थारु राष्ट्रिय दैनिक
भाषा, संस्कृति ओ समाचारमूलक पत्रिका
[ थारु सम्बत ११ सावन २६४९, शनिच्चर ]
[ वि.सं १० श्रावण २०८२, शनिबार ]
[ 26 Jul 2025, Saturday ]

२ सय अपांगता भएका नागरिकले पाए घर दैलोमै खोप सेवा

पहुरा | १७ कार्तिक २०७८, बुधबार
२ सय अपांगता भएका नागरिकले पाए घर दैलोमै खोप सेवा

पहुरा समाचारदाता
धनगढी,१७ कार्तिक
। बर्दगोरिया गाउँपालिकामा तीन दिन वडामा निरन्तर गरिएको घर दैलोमे कोरोना विरुद्धको खोप अभियान संचालनमे २०० जना अपांगता भएका नागरिक, एकल महिला र जेष्ठ नागरिक लाभान्वित भएका छन ।

No description available.


कर्डएड, लुथरन बिश्व फेडरेसन नेपाल ,दिगो बिकास समाज भजनी र सर्वाङिण अपांगता बिकास समाज नेपालको सयुक्त साझेदारी, बर्द्गोरिया गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा पुर्ण अशक्त र अति अशक्त अपांगता भएका नागरिकहरुको घर दैलोमा नै गई कोरोना विरुद्धको खोप, अभियान पालिकाका ०६ वडामा सफलता पुर्वक सम्पन्न भएको उक्त कार्यक्रमका प्राबिधिक सहजकर्ता नन्दराज भट्टले जानकारी दिए।

No description available.

उक्त खोप अभियानको मिति २०७८ कात्तिक १५ गतेका दिन बर्दगोरिया गाउँपालिका कार्यालयका उपाध्यक्ष भगवती डगौरा थारु स्वास्थ्य शाखा प्रमुख कृष्ण देव जोशी, महिला तथा बालबालिका शाखा प्रमुख मानमती राना र सर्वाङिण अपांगता बिकास समाज नेपालका कार्यकारी निर्देशक नन्दराज भट्ट द्वारा सुरुवात गरिएको कार्यक्रमको समापन सत्रमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्किले यो कार्यक्रम नेपालकै लागि नमूना कार्यक्रम भएको छ ।

No description available.


यसरी यो कार्यक्रम लाई यो गाउँपालिकामा ल्याउनु हुने सस्थालाइ हार्दिक धन्यवाद सहित गाउँपालिकाको तर्फबाट यस्तो महान तथा अनुक्रणिय कार्यक्रम गर्न आउनु हुने संघ सस्थाहरुको लागी गाउँपालिका परिवार सधैं तत्पर र सह्योगी भुमिकामा रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

No description available.
No description available.

जनाअवजको टिप्पणीहरू