थारु राष्ट्रिय दैनिक
भाषा, संस्कृति ओ समाचारमूलक पत्रिका
[ थारु सम्बत ०२ असार २६४९, सोम्मार ]
[ वि.सं २ असार २०८२, सोमबार ]
[ 16 Jun 2025, Monday ]
‘ नेपाली कविता ’

अनिंदा आँखाहरु

पहुरा | २९ जेष्ठ २०७८, शनिबार
अनिंदा आँखाहरु

आतङक यता पनि छ
त्रासदी उता पनि छ होला
म अनुभूत गर्न सक्छु
समयको पदचाप ।
आतङ्क ओच्छ्यार
त्रासदी सिरान हालेर
अहँ,निंदाउन सकिएन
झिमिक्क हुँदैनन् परेलाहरू ।
हेरिरहेछु अनेकन् आँखाहरू
पढिरहेछु परेलाका डिलहरू
सपनाको लोखन्ते बनेर ।
आँखा खोज्दै जाँदा
परेला रोज्दै जाँदा
भेटिन्छन् अनिंदा आँखाहरू !

टीकापुर, कैलाली

साभारः फेसबुकसे

जनाअवजको टिप्पणीहरू