थारु राष्ट्रिय दैनिक
भाषा, संस्कृति ओ समाचारमूलक पत्रिका
[ थारु सम्बत २० असार २६४९, शुक्कर ]
[ वि.सं २० असार २०८२, शुक्रबार ]
[ 04 Jul 2025, Friday ]

आधारभूत अधिकारका सवालमा छलफल

पहुरा | २४ आश्विन २०७८, आईतवार
आधारभूत अधिकारका सवालमा छलफल

पहुरा समाचारदाता
चौमाला, २४ असोज ।
शिक्षा, स्वास्थ्य, खाध्य र आवास अधिकारका सवालमा छलफल कार्यक्रम गौरीगंगा नगरपालिकामा गरिएको छ । मानवअधिकार समुह गौरीगंगा र इन्सेक सुदुरपश्चिम प्रदेश कार्यालयको आयोजनामा नगर प्रमुख भिम बहादुर देउवाको उपस्थितिमा कार्यक्रम भएको थियोे ।

चौमालामा भएको कार्यक्रमका सहभागी लक्ष्मी चौधरीले गौरीगंगा नगरपालिकामा रहेका विद्यालय भवन अपांग मैत्री नभएको, सौचालय महिला मैत्री सेनेटरी प्याड फेरबदल गर्ने सहितको नहुदा छात्राहरू नियमित विद्यालय जान नसकिरहेको बताएकी थिईन । मसुरिया बजार व्यवस्थापन समितिका सचिव घनश्याम पौडेलले बजार क्षेत्रमा रहेका मासुजन्य पसल तथा बजारको फोहोर व्यवस्थापन हुन नसकिरहेको उल्लेख गर्दै फोहोर नदि किनारामा फाल्नुपर्ने बाध्यताको समाधान खोज्नु पर्ने बताएका थिए । महिला स्वास्थ्य स्वयं सेविकाहरुले साईकल दिएर गाउँ बस्तिमा काम गर्न सहज बनाए पनि काम गरेको बखतमा दैनिक परिश्रम पाँच सय रुपैया दिने बताएको तर हाल चार सय मात्र दिएको लगाएतका बिषय राखेका थिए ।


सहभागीले उठाएका बिषयमा नगरपालिकाले कार्य गरिरहेको कक्षा १० सम्म निशुल्क शिक्षाको कार्यान्वयन गर्न नगर शिक्षकको दरबन्दी सृजना गरि रोजगार मुलक प्राविधिक शिक्षाका लागि ३ वटा विद्यालयमा १५र१५ लाख प्रदान गरेको तथा अब बन्ने विद्यालय संरचनाको निर्माणमा सबै पक्षको लागि उपयुुक्त हुने गरि बनाउने बताउदै नगर प्रमुख देउवाले नगरपालिकाले फोहोर व्यवस्थापन गर्न उपयुुक्त ठाउँको पहिचान गर्न नसकेकाले डम्पिङ साईडको सम्भाव्य स्थलको खोजी गरिरहेको बताएका थिए ।


समुहका नगर संयोजक कृष्ण खड्काको सभापतित्वमा भएको कार्यक्रममा सहजिकरण इन्सेकका दिपक नेपालीले गरेका थिए भने संचालन टेकराज ओझाको रहेको थियो ।

जनाअवजको टिप्पणीहरू