थारु राष्ट्रिय दैनिक
भाषा, संस्कृति ओ समाचारमूलक पत्रिका
[ थारु सम्बत ३० बैशाख २६४९, मंगर ]
[ वि.सं ३० बैशाख २०८२, मंगलवार ]
[ 13 May 2025, Tuesday ]

गापा महासंघद्धारा सुदूरपश्चिमको रेडबुक माग

पहुरा | १२ असार २०८१, बुधबार
गापा महासंघद्धारा सुदूरपश्चिमको रेडबुक माग

पहुरा समाचारदाता
धनगढी, १२ असार ।
सुदुरपश्चिम सरकारको कार्यक्र पुस्तिका ९रेडबुक० को माग गर्दै गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सुदूरपश्चिम प्रदेशले सुदूरपश्चिम प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

प्रदेशले छुट्याएका योजनाहरु पालिकामा दोहोरो हुन नदिन रेड बुक आवश्यक रहेको भन्दै गाउँपालिका महासंघले रेडबुक माग गरेको हो ।

‘संघ सरकार र प्रदेश सरकारले समयमै योजनाको बिबरण उपलव्ध गराएमा दोहोरापना लगायत प्राथमिकताको क्षेत्र समेत निर्धारण गर्न सहज हुनेछ’ ज्ञापनपमा भनिएको छ ।

सुदुरपश्चिमका ५४ गाउँपालिकाले असार १० गते बजेट ल्याइसकेका छन् । अहिले बजेटबारे छलपल भैरहेको छ । मंगलबार गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमितिकी सदस्य एवम् कैलारी गाउँपालिका उपाध्यक्ष भगवती चौधरीले प्रदेशका प्रमुख सचिव डा।हरि लम्साल मार्फत मुख्यमन्त्री दिर्घबहादुर सोडारीलाई ज्ञापन पत्र बुझाएकोे हो ।

जनाअवजको टिप्पणीहरू