कैलारीले सार्वजनिक गर्यो आ.व. २०८२/०८३ को लागि नीति कार्यक्रम तथा बजेट (पूर्णपाठसहित)
पहुरा समाचारदाता
धनगढी, ८ असार । कैलाली जिल्लाको कैलारी गाउँपालिकाले र्आिर्थक बर्ष २०८२/०८३ सालको लागि नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ ।
कैलारी गाउँपालिकाको आर्थिक बर्ष २०८१/०८२ को गाउँसभा अधिवेशन गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरीको अध्यक्षतामा भएको पहिलो बैठकबाट गाउँपालिका अध्यक्ष राजसमझ चौधरी आर्थिक बर्ष २०८२/०८३ सालको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी गाउँसभाको दोस्रो बैठक गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा भएको थियो । सभामा गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी आर्थिक बर्ष २०८२/०८३ सालको लागि बजेट प्रस्तुत गर्नुभएको थियो ।
गाउँपालिकाको आ.व. २०८२/०८३ को लागि नीति कार्यक्रम तथा बजेट (पूर्णपाठसहित) यस प्रकारका रहेको छ ।
कैलारी गाउँपालिकाका अध्यक्ष ज्यूबाट प्रसतुत २०८२/०८३ को नीति तथा कार्यक्रम
सर्वप्रथम यस गरिमामय सभामा देशका विभिन्न कालखण्डमा भएका राजनितिक, सामाजिक अन्य आमूल परिर्वतनका लागि आफ्नो प्राण उत्र्सग गर्ने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्न चाहन्छु ।
सभा अध्यक्ष महोदय,
कैलारी गाउँपालिकाको यस अधिवेशनमा आर्थिक बर्ष २०८२÷०८३ को बिशिष्ठ क्षेत्रगत नीति तथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु
१.कैलारी गाउँपालिकाको आर्थिक बर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रमको तयारी विगतमा भए÷गरेका असल अभ्यासहरुलाई संस्थागत गर्दै, कमी कमजोरीहरुलाई न्यूनीकरण गर्नुका साथै समावेशीताको सिद्धान्तका आधारमा पूर्णपारदर्शि रुपमा बजेट तथा कार्यक्रम कार्यान्वयन गरिनेछ ।
२. कैलारी गाउँपालिकामा १५ शैयाका आधारभुत अस्पताल आर्थिक बर्ष २०८२÷०८३ मा संचालनका लागि प्रदेश सरकार तथा नेपाल सरकार तथा प्रदेश सरकारका सम्वद्ध निकायसँग समन्वय तथा सहकार्य गरिनेछ ।
३. कैलारी गाउँपालिकाको समग्र विकासका साथै जनगुनासाहरुको सम्बोधनका लागि गाउँपालिकामा उपलब्ध श्रोत साधनले परिपुर्ति गर्न सम्भव नहुने हुदाँ सोका लागि विभन्न निकायसँगको समन्वय तथा सहकार्यमा जोड दिनुका साथै सरोकारवाला सहितको सहमती र सहकार्यलाई अँगिकार गरिनेछ ।
४. कैलारी गाउँपालिकाको साझा सवालहरुको सम्बोधन तथा समग्र कैलारी गाउँपालिकाको दिगो विकासका लागि गाउँपालिकामा क्रियाशिल राजनितिक दल, नागरीक समाज, बुद्धिजिवी, भलमन्सा लगायतका सरोकारवालाहरुसँग समन्वय तथा सहकार्य गरिनेछ ।
५. भूमिहिन सुकुम्बासी, भूमिहिन दलित तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि नेपाल सरकारका सरोकारवाला निकायसँगको समन्वय गरी आ.व. २०८२÷०८३ भित्र लालपुर्जा वितरण कार्य गरिनेछ ।
६. कैलारी गाउँपालिकाका नागरिकको विकास प्रतिको तीव्र भावना र समृद्ध कैलारी गाउँपालिकाको आधार स्वरोजगार एवं पूर्वाधार र नागरीकलाई गुणस्तरीय सेवा प्रवाहका आवश्यक बजेट तथा कार्यक्रम तर्जुमा गरिनेछ ।
७. समृद्ध कैलारी गाउँपालिकाको विकासका आधार, स्वरोजगार एवं पूर्वाधार र विकास प्रतिको आकाँक्षालाई पूरा गर्न शिक्षा, स्वास्थ्य, भौतिक विकास, मानव संसाधनको विकास तथा सामाजिक समावेशीकरणको सिद्धान्तलाई संस्थागत गर्न बजेट तथा कार्यक्रमको तर्जुमा गरिनेछ ।
८. कैलारी गाउँपालिकाका बाढीपिडितको स्थायी तथा दिर्घकालिन व्यवस्थापनका लागि नेपाल सरकार,प्रदेश सरकार लगायतका सम्बन्धित निकायसँग समन्वय तथा सहकार्य गरिनेछ ।
९. रक्तसँचार केन्द्र (रेडक्रस) धनगढीसँगको सहकार्यमा कैलारीबासीलाई निःशुल्क रगतको उपलब्धता कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
१०. कैलारी गाउँपालिकामा प्रस्तुतीमा असहजता आएका गर्भवतीलाई उपलब्ध गराउदै आएको निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिईनेछ ।
११. कैलारी गाउँपालिकाका सीप तथा दक्षता प्राप्त व्यक्तिहरुको सीप परिक्षणका लागिऋत्भ्ख्त् सँग समन्वय तथा सहकार्य गरिनेछ
१२. कैलारी गाउँपालिकामा वैकल्पिक तथा खुल्ला बिद्यालय सँचालनका आवश्यक नीति विधिको निर्माण गरी अनिर्वाय शिक्षाका कार्यक्रम संचालन गरिनेछ ।
१३. गाउँपालिकाको श्रोत तथा साधनले सम्पन्न गर्न नसकिने योजना तथा कार्यक्रमको कार्यान्वयनका लागि नेपाल सरकार, प्रदेश सरकारका निकायसँग समन्वय सहकार्य गरिन्छ ।
१४. मित्तव्ययीताको सिद्धान्तलाई सँस्थागत गर्दै समन्वय सहकार्यको अभिबृद्धि र दोहरोपना न्यूनीकरणका लागि विकास साझेदार सँग समन्वयात्मक रुपमा लागत साझेदारीमा कार्यक्रम कार्यान्वयन गरिनेछ ।
१५. गाउँपालिकाको सेवा प्रवाहलाई जनमुखी बनाउन सेवा केन्द्र स्थापना गरी पशु तथा कृषि सेवाका कार्यक्रम कार्यान्वयन गरिनेछ ।
१६. सिकलसेल एनिमिया रोगको रोकथाम तथा उपचारका लागि कैलारी गाउँपालिकामा अस्पताल संचालनका लागि प्रदेश तथा संघीय सरकारका सम्वद्ध निकायसँग समन्वय तथा सहकार्य गरिनेछ ।
१७. आ.व. २०८२÷०८३ मा कैलारी गाउँपालिकामा बालमैत्री तथा पोषणमैत्री गाउँपालिका घोषणाका कार्यक्रम कार्यान्वयनका लागि समन्वय तथा सहकार्यमा बालमैत्री वडा तथा पोषणमैत्री गाउँपालिका घोषणा गरिनेछ ।
१८. कैलारी गाउँपालिकाको विकासका प्रकृयालाई नतिजा तथा उपब्धिमूलक बनाउनका लागि कैलारी गाउँपालिकाको आवद्यिक योजना निर्माण, गाउँपालिकाको पाश्र्वचित्र अध्यावधिक गर्न तथा क्षेत्रगत र विषयगत योजना, मध्यकालिन खर्च संरचना निर्माणका लागि नेपाल सरकार, प्रदेश सरकार तथा विकास साझेदारसँग समन्वय तथा सहकार्य गरिनेछ ।
सभा महोदय,
अव म, यस सम्मानीत सभामा आर्थिक बर्ष २०८२÷०८३ का बिषयगत क्षेत्रका नीतिहरु प्रस्तुत गर्न चाहन्छु ।
१) पूर्वाधार विकासमा ः
क) सडक ः
ड्ड कैलारी गाउँपालिकाको सडक गुरु योजनाको कार्यान्वयनका लागि समन्वय, सहकार्य तथा अन्तर समन्वय गरिनेछ ।
ड्ड अन्तर पालिकासँगको समन्वय तथा सहकार्यमा पूर्वाधार विकासका कार्यक्रम कार्यान्वयन गरिनेछ ।
ड्ड सडक स्तरोउन्नती तथा सडक सञ्जालको विस्तारका लागि आवस्यक उपकरण तथा औजारको व्यवस्थापन गरिनेछ ।
ड्ड कैलारी गाउँपालिका सडकहरुलाई पूर्ण ग्राभेल युक्त गरिनुका साथै सडकको स्तरोन्नती गरिनेछ ।
ड्ड सुर्मिनाला—लौसा—बढैपुर सडक कालोपत्रे तत्काल लागि संघीय सरकारसँग समन्वय गरिनेछ ।
ड्ड कटैनी नदीमा पक्कीपुल निमार्णका लागि सँघीय तथा प्रदेश सरकारसँग समन्वय गरिनेछ ।
ड्ड मोहनापारीको शिवरत्नपुर वस्तीहरुलाई लक्षित गरी झोलुगे पुलको निमार्णका आवश्यक पहल गरिनेछ ।
ड्ड सडकको निमार्ण कार्यमा गुणस्तर कायम राख्न निमार्ण सामाग्रीको परिक्षण कार्यलाई लागु तथा संस्थागत गरिनेछ ।
ड्ड सडकको मर्मतका लागि मर्मत संम्भार कोषमा रकम विनियोजन गरी नियमित रुपमा सडकको मर्मत सम्भार गर्ने नीतिको अवलम्वन गरिनेछ ।
ड्ड पूर्वाधारका संरचनाहरु विपद एवं जलवायु परिवर्तनको प्रभाव कम हुने गरी डिजाइन गर्ने नीतिको अवलम्बन गरिनेछ ।
ड्ड योजनाहरुको छनौट, प्राथमिकिकरण सामाजिक न्याय तथा समावेशीताका आधारमा योजना प्राथमिकता दिने प्रकृयालाई निरन्तरता दिईनेछ ।
ड्ड पूर्वाधार विकासका कार्यक्रमहरु संचालन गर्दा रोजगारी अभिबृद्धि तथा स्वरोजगार श्रृजना हुने कार्यक्रमहरु संचालन गर्नका लागि आवश्यक बजेट तथा कार्यक्रमको तर्जुमा गरिनेछ ।
ड्ड झो.पु. तथा कैलारी गाउँपालिकाको स्वामित्वमा रहेका भवनहरुको नियमित मर्मत सम्भार गरिनेछ ।
ड्ड समग्र कैलारी गाउँपालिकाको विकासका लागि गुरु योजनाको निमार्ण तथा आवश्यक बजेट तथा कार्यक्रम तर्जुमा गरिनेछ
ड्ड नदी नियन्त्रणका लागि सवै नदीहरुको विस्तृत परियोजना प्रतिवेदन (म्एच्) तयार गरिनेछ ।
ड्ड कोईलही ताल पर्यटकीय क्षेत्रलाई धनगढी उ.मा.न.पा. सँग जोडन घुराहा र घुरही नदीमा मोटेरवल पुल निर्माणका लागि प्रदेश तथा संघीय सरकारसँग आवश्यक पहल तथा समन्वय गरिनेछ ।
ड्ड पूर्वाधार विकासका कार्यक्रमहरु कार्यान्वयनमा सुचिकृत बेरोजगारलाई प्राथमिकता दिईनेछ ।
ड्ड सडक क्षेत्रको संरक्षण सम्बद्र्धन तथा हरियाली प्रर्वद्धनका लागि सडक किनारामा हरियाली विस्तारका लागि बृक्षारोपणका कार्यक्रम संचालन गरिनेछ ।
ख) बिद्युत तथा वैकल्पिक उर्जा ः
ड्ड बिद्युत सेवाको खपतलाई कम गर्न तथा गृहणीहरुका लागि वैकल्पिक उर्जाका कार्यक्रमहरु संचालन गरिनेछन ।
ड्ड बिद्युत सेवाको प्रभावकारी उपयोगका लागि ईन्डक्सन चुल्हो वितरणका कार्यक्रम सँचालन गरिनेछ ।
ड्ड कृषि उत्पादकत्व अभिबद्धि तथा लागत न्यूनीकरणका लागि बिद्युत सेवा विस्तार गरिनेछ ।
ड्ड उद्योग स्थापना तथा औद्योगिक वातावरण श्रृजनाका लागि बिद्युत लाईन विस्तार गरिनेछ ।
ड्ड उज्यालो कैलारी गाउँपालिका अन्र्तगत कैलारीका मुख्य बजारमा सडक बत्ती जडानका लागि समन्वय गरिनेछ ।
ड्ड बैकल्पिक उर्जाको प्रयोग तथा प्रवद्र्धनका लागि सचेतना अभिबृद्धिका कार्यक्रम संचालन गरिनेछन ।
ग) भवन ः
ड्ड कैलारी गाउँपालिका उपलब्ध सार्वजनिक भवनलाई अध्ययन, अनुसंधान तथा प्रशिक्षण केन्द्रका रुपमा उपयोग गरिनेछ ।
ड्ड बिद्यालय समायोजन भई खाली भएका बिद्यालय भवनको उपयोग, संरक्षण, सम्बद्र्धनका लागि आवश्यक नीति निर्माण गरिनेछ ।
ड्ड कैलारी गाउँपालिकामा रहेका सार्वजनिक भवनहरुको अभिलेखीकरण, संरक्षण गरिनेछ ।
ड्ड गाउँपालिकाको प्रशासनिक भवन, बिद्यालयका भवन तथा स्वास्थ्य सँस्थाहरुका भवन निमार्णका प्रदेश तथा संघीय सरकारसँग समन्वय तथा सहकार्य गरिनेछ ।
ड्ड अधुरा तथा क्रमागत रुपमा निमार्ण सम्पन्न हुन बाँकी रहेका भवनहरुको निमार्ण सम्पन्न गरिनेछ ।
ड्ड भवन लगायत भौतिक संरचना निर्माण गर्दा अपाङ्ग मैत्री (पहुँच युक्त) र भूकम्प प्रतिरोधात्मक तरिकाले निर्माण गर्ने नीतिको अवलम्बन गरिनेछ ।
ड्ड गाउँपालिका भित्र गाउँघर क्लिनिक तथा सामुदायिक भवनहरुको निमार्ण कार्यलाई प्राथमिकता दिने तथा बहुउद्धेशीय अवधारणा अनुरुप सामुदायिक भवनको निमार्ण कार्य गरिनेछ ।
ड्ड भवनहरुको निमार्ण गर्दा भवन संहिता लागु गरिनेछ ।
ड्ड सामुदायिक तथा सुरक्षित भवनको निमार्ण कार्यलाई प्रभावकारीताका साथै कार्यान्वयन गरिनेछ ।
ड्ड कैलारी गाउापालिकामा निर्माण गरिने भवनहरुलाई पहुँचयुक्त बनाईनुका साथै पुराना भवनहरुमा समेत सुधारका कार्यहरु गरिनेछ ।
२) आर्थिक विकासमा ः
क) कृषि विकासमा ः
ड्ड कृषि उत्पादन अभिबृद्धि तथा कृषि पेशालाई मार्यादित तथा व्यवस्थित बनाउन बिद्युत प्राधिकरण सँगका सहकार्यमा बिद्युत सेवा विस्तार तथा कृषि मिटरको उपलब्धतालाई निरन्तरता दिईनेछ ।
ड्ड कृषकको उत्पादकत्व अभिबृद्धि तथा लागतमा न्यूनीकरणका लागि विभिन्न निकायसँगको समन्वयमा सहुलियत तथा अनुदानमा कृषि उपकरण तथा औजार उपलब्ध गराईनेछ ।
ड्ड गुर्गी बाँधको निमार्णका लागि प्रदेश तथा नेपाल सरकारका निकायमा आवश्यक पहल गरिनेछ ।
ड्ड कृषिमा आधारित लघु उद्यम कार्यक्रम संचालन गर्ने नीतिको अँगिकार र बजेट तथा कार्यक्रमको तर्जुमा गरिनेछ ।
ड्ड कृषि विकासका लागि दिर्घकालिन, मध्यकालिन, अल्पकालिन तथा क्षेत्रगत योजनाको निमार्ण गरिनेछ ।
ड्ड कृषिमा यान्त्रीकिरण, सौर्य सिचाईका तथा डिप बोरिङ्ख लागि विभिन्न निकायसँग समन्वय तथा सहकार्य गरिनेछ ।
ड्ड मूल तथा उन्नत बिउ उत्पादन र वितरण, जैविक तथा रसायानिक मलको सहज उपलब्धताका लागि समन्वय गरिनेछ ।
ड्ड कृषि उपजको बजारीकरणका लागि कृषिउपज सँकलन केन्द्र तथा हाटबजार सँचालनका समन्वय गरिनेछ ।
ड्ड बाली विमा कार्यक्रम सँचालनका लागि आवश्यक समन्वय तथा सहकार्य गरी प्रभावकारीताका साथ लागु गरिनेछ ।
ड्ड कृषिको उत्पादकत्व अभिबृद्धिका लागि माटो परिक्षण तथा माटोको उर्वराशक्ति कायम राख्नका लागि आवश्यक बजेट तथा कार्यक्रमको तर्जुमा गरिनेछ ।
ड्ड जैविक तटबन्धनको रुपमा उखु खेती तथा बाँस खेतीको विस्तार तथा बगरखेती जस्ता कार्यक्रमलाई प्राथमिकताका साथ लागु गरिनेछ ।
?
ड्ड जैविक खेती प्रणालीको प्रोत्साहन, तथा कम्पोष्ट मलको उत्पादनमा प्रोत्साहनका कार्यक्रमहरु संचालन गरिनेछन ।
ड्ड कृषि उत्पादनमा अभिबृद्धि गर्न एक वडा एक उत्पादन पकेट क्षेत्र कार्यक्रम निरन्तरता साथ विस्तार गरिनेछ ।
ड्ड मौसमी तथा बेमौसमी खेतीको प्रवद्र्धन र टनेल खेती गर्न कृषकलाई सौर्य सिचाईको व्यवस्था गरिनेछ ।
ड्ड कृषि प्राबिधिक तथा कृषकहरुको क्षमता विकासका कार्यक्रमहरु संचालन गरिनेछन ।
ड्ड कृषि पेशालाई व्यवसायमुखी बनाउन नयाँ तथा वैकल्पिक खेती प्रणालीलाई संस्थागत गरिनेछ ।
ड्ड कृषि विकासका कार्यक्रम सँचालनका लागि विभिन्न विकास साझेदारसँग समन्वय तथा सहकार्य गरिनेछ ।
ड्ड कृषि विकास कार्यक्रमलाई व्यवस्थित तथा मार्यादित बनाउनका लागि समिति तथा समुहलाई परिचालन गरिनेछ ।
ड्ड कृषि उपज सँकलन, भण्डार तथा व्यवस्थापनका लागि मिनि कोल्ड स्टार संचालन गरिनेछ ।
(ख) पशु पंक्षी विकास ः
ड्ड छाडा पशुचौपाया नियन्त्रण र व्यवस्थापन तथा संचालनका लागि संचालनका गौशाला व्यवस्थापन गरिनेछन ।
ड्ड पशु विमाका कार्यक्रम सँचालन तथा व्यवस्थापनका लागि सम्वद्ध निकायसँग समन्वय तथा सहकार्य गरिनेछ ।
ड्ड पशुपालनलाई व्यवसायीकरण गर्न पशुपालन पकेट क्षेत्र कार्यक्रम, पशु नस्ल सुधार कार्यक्रम तथा पशु पंक्षि विकास कार्यक्रम लागु गर्न कार्यक्रम तर्जुमा गरिनेछ ।
ड्ड कृतिम गर्भाधारण कार्यक्रम, पशुविमा कार्यक्रमका लागि आवश्यक कार्यक्रम तर्जुमा गरी कार्यक्रम कार्यान्वयन गरिनेछ ।
ड्ड माछापालनलाई व्यवसायीकरण गरी अधिकतम उत्पादन तथा बजारीकरण नीतिका अवलम्बन गरिने छ ।
ड्ड बंगुर, हाँस, कुखुरा तथा बाख्रा विकासका लागि आवश्यक बजेट तथा कार्यक्रम तर्जुमा गरिनेछ ।
ड्ड पशु खोप तथा पशु स्वास्थ्य तथा पशु विमाका कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गरिनेछन ।
ड्ड विपन्न तथा सिमान्तकृत घरपरिवारलाई लक्षित गरी पशुपालन सम्बन्धि अनुदानका कार्यक्रमहरु संचालन गरिनेछ ।
ड्ड विभिन्न निकायँसगको सहकार्यमा पशु स्वास्थ्य शिवीर सँचालन गरिनेछ ।
(ग) सहकारीता तथा उद्यम विकास ः
ड्ड सहकारीको क्षमता विकासका कार्यक्रम सँचालन गर्नुका साथै सहकारीसँगको समन्वय तथा सहकार्यमा कृषि विकासका कार्यक्रम सँचालन गरिनेछन ।
ड्ड सहकारीता क्षेत्रको विकास, विस्तार ,प्रवद्र्धन र प्रोत्साहनमा जोड दिने कार्यक्रमहरु संचालन गरिने छ ।
ड्ड उद्योग स्थापनाका लागि दिर्घकालिन योजना निमार्ण गरी उद्योगमैत्री वातावरणको श्रृजना सम्भाव्यता अध्ययन तथा सहकार्यमा कार्यक्रम संचालन गरिने छन ।
ड्ड सहकारीताका माध्यमबाट लघु तथा उद्यम श्रृजनाका कार्यक्रमहरु संचालन गरिनेछन ।
ड्ड उद्यम विकास मार्फत स्थानीय सीप, प्रविधि तथा श्रोतको पहिचान, परिचालन तथा प्रवद्र्धनका साथै आयमूलक कार्यक्रम सँचालन गरिने छन ।
ड्ड स्थानीय कैलारीबाँसीलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउनका लागि स्थानीय श्रोत साधनमा आधारित उद्यम विकासका कार्यक्रमहरु सँचालन गरिने छन ।
ड्ड कैलारी गाउँपालिकामा विभिन्न सीप तथा दक्षता भएका व्यक्तिहरुको सुची तयार गरी सीप परिक्षण गरिनेछ ।
ड्ड सहकारीका कार्यक्रमहरुलाई नतिजा तथा जनमुखी बनाउन सहकारी संस्थाको नियमन तथा अनुगमन प्रणलीलाई प्रभावकारीताका साथ लागु गरिनेछ ।
ड्ड वगरखेती तथा सामुहिक खेतीका कार्यक्रम सहकारी तथा समुह मार्फत संचालन गर्ने नीतिको अगिकार गरिनेछ ।
(घ) आयआर्जन तथा सीप विकास ः
ड्ड स्थानीय परम्परागत सीप तथा प्रबिधिको पहिचान तथा अभिलेखिकरण गरिनेछ ।
ड्ड स्थानीय सीप तथा प्रविधिका जानिफकारको पहिचान तथा अन्तरपुस्ता सीप हस्तान्तरणका कार्यक्रम कार्यान्वयन गरिनेछन
ड्ड आयआर्जन तथा सीप विकासका कार्यक्रमलाई नतिजामुखी बनाईनेछ र सोका लागि विभिन्न विकास साझेदारसँगको सहकार्यमा प्याँकेजमा कार्यक्रम कार्यान्वयन गरिनेछ ।
ड्ड आयआर्जनका कार्यक्रमहरुको कार्यान्वयनका लागि स्थानीय श्रोत, साधन र सीपको अभिलेखीकरण गरिनेछ ।
ड्ड स्थानीय श्रोत, सीप प्रविधिको सँरक्षण, सम्वद्र्धन तथा प्रयोग गरी आयआर्जनका कार्यक्रम सँचालन गरिनेछन ।
ड्ड विपन्न, सिमान्तकृत तथा अल्पसँख्यकलाई लक्षित गरी आयआर्जनका कार्यक्रम सँचालन गरिनेछन ।
ड्ड लक्षित वर्गका आयआर्जन तथा स्वरोजगारीका लागि क्षमता विकास तथा रोजगारीका कार्यक्रमहरु संचालन गरिनेछन ।
ड्ड विभिन्न सरकारी, गैह्र सरकारी,निजी क्षेत्रको समन्वयमा सीप विकास तथा आयआर्जनका कार्यक्रम संचालन प्रकृयालाई अझै समन्वयात्मक गरिने छ ।
ड्ड कृषिजन्य आयआर्जनका कार्यक्रमलाई व्यवस्थित तथा मार्यादित बनाउनका लागि समन्वयात्मक रुपमा हाट बजारको व्यवस्थापन गरिनेछ ।
(ङ) युवा परिचालन तथा स्वरोजगार कार्यक्रम ः
ड्ड युवा लक्षित परामर्शका कार्यक्रम सँचालन गरिनेछन ।
ड्ड युवाहरुका लागि उद्यम तथा क्षमता विकास कार्यक्रमहरु संचालन गरिनेछन ।
ड्ड युवाहरुलाई स्वरोजगार बनाउनका लागि युवा लक्षित कार्यक्रमको तर्जुमा गरिनेछ ।
ड्ड स्थानीय विकास निमार्णका कार्यहरुमा युवालाई परिचालन गरिनेछ ।
ड्ड युवाहरुको क्षमता, तथा व्यक्तित्व विकासका साथै लोक सेवा प्रशिक्षणका कक्षा संचालन गरिनेछन ।
ड्ड प्रधामन्त्री स्वरोजगार कार्यक्रमलाई बेरोजागर युवा लक्षित गरी संचालन गरिनेछ ।
ड्ड युवा लक्षित सीप तथा दक्षता विकासका कार्यक्रम सँचालन गरिनेछ ।
ड्ड युवाहरुलाई विभिन्न अभियान तथा सामाजिक रपान्तरणका कार्यक्रममा सहभागी गराईनेछ ।
(च) पर्यटन विकास ः
ड्ड पर्यटन विकास तथा प्रवद्र्धनका लागि सम्भावनाहरुको पहिचान र आवश्यक बजेट तथा कार्यक्रमको तर्जुमा गरिनेछ ।
ड्ड कैलारी गाउँपालिका पर्यटकीय क्षेत्रको परिचय सहितको पर्यटन पाश्वचित्र निमार्ण गरिनेछ ।
ड्ड पर्यटन गुरुयोजनाको निमार्ण गरी पर्यटन प्रवद्र्धन तथा पर्यटन विकासका कार्यक्रमहरु संचालन गरिनेछन ।
ड्ड प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक, धार्मिक सम्पदाहरुको उचित संरक्षण सम्बर्धनका कार्यक्रम संचालन गरिनेछन ।
ड्ड स्थानीय समुदयको कला संस्कृतीहरुको संरक्षण, सम्वद्र्धनका कार्यक्रम संचालन गरिनेछन ।
ड्ड स्थानीय परम्परा तथा संस्कृतीको संरक्षण तथा प्रवद्र्धनका लागि संग्राहलयको स्थापना गरिनेछ ।
ड्ड ताल तलैयाको एकिकृत अभिलेख एवं होमस्टेको प्रवद्र्धनका लागि बिशेष कार्यक्रम संचालन गरिनेछन ।
ड्ड युवाहरुका लागि पर्यटन प्रवद्र्धन सम्बन्धि कार्यक्रम संचालन गरिनेछन ।
ड्ड कैलारी गाउँपालिकाका पर्यटकीय क्षेत्रका प्रवद्र्धनका लागि प्रचार, प्रसार तथा महोत्सवको आयोजना गरिनेछ ।
३)सामाजिक विकासमा ः
क) लैगिंक समानता तथा सामाजिक सामावेशीकरण ः
ड्ड पूर्ण विभेदमुक्त कार्यक्रमका मार्फत ः समाजमा भएका असल प्रयासहरुलाई संस्थागत गर्ने तथा विसंगती तथा विकृती (छाउपडी, बोक्सी, जातीय छुवाछुत, लैगिंक विभेद, लागु औषधको प्रयोग जस्ता) को अन्त्यका लागि संचेतनाका कार्यक्रम प्रभावकारी रुपमा संचालन गरिनेछ ।
ड्ड लैंगिक हिँसा पिडित कोष स्थपाना तथा संस्थागत गर्नुका साथै कोषको संचालन तथा व्यवस्थापनका लागि सरोकारवाला सँग समन्वय तथा सहकार्य गरिनेछ ।
ड्ड अपाङ्गता लगायतका सामाजिक तथा आर्थिक रुपमा पछाडि रहेका ब्यक्तिहरुको लागी लक्षित गरी उद्यमशिलता तथा स्वरोजगारका कार्यक्रमहरु संचालन गर्न जोड दिइनेछ ।
ड्ड यौनिक अल्पसंख्यक तथा अन्य अल्पसंख्यक समुदायको उत्थान, क्षमता विकास तथा शसक्तिकरणका लागि आवश्यक बजेट तथा कार्यक्रम तर्जुमा गरिनेछ ।
ड्ड अनाथ, असाहय तथा सँरक्षण विहिन बालबालिकाका लागि बिशेष कार्यक्रम समन्वयात्मक रुपमा सँचालन गरिनेछ ।
ड्ड बाल विकास तथा बाल सहभागिता अभिबृद्धिका लागि बिशेष कार्यक्रम सँचालन गरिनेछ ।
ड्ड गाउँपालिकाले शहिद तथा बेपत्ता परिवारहरुको सम्मानका बिशेष कार्यक्रम कार्यान्वयन गरिनेछ ।
ड्ड लैगिक तथा घरेलु हिसाँ पिडितहरुका लागि सुरक्षित आवास गृह (सेफ हाउस) निमार्ण तथा संस्थागत रुपमा संचालनका लागि समन्वय तथा सहकार्य गरिनेछ ।
ड्ड सामाजिक समावेशीकरणका कार्यक्रम प्राथमिकताका आधारमा पारदर्शि रुपमा सँचालन गरिनेछन ।
ड्ड बालबालिकाको सर्वेत्तम हितलाई सँस्थागत गर्ने नीतिको अवलम्बलन गरिनेछ ।
ड्ड बालमैत्री स्थानीय शासन अवधारणालाई सँस्थागत गर्न विभिन्न निकायहरुसँग समन्वय तथा सहकार्य गरिनेछ ।
ड्ड जनमैत्री सेवा प्रवाहका लागि गाउँपालिका तथा वडा कार्यालयहरुमा स्तनपान कक्ष निर्माण गरिनेछ ।
ख) शिक्षा ः
ड्ड गाउँ शिक्षा योजनाले निर्दिष्ठ गरेका क्रियाकलापहरु समन्वयात्मक रुपमा संचालन गरिनेछन ।
ड्ड कैलारी गाउँपालिकाका नागरीकहरुलाई लक्षित गरी खुल्ला तथा बैकल्पिक बिद्यालय संचालन गरिनेछन ।
ड्ड अभिभावक शिक्षा कार्यक्रमलाई निरन्तरता दिई गुण स्तरिय शिक्षाका कार्यक्रम कार्यान्वयन गरिनेछन ।
ड्ड शैक्षिक गुणस्तर सुधार तथा गुण स्तरिय शिक्षाको प्रवद्र्धन तथा मार्यादित शैक्षिक विकासका क्रियाकलापहरुलाई संस्थागत गर्नका लागि बिद्यालय समायोजन तथा शिक्षक दरवन्दी मिलान कार्यलाई संस्थागत गरिनेछ ।
ड्ड शिक्षालाई स्वरोजगारमुखी बनाउन कैलारी गाउँपालिकामा प्राबिधिक तथा व्यवसायिक शिक्षाका कार्यक्रम सँचनलनका लागि आवश्यक समन्वयत तथा सहकार्य गरिनेछ ।
ड्ड विद्यालयहरुमा हुने शिक्षण गतिविधिको अनुगमन, निरीक्षण र मूल्याङ्कन नियमित र प्रभावकारी बनाउनका लागि अनुगमन संसयन्त्रको निर्माण तथा संघन अनुगमनका माध्यमबाट बिद्यालय समायोजन तथा जनशक्तिको व्यवस्थापन गरिनेछ ।
ड्ड बिद्यालय भर्नादर शतप्रतिशत तथा बिद्यालय छोडने दर सुन्यमा झार्न हेप्पी स्कूलको अवधारणा कार्यान्वयन गरिनेछ ।
ड्ड शैेक्षिक विकास तथा गुणस्तरी शिक्षाका लागि कैलारी गाउँपालिकामा बहुमुखी क्याम्पसको स्थापना गर्न पहल गरिनेछ ।
ड्ड बिद्यालहरुमा गुणस्तरीय शिक्षाका लागि पुस्तकाय तथा प्रयोगशालाको व्यवस्थापन गरिनेछ ।
ड्ड स्थानीय मातृभाषाको पाठ्क्रमलाई सवै कक्षा सम्मका लागि तयार गरी लागु गरिनेछ ।
ड्ड सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षकको क्षमता विकास कार्यक्रम संचालन गरिनेछन ।
ड्ड बिद्यालय व्यवस्थापन समितिको बैठकलाई उपलब्धि र नतिजामूलक बनाउनका बिद्यालय व्यवस्थापन समितिको क्षमता विकासका कार्यक्रमहरु संचालन गरिनेछन ।
ड्ड विद्यालयहरुको कार्य सम्पादनको आधारमा मूल्याङ्कन गरी पुरस्कृत गरिनेछ ।
ड्ड शिक्षकहरुलाई पेशागत काममा बढी केन्द्रित हुनका लागि अभिप्रेरित हुने खालका कार्यक्रमहरु तर्जुमा गरिनेछन ।
ड्ड बालमैत्री सिकाईलाई संस्थागत गर्न आवश्यक कार्यक्रमको कार्यान्वयन गर्ने नीतिलाई अंगिकार गरिनेछ ।
ड्ड शैक्षिक गुणस्तरमा सुधारका लागि उत्तकृष्ट बिद्यार्थी, शिक्षक तथा बिद्यालयलाई प्रोत्साहनका कार्यक्रमहरुलाई निरन्तरता दिईनेछ ।
ड्ड गाउँपालिकाले संस्थागत बिद्यालयलाई समेत सामुदायिक बिद्यालय जस्तै अपनत्वको व्यहार गर्ने तथा संस्थागत विद्यालयका बिद्यार्थीहरुलाई समेत उत्प्रेरणा अभिबृद्धिका कार्यक्रम संचालन गर्नेछ ।
ड्ड बिद्यालय व्यवस्थापन समिति लगायतका समितिहरुमा बालबालिकाहरुलाई लक्षित गरी छलफलका कार्यक्रमहरु संचालन गरी शैक्षिक गुणस्तरको अभिबृद्धि गरिनेछ ।
ड्ड बाल विकास सहजकर्ता र कर्मचारीका साथै निजी श्रोतका शिक्षकहरुको उचित सम्मान गर्दै शिक्षकहरुको व्यवस्थापनका लागि आवश्यक बजेट तथा कार्यक्रमको तर्जुमालाई निरन्तरता दिईनेछ ।
ड्ड बिद्यालयमा दिवा खाजा कार्यक्रमलाई गुणस्तरीय बनाउनका लागि विभिन्न निकायसँगको समन्वय गरिनेछ ।
ड्ड बिद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा शिक्षकहरुको क्षमता विकासका कार्यक्रम संचालन गरिनेछन ।
ड्ड बालमैत्री बिद्यालय संचालन तथा बालमैत्री सिकाईका सिद्धान्तहरुलाई संस्थागत गरिनेछ ।
ग) स्वास्थ्य ः
ड्ड कैलारी गाउँपालिकामा सिकलसेल अस्पाल निर्माणका आवश्यक समन्वय तथा सहकार्य गरिनेछ ।
ड्ड आ.व. २०८२÷०८३ भित्र १५ सैयाको अस्पताल संचालन गर्न नेपाल सरकारका सम्बन्धित निकायमा पहल गरिनेछ ।
ड्ड अति गरीव परिवारहरुलाई स्वास्थ्य सेवा बीमा गर्ने कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयनका लागि नीति, बजेट, कार्यक्रमको तर्जुमाका साथै सम्बन्धित सरोकारवालासँग समन्वय तथा सहकार्य गरिनेछ ।
ड्ड मानसिक रोगीहरुको सम्मान तथा स्वास्थ्यमा सुधार ल्याउनका लागि बिबिध कार्यक्रमहरु तर्जुमा गर्ने तथा मानसिक रोगको न्यूनीकरणका लागि परामर्श सेवा केन्द्रको स्थापना गरिनेछ ।
ड्ड विपन्न तथा सिकलसेलका विरामीहरुको औषधी उपचारका लागि गाउँपालिकामा औषधी उपचार कोषको व्यवस्था गरीनुका साथै जनचेतना अभिबृद्धिका कार्यक्रमहरुलाई निरन्तरता दिईनेछ ।
ड्ड प्रस्तुती गृहहरुको स्तरोउन्नती गरिनुका साथै प्रजनन स्वास्थ्यका कार्यक्रम प्रभावकारी रुपमा सँचालन गरिनेछन ।
ड्ड स्वास्थ्य सेवामा गुणस्तरियता कायम गर्न प्राविधिक जनशक्तिको क्षमता विकासका साथै स्वास्थ्य संस्थाहरुको स्तरोन्नतीका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने तथा स्वास्थ्य सेवालाई भरपर्दो र गुणस्तरीय बनाईनेछ ।
ड्ड महिला स्वास्थ्य स्वमसेवकहरुको मनोवल उच्च हुने खालका प्रोत्साहनमूलक कार्यक्रमहरु संचालन गरिनेछन ।
ड्ड दिर्घ रोगका बिरामीहरुको औषधी उपचारका लागि आवश्यक नीति, बजेट तर्जुमा तथा जनचेतनामूलक कार्यक्रम संचालन गरिनेछ ।
ड्ड महामारी तथा दैबिक प्रकोपबाट पिडितहरुको उपचार तथा राहतका लागि आवश्यक बजेट तथा कार्यक्रमको तर्जुमा गरी राहत तथा पुर्नस्थापना कोषको स्थापना गरी कार्यक्रम संचालन गरिनेछन ।
ड्ड लागु औषध तथा दुव्र्यसनमा रहेका वर्गको पुर्नस्थापना तथा मनोसामाजिक परामर्शका लागि परामर्श केन्द्र तथा परामर्श कर्ताको व्यवस्थापनका लागि बजेट तथा कार्यक्रमको तर्जुमा गरिनेछ ।
ड्ड आयुर्वेद, पंचकर्म सेवा तथा आयुर्वेद चिकित्साको प्रचार प्रसार तथा जडीबुटी खेती प्रवद्र्धन तथा प्रसोधन, योग शिविर कार्यक्रम सँचालन गरिनेछ ।
ड्ड गाउँपालिकाकाले परिलक्षित गरेको अवधारणा अनुरुप पूर्ण सरसफाई युक्त गाउँपालिका बनाउनका लागि आवश्यक बजेट तथा कार्यक्रमको तर्जुमा गरिनेछ ।
ड्ड गाउँपालिकालाई पूर्ण सरसफाई युक्त बनाउनका लागि सार्वजनिक तथा पर्यटकीय क्षेत्रहरुमा सार्वजनिक सौचालयको व्यवस्थापन गरिनेछ ।
ड्ड जिरो होम डेलीभरी तथा पूर्ण बृद्धि अनुगमनका लागि आवश्यक बजेट, नीति तथा कार्यक्रम तर्जुमा तथा पोषण मैत्री स्थानीय शासन कार्यक्रम कार्यान्वयन गरिनेछ ।
ड्ड बिद्यालय स्तरमा योग शिक्षाका कार्यक्रम संचालन गर्ने तथा जडीबुटी सम्बन्धि हाते पुस्तिकाको प्रकाशन गरी आयुर्वेद पद्धतीका प्रचार प्रसार गरिनेछ ।
ड्ड महामारी, सरुवा रोग तथा विभिन्न किसिमका रोग तथा प्रकोपको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक बजेट, नीति तथा कार्यक्रम तर्जुमा गरिनेछ ।
ड्ड गर्भवतीलाई निःशुल्क एम्बसलेन्स सेवा तथा सिकलसेलका विरामीलाई उपलब्ध गराउदै आएको यातायात खर्चलाई गतवितमा जस्तै निरन्तरता दिईनेछ ।
ड्ड विभिन्न निकायसँगको समन्वय तथा सहकार्यमा विभिन्न स्वास्थ्यका शिविरहरु संचालन गरिनेछन ।
ड्ड गाउँपालिका भित्रका नागरीकहरुलाई सफा र स्वच्छ खानेपानी, जनताको लगानी उपलब्ध गराउन जनतासँगको सह लगानीमा खानेपानी विस्तार आयोजनाहरु संचालन गरिनेछन ।
ड्ड सफा सुन्दर हराभरा राम्रो गाउँपालिका वनाउन एक घर एक धारा नीति अवलम्वलन गरिनेछ ।
घ) सामाजिक परिचालन ः
ड्ड स्थानीय समुदायमा अधिकार प्रति सचेत र कर्तव्य प्रति जागरुक हुने खालका कार्यक्रमहरु संचालन गर्न आवश्यक बजेट तथा कार्यक्रम तर्जुमा गरिनेछ ।
ड्ड स्वयंसेवी भावना, अपनत्व, सहअस्तित्व, सहिष्णुता तथा समाजिक सदभाव अभिबृद्धिका कार्यक्रहरु संचालन गर्न बजेट , तथा कार्यक्रम तर्जुमा गरिनेछ ।
ड्ड स्थानीय विकासका कार्यमा भलमन्सा, विभिन्न क्लव, समुह तथा नागरिक समाजलाई परिचालन गरिनेछ ।
ड्ड स्थानीय स्तरमा गठन भएका समुह, सञ्जाल तथा क्लवहरुको क्षमता विकासका कार्यक्रम संचालन गरिनेछन ।
ड्ड विभिन्न सामाजिक अभियान तथा सामाजिक सदभाव कायम गर्ने कार्यक्रमका साथै बिकृती, कुप्रर्था तथा कुसस्कार न्यूनीकरणका लागि समाजिक अगुवा, धामी, गुरुवा तथा पण्डित पुरोहितको सहभागिता अभिबृद्धि हुने खालका कार्यक्रम संचालनका लागि बजेट, तथा कार्यक्रमको तर्जुमा गरिनेछ ।
ड्ड विकास प्रकृयामा सवैको जागरुकता तथा संगठित रुपमा सहयोग गर्ने परिपाटीको विकासका लागि आवश्यक कार्यक्रमको तर्जुमा गरिनेछ ।
ड्ड जस्को सवाल उसैको सहभागिताको सिद्धान्तका आधारमा सामाजिक परिचालनका कार्यक्रम कार्यान्वयन गरिनेछन ।
ङ) युवा तथा खेलकुद ः
ड्ड क्ष्लमययच तथा इगतमययच खेलकुदका कार्यक्रम संचालनका लागि रंगशाला निर्माणका लागि समन्वय तथा सहकार्य गरिनेछ ।
ड्ड राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका व्यक्तित्व निमार्णका बिशेष (प्रशिक्षणका) खेलकुदका कार्यक्रमलाई निरन्तरता दिईनेछन ।
ड्ड युवाहरुलाई लक्षित गरी व्यक्तित्व तथा क्षमता विकासका कार्यक्रम सँचालन गरिनेछन ।
ड्ड युवाहरुको शारिरीक तथा मानसिक विकासका लागि युवा लक्षित परामर्शका कार्यक्रम गरिनेछ ।
ड्ड एक वडा एक खेलमैदान स्तरोउन्नतीका कार्यक्रमहरु संचालन गरिनेछ ।
ड्ड युवाहरुको शारिरिक क्षमता विकासका लागि विभिन्न खेलकुदका कार्यक्रमहरु संचालन गरिनेछन ।
ड्ड युवाको खेलकुद प्रतिको आकर्षकण बढाउनका लागि बिशेष कार्यक्रम संचालन गरिनेछन ।
४) वनवातावरण तथा विपद व्यवस्थापनमा ः
क) वन विकास तर्फ ः
ड्ड तालतलैयाहरुको श्रोत व्यवस्थापन तथा आय परिचालनका सरोकारवालासँग समन्वय तथा सहकार्य गरिनेछ ।
ड्ड वन तथा वन्यजन्य पशुपक्षी संरक्षणका कार्यक्रमहरु सँचालन गरिनेछन ।
ड्ड तालहरुको उचित संरक्षण, सम्र्बद्धन तथा व्यवस्थापनका लागि आवश्यक बजेट तथा कार्यक्रमको तर्जुमा गरिनेछ ।
ड्ड वन अतिक्रमण र वन विनाश नियन्त्रण गर्न बिशेष कार्यक्रमहरु संचालन गरिनेछ ।
ड्ड वनलाई आयमुखी बनाउनका लागि वन क्षेत्रभित्र हर्रो, बर्रो, अमला, निम जस्ता बहुउपयोगी वनस्पतिहरुको बृक्षा रोपण गर्नुका साथै स्थानीय उपभोक्ताहरुसँगको सहकार्यमा बेत, बाँस, बावियो जस्ता उच्चमूल्य श्रृखला भएका वन्यजन्य उत्पादनका लागि आवश्यक कार्यक्रमहरु तर्जुमा गरिनेछ ।
ड्ड बृक्षारोपणका कार्यक्रहरु संचालन गर्दा माटो परिक्षण गरी उपयुक्त जातको बृक्षारोपण गर्ने कार्यक्रमको तर्जुमा गरिनेछ ।
ड्ड रोपिएका बोटविरुवाको संरक्षणका लागि आवश्यक बजेट तथा कार्यक्रम तर्जुमा गरिनेछ ।
ड्ड वनपैदावरको उचित व्यवस्थापनका लागि नीति तथा विधिको निर्माण तथा संयन्त्रको व्यवस्थापन तथा परिचालन गरिनेछ
ड्ड वन्यजन्य उत्पादनमा आधारित लघु उद्यम स्थापना तथा प्रवद्र्धनका लागि समन्वय तथा सहकार्य गरिनेछ ।
ख) पर्यटन विकासमा ः
ड्ड तालतलैयाहरुको संरक्षण सम्बद्र्धनका लागि तालतलैयाहरुको म्एच् निमार्ण गरी तालतलैयाहरुलाई पर्यटनमुखी बनाइनेछ ।
ड्ड गाउँपालिकामा रहेको बसन्ता अन्तराष्ट्रिय जैविक मार्ग लगायतका अन्य क्षेत्रहरुको प्रवद्र्धन तथा संरक्षणका लागि बिशेष कार्यक्रम सँचालन गरिनेछन ।
ड्ड ताल तलैयाको एकिकृत अभिलेखीकरण, ताल क्षेत्रमा पर्यटकीय गतिबिधिका कार्यक्रमहरुलाई प्रवद्र्धन गर्नका लागि बजेट तथा कार्यक्रम तर्जुमा गरिनेछ ।
ड्ड वन्यजन्य पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु संचालनका सरोकारवाहरुसँग समन्वय तथा सहकार्य गरिनेछ ।
ग) उर्जा वातावरण तथा जलवायु परिवर्तन ः
ड्ड जलवायु परिवर्तन अनुकुलनका कार्यक्रमहरु ः (सचेतना अभिबृद्धि, वैकल्पिक खेती, सुरक्षित आवास) संचालन गरिनेछन ।
ड्ड कैलारी गाउँपालिकाको स्थानीय अनुकुलन योजना तयार गरी योजनाको कार्यान्वयनका लागि कार्यक्रम तर्जुमा गरिनेछ ।
ड्ड जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनका कार्यक्रमहरु संचालनका लागि जनचेतना अभिबृद्धिका कार्यक्रमहरु संचालन गरिनेछन ।
ड्ड विकास कार्यक्रम संचालन गर्दा वातावरण संरक्षण क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी निकायहरु बीच समन्वय गरी एकद्धार प्रणालीबाट विपद् व्यवस्थापन कार्यक्रम संचालन गर्न जोड दिइनेछ ।
ड्ड वातावरण संरक्षण तथा जलवायु परिवर्तनले पार्ने प्रभाव तथा असरहरुका बारेमा जनचेतना अभिबृद्धि तथा अनुकुलनका कार्यक्रमहरु प्रभावकारीताका साथ संचालन गरिनेछन ।
ड्ड वातावरण सरसफाई तथा गृहणीको स्वास्थ्यमा सुधारका लागि सुधारिएको चुल्हो बाँयोग्यास तथा रसायन ग्याँसको व्यवस्था गरिनेछन ।
्
घ) बिपद जोखीम न्यूनीकरण तथा वातावरण संरक्षण ः
ड्ड विपद प्रभावित क्षेत्रको जोखीम नँक्साँकन गरी पूर्व तयारी लगायत विपद व्यवस्थापनका कार्यक्रम संचालन गरिनेछन ।
ड्ड विपदबाट प्रभावितहरुलाई तत्काल राहत उपलब्ध गराउनका लागि विपद व्यवस्थापन कोषको व्यवस्था गरिनेछ ।
