दै हुनुहुन्छ, यस्ले हाम्रो समाज समृद्द हुन्छ ? के आजको प्रमुख आवश्यकता यहि हो ? के एउटा राजनीतिक पार्टीको असल भुमिका यस्तै हुनु पर्छ ? हो र हुन्छ भन्ने यदि लाग्छ भने तपाईं मूर्ख हो र हुदैन होइन भन्ने लाग्छ भने पनि तपाईं मुर्ख नै हो ।

मूर्ख किन हो भन्ने कुरा ब्याख्या गर्न आवस्यक छैन यत्ती कुरा अवस्य बुझ्नु हुन्छ त्यो मेरो बिश्वास हो । यसर्थ कृपया चुनाव आउन अझै समय छ । त्यतिन्जेल जनतालाई कसरी बचाउने तर्फ ध्यान दिउ अनि राजनीति गर्नुहोला भोटमाग्नु होला जे जे बन्न मन छ सबै बन्नु होला । लेख्नु पर्ने धेरै थियो तर धेरै लामो लेखिरहे पनि आसय यहि हो पाठकहरुको समय समेतलाई ध्यानमा राख्दै अन्तिम अनुरोध गर्छु बिन्ती जनतामाझ भ्रम को खेती गर्न बन्द गर्नुहोस । जनता पनि अलि कति बुझ्ने कोशिश गर्नुहोस राजनीति स्थाई हुन्छ । पात्र होइन , पात्रलाई इन्द्र झै पुजेर आफुलाई स्वहा नपारौ । रास्ट्र निर्माण को अभियानमा दक्ष र इमानदारलाई अवसर प्रदान गरौ । आफै रोज्ने अनि आफै गाली गर्ने परम्परा कहिले सम्म ? जनताको मानसिक परिपक्वता नै रास्ट्र परिपक्वताको मानक हो भन्ने बुझौ हामी जनता परिवर्तन नभए सम्म कुनै चमत्कार हुने वाला छैन ।

(लेखक राष्ट्रिय थारु कलाकार मञ्चका अध्यक्ष हुन ।)

जनाअवजको टिप्पणीहरू