कैलारी–१ मा चार जना नयाँ कुष्ठरोगी फेला, औषधी खाने विरामी ६ पुगे

पहुरा समाचारदाता
धनगढी, ६ असार । कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर १ मा चार जना नयाँ कुष्ठरोगका विरामी फेला परेका छन ।
कैलारी गाउँपालिका स्वास्थ्य शाखाको समन्वय तथा स्वास्थ्य कार्यालय धनगढी कैलालीको आयोजनामा भएको छालारोग जाँच तथा रोग पहिचान शिविरमा चार जान नयाँ कुष्ठरोग विरामी भेटिएको हो ।
कैलारी गाउँपालिका वडा नम्बर १ स्थित मनाउ आधारभूत स्वास्थ्य केन्द्रमा भएको उक्त शिविरमा नयाँ विरामी फेला परेको उक्त केन्द्रका प्रमुख कुसुम चौधरीले जानकारी दिए ।
शिविरमा ७५ जानको चेकजाँच भएकोमा ३ जान नयाँ विरामी र एक जान औषधी खाइरहेकोमा उहाँलाई निको नभएको देखिएको हुदाँ फेरी औषधी सुरुवाट गरिएको उहाँले जानकारी दिनु भयो । उक्त वडामा ३ जान कुष्ठरोगका औषधी खाइरहेका थिए ।

कैलारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नरेशकुमार चौधरी वडा नम्बर १ कुष्ठरोगको जोखिमयुक्त वडा रहेको बताउनु भयो । उहाँले भने, कुष्ठरोगको भाइरस स्वास्थ्य मानिसमा प्रवेश गरेपछि लक्षण लामो समयपछि देखिने गर्छ तर यो वडामा १४ बर्ष मुनिकोमा पनि कुष्ठरोग र्देिखएको छ । जसले गर्दा जोखिम देखिएको हो । छालारोग जाँच तथा रोग पहिचानका लागि महिला स्वास्थ्य स्वम सेविका र स्वास्थ्यकर्मीहरु वडा नम्बर १ को विभिन्न टोलमा मंगलबार र बुधबार घरभेट कार्यक्रम गरेको स्वास्थ्य कार्यालय कैलालीको प्रयोगशाला निरिक्षक दिपक जोशीले बताए ।
कुष्ठरोग लागेको व्यक्ति एक पल्ट औषधी खाए यो रोग नसर्ने तर समयमा उपयुक्त उपचार नभए कुष्ठरोगका कारण अंगभंग वा विचलनसमेट हुने बताए । यी रोगका कारण कुनैपनि व्यक्ति शारिरीक, मानसिक एवं सामाजिक रुपमा हतोत्साहित हुने गर्छन । यो रोग आँखाले देख्न नसक्के सुक्ष्म किटाणु माइक्रोव्याकटेरियम लेप्रेसेबाट हुने गर्छ ।
कुष्ठरोगको लक्षण शरिरमा दाग, हातखुटट झमझम गर्ने, शरिरको कुनै भागमा स्पर्श शक्ति हराउनु, हातखुटट औला कम्जोर हुनु, बांगो हुनु, आँखा झिम्काउन नसेक्नु, बन्द गर्न नसेक्नु कानको लोटी मोटो हुनु, अनुहारको छाला रातो हुनु, चम्किलो, शरिरमा गिर्खा, नदुख्ने घाउ, मांसपेशी कम्जोर हुनु लक्षण देखा पर्ने प्रयोगशाला निरिक्षक जोशीले बताए ।

छालारोग जाँच तथा रोग पहिचान शिविरमा डा. अभिजित यादव, हसुलिया स्वास्थ्य आधारभूत केन्द्रका सिअ पुष्पराज उपााध्याय, सेती प्रादेशिक अस्पतालका कुष्ठरोग निरिक्षक गीता चौधरी, मनाउ आधारभूत स्वास्थ्य केन्द्रका महेन्द्र कठरिया, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वम सेविकाहरुको सहभागिता रहेको थियो ।