ड्ड बिपद जोखीमको न्यूनीकरणका लागि खोज तथा उद्धारकर्ता र प्रतिकार्य दलको क्षमता विकासका कार्यक्रमहरु संचालन गर्नुका साथै विपद व्यवस्थापन कोषको व्यवस्थापनमा कोषको बृद्धिका कार्यक्रमहरु गरिनेछ ।
ड्ड बिपद जोखीम न्यूनीकरणका गर्न आवश्यक श्रोत तथा साधनको व्यवस्थापनका लागि बिभिन्न निकायसँग समन्वय गरिनुका साथै संचेतनामूलक कार्यक्रमहरु संचालन गरिनेछ ।
ड्ड विपद जोखीम न्यूनीकरणका लागि प्रत्येक वडामा विपद प्रतिकार्यदलको गठन तथा क्षमता विकासका कार्यक्रमहरु संचालन गरिनेछन ।
ड्ड विपद जोखीममा तत्काल राहतका लागि समयमै खाद्य तथा गैह्रखाद्य सामाग्रीको व्यवस्थापन, सुरक्षित आश्रय स्थलको लागि आवश्यक बजेट तथा कार्यक्रमको तर्जुमा गरिनेछ ।
ड्ड विपद जोखीम न्यूनीकरणका लागि समयमै सूचना प्रवाह गर्ने पूर्व सूचना कर्ता (गेज रिडर) हरुको आत्मबल अभिबृद्धिका लागि प्रोत्साहनका कार्यक्रमहरु निरन्तरता दिईनेछ ।
ड्ड विपद व्यवस्थानका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकारी, गैर सरकारी संघ संस्था तथा नागरीक समाजसँग कार्यमूलक समन्वय तथा सहकार्य गरिनेछ ।
संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा ः
क) सुशासन तथा पारदर्शिता ः
ड्ड गाउँपालिका तथा गाउँपालिका भित्रका सवै सार्वजनिक निकायहरुको अनुगमन तथा नियमन कार्यलाई संस्थागत गरिनेछ ।
ड्ड मिडिया परिचालन÷प्रेस रिलिज÷प्रेस मिट तथा जनतासँग जनप्रतिनिधि कार्यक्रम संचालन गरिनेछ ।
ड्ड गाउँपालिकाबाट सम्पादन भएका कार्यहरुको सूचना सवैका जानकारीका लागि उपलब्ध गराईनेछ ।
ड्ड पारदर्शिता शुसासनलाई सँस्थागत गर्नका लागि सञ्चार माध्यम तथा तेस्रो पक्ष मूल्याँकन गराईनेछ ।
ड्ड सार्वजनिक सुनुवाई, समिक्षा तथा सामाजिक परिक्षण प्रभाव अध्ययनलाई थप प्रभावकारी बनाईनेछ ।
ड्ड सार्वजनिक हित साझा सरोकारका सवालहरुको सम्बोधनका लागि सवैसँग समन्वय तथा सहकार्य गरिनेछ ।
ड्ड सार्वजनिक जवाफदेहिता तथा उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ ।
ख) क्षमता विकास ः
ड्ड गाउँपालिकाका सेवा प्रवाहलाई जनमैत्री बनाउन गाउँपालिका इ७ः गरी कर्मचारी व्यवस्थापन गरिनेछ ।
ड्ड कैलारी गाउँपालिकाको मानव सँसाधन विकास योजना निमार्ण गरिनेछ ।
ड्ड प्रभावकारी रुपमा योजनाको कार्यान्वयनका लागि उपभोक्ता समितिका पदाधिकारीलाई अनुशिक्षणका कार्यक्रम सँचालन गरिनेछन ।
ड्ड समय सापेक्ष रुपमा पदाधिकारी तथा कर्मचारीको कार्य दक्षता अभिबृद्धि कार्यक्रम संचालन गरिनेछ ।
ड्ड स्थानीय स्तरका नागरिक समाजका प्रतिनिधिहरुको क्षमता विकासका लागि बजेट तथा कार्यक्रमको तर्जुमा गरिनेछ
ड्ड न्यायिक समितिका पदाधिकारी, सामुदायिक मेलमिलापकर्ता भलमन्सा तथा बडघरहरुको क्षमता विकासका कार्यक्रम
संचालन गरिनेछ ।
ड्ड पदाधिकारी तथा कर्मचारीहरुको उत्प्रेरणा अभिबृद्धिका लागि अध्ययन÷अवलोकन तथा कार्यसम्पादनका आधारमा प्रोत्साहन गरिनेछ ।
ड्ड गाउँपालिकाको सेवा प्रवाह प्रकृयालाई सहज, दुस्तचुस्त बनाउनका लागि विभिन्न सफ्टवेयरको प्रयोग गरिनेछ ।
ड्ड कैलारी गाउँपालिकामा क्षमता विकास तथा सचेतना अभिबृद्धिका कार्यक्रम संचालन गर्ने संस्थाहरुको सुचि तयार गरिनेछ
ग) संस्थागत विकास ः
ड्ड एचयवभअत द्यबलप तयार गरी एचयवभअत द्यबलप मा भएका योजनाको सम्भाव्यता अध्ययन, सर्वे गरी श्रोतले कार्यान्वयन गर्न नसकिने ठूला योजनाहरुको कार्यान्वयनका लागि सम्बन्धित निकायमा अनुरोध गरिनेछ ।
ड्ड गाउँपालिकाको सेवा प्रवाहलाई दुस्तचुस्त बनाउनका लागि आवश्यक उपकरण तथा औजारहरुको व्यवस्थापन गरिनेछ ।
ड्ड सार्वजनिक खरीद प्रकृयालाई व्यवस्थित गर्न खरिद गुरु योजना निमार्ण गरी खरिद ईकाइ र खरीद सचिवालयको गठन गरी खरीद प्रकृयालाई व्यवस्थित र मितव्ययी बनाईने छ ।
ड्ड गाउँपालिकाको सेवा प्रवाहलाई जनमैत्री बनाउनका लागि बिद्युतीय प्रणालीहरुको प्रयोग गरिनेछ ।
ड्ड गाउँपालिकाको सेवा प्रवाहलाई दुस्तचुस्त बनाउनका लागि आवश्यक उपकरण तथा औजारहरुको व्यवस्थापन गरिनेछ ।
ड्ड योजनावद्ध विकास प्रकृयालाई संस्थागत गर्नका लागि बिषयगत तथा क्षेत्रगत योजनाहरुको तर्जुमा गरिनेछ ।
ड्ड गाउँपालिकाको विकास प्रकृयालाई प्रभावकारी , दिगो तथा व्यवस्थित बनाउनका लागि गाउँपालिकाको श्रोत नक्साँकन गरीनेछ ।
ड्ड गाउँपालिकाको सेवा प्रवाहलाई जनमैत्री तथा पहँुचयुक्त बनाउनका लागि सँस्थागत सुधारका कार्यक्रम कार्यान्वयन गरिनेछन ।
ड्ड वडा कार्यालय, बिद्यालय तथा स्वास्थ्य सँस्थाहरुको सेवालाई सहज तथा जनमैत्री बनाउनका लागि सँस्थागत सुधारका कार्यक्रम संचालन गरिनेछन ।
घ) गै.स.स. सहजीकरण तथा नियमन ः
ड्ड कैलारी गाउँपालिकामा क्रियाशिल गैर सरकारी सँघ÷सँस्थाहरुसँग नियमित समन्वयात्मक बैठक बसी कार्यक्रमको तर्जुमा तथा कार्यान्वयन गरिनेछन ।
ड्ड गै.स.स.हरुका कार्याक्रमहरु सहजिकरण र नियमन गर्दै प्रभावकारी बनाउनका लागी गैसस डेक्सको स्थापना गरिनेछ ।
ड्ड राष्ट्रिय,अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुलाई गाउँपालिकाको वार्षिक योजना प्रणालीमा समेट्दै त्यस्ता गै.स.स.हरुको कार्यक्रम र बजेटको पारदर्शीता कायम गर्न जोड दिइनुका साथै गै.स.स.सँग समन्वयात्मक कार्यक्रम संचालन गरिनेछ ।
ड्ड गैर सरकारी सँघ÷सँस्थासँगको समन्वय तथा सहकार्यमा सामाजिक रुपान्तरणका साथै अन्य कार्यक्रमहरु कार्यान्वयन गरिनेछन ।
ड्ड समान प्रकृतिका कार्य सँचालन गर्ने गै.स.स.सँग समन्वयात्मक रुपमा कार्यक्रम सँचालन गरिनेछ ।
ड्ड गै.स.स.का कार्यक्रमहरुको नियमित अनुगमन तथा मूल्याँकन गरिनेछ ।
ड्ड गै.स.स.का कार्यक्रमहरुलाई ९इलभमययच एयष्अिथ० एकद्धार नीतिबाट संचालन गर्ने नीतिको अँगिकार गरिनेछ ।
ङ) बजेट तथा राजश्व परिचालन ः
ड्ड सालवसाली दायित्व सिर्जना हुने कार्यक्रमलाई निरुत्साहित गरिनेछ ।
ड्ड तालतलैयाहरुको ठेक्का व्यवस्थापन तथा असुली प्रकृृयालाई व्यवस्थित र पारदर्शिताका साथ लागु गर्नका निर्माण गरिएको कार्यविधिको प्रभावकारी रुपमा कार्यान्वयन गर्नुका साथै नागरीक समाजलाई परिचालन गरिनेछ ।
ड्ड कैलारी गाउँपालिकामा रहेका तालतलैयाहरुको अभिलेखीकरण, भ्क्ष्ब् (वातावरणीय प्रभाव मूल्यांकन) गरिनुका साथै तालतलैयाको उचित व्यवस्थापन तथा आयमुखी बनाउनका लागि सरोकारवालाहरुसँग समन्वय तथा सहकार्य गरिनेछ ।
ड्ड कैलारी गाउँपालिकाका नागरीकहरुको आम्दानीको बिश्लेषण गर्दै करका दर तथा दायरामा पुर्नावलोकन गरिनेछ ।
ड्ड गाउँपालिकाले लगाएका ठेक्काहरुको व्यवस्थापन गरिनुका साथै आन्तरीक आयको अभिबृद्धिका लागि कार्यदलको गठन गरिनेछ ।
ड्ड गाउँपालिकाको आन्तरीक आयको अभिबृद्धिका साथै वित्तिय व्यवस्थापनका लागि राजश्व सुधार योजना कार्यान्वयन तथा मध्यकालिन खर्च संरचनाको निमार्ण तथा कार्यान्वयन गरिनेछ ।
ड्ड स्थानीय राजश्व परामर्श समितिको सिफारिस अनुसार आन्तरिक आयका श्रोतहरुको पहिचान गर्नुका साथै आन्तरिक आयका थप दायरा तथा दर निर्धारण गरिने छ ।
ड्ड पेश्की सुन्य नीतिलाई प्रभावकारी रुपमा कार्यानवयन गरिनेछ ।
ड्ड बजेट तथा कार्यक्रमको तर्जुमा गर्दा सामाजिक न्यायको अवधारणा अनुसार गरिने नीतिलाई अगिकार गरिनेछ ।
ड्ड कर शिक्षालाई प्रभावकारी रुपमा लागु गर्नका लागि कर संचेतनाका कार्यक्रमहरु संचालन गरिनेछ ।
ड्ड आन्तरीक आयको अभिबृद्धि तथा संकलन र पेश्की बेरुजुको फच्र्यौटका लागि व्यवस्थित राजश्व शाखाको स्थापना तथा कार्यदलको गठन गरिनेछ ।
ड्ड गाउँपालिकाको आन्तरीक आयको अभिबृद्धिका साथै समन्वयात्मक रुपमा कार्यक्रम सचालनका लागि सामुदायिक वन तथा अन्य सरोकारवालासँग समन्वय, सहकार्य गरिनेछ ।
ड्ड नेपाल तथा प्रदेश सरकारबाट बजेट सिलिङ्ग अनुसारको श्रोतको सुनिश्चिता नहुने हुदाँ गाउँपालिकाबाट आन्तरीक श्रोतका थप दर दायराको पहिचान गरिनेछ ।

अव म यस सभामा आ.व. २०८२÷०८३ को बजेट तथा कार्यक्रम तर्जुमाका सिद्धान्त तथा विधि प्रस्तुत गर्न चाहन्छु ।
१. गाउँपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा नेपाल सरकारले पक्ष राष्ट्रका रुपमा गरेका सम्झौता, नेपाल सरकार तथा प्रदेश सरकारका प्राथमिकता प्राप्त क्षेत्र, गाउँपालिकाको वर्तमान आवस्थाको बिश्लेषण तथा कैलारी गाउँपालिकाका सवालहरुलाई सम्बोधन गर्ने गरी तर्जुमा गरिएको अनुरोध गर्दछु ।
२.कैलारी गाउँपालिकाका विकासका आयम तथा गाउँपालिकामा उपलब्ध हुने श्रोत साधनको अनुमानका साथै गाउँपालिकाका अध्यक्षज्यूबाट यस सम्मानीत सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने गरी बजेट तथा कार्यक्रम तर्जुमा गरिएको अनुरोध गर्दछु ।
३.कैलारी गाउँपालिकाको बजेट तथा कार्यक्रमको तर्जुमा गर्दा गाउँपालिकाका सम्भावना तथा चुनौतीहरुको बिश्लेषण गरी समग्र कैलारी गाउँपालिकाको दिगो विकास, रोजगारी अभिबृद्धि तथा सामाजिक रुपान्तरणका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने गरी प्राप्त बजेट सिलिङ्ग र आन्तरीक आयको आँकलनका आधारमा कार्यक्रम तथा कार्यक्रमको तर्जुमा गरिएको ब्यहोरा यस सभामा अनुरोध गर्दछु ।
४.कैलारी गाउँपालिकाको आ.व. २०८२÷०८३ को बजेट तथा कार्यक्रमको तर्जुमा गर्दा कैलारी गाउँपालिकामा आ.व. २०८१÷२०८२ का लागि बजेट सिलिङ्ग तथा यर्थाथमा प्राप्त बजेट ,आन्तरीक आम्दानीको बिष्लेषण तथा गाउँपालिकामा क्रियाशिल गैर सरकारी संघ÷संस्थाका कार्यक्रमलाई समेत अध्ययन गरी सोका आधारमा बजेट तथा कार्यक्रम तर्जुमा गरिएको समेत जानकारी गराउन चाहन्छु ।
५.कैलारी गाउँपालिका प्रादेशिक राजधानी धनगढी तथा छिमेकी राष्ट्र सँग सीमाना जोडिएको यस गाउँपालिकामा आर्थिक, भौतिक, सामाजिक, प्राकृतिक तथा मानवीय विकासका अनन्त सम्भावना रहेका छन । बसन्ता अन्तराष्ट्रिय जैविक मार्ग, कोईलही लगायतका प्रसस्त ताल तलैया, कृषि योग्य उर्वर भूमि र सामाजिक तथा जैविक बिबिधता सहितको बिशिष्ठ पहिचान भएता पनि, सिचाई सुबिधाको कमी, मल तथा विउ विजन सहज रुपमा उपलब्ध नहुनु, भूमिहिनको उचित व्यवस्थापन, पानी जन्य विपद, रोजगारीको सिर्जना जस्ता प्रमुख सवालहरु रहेको यस गाउँपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा यस्ता सवालहरुको सम्बोधन गर्ने गरी बजेट तथा कार्यक्रम तर्जुमा गरिएको सहर्ष जानकारी गराउन चाहन्छु ।
६.लोकतन्त्रको आधारभुत र बलियो संरचना मानिने, स्थानीय तहले जनकेन्द्रित विकास प्रकृयालाई संस्थागत गर्न यस गाउँपालिकाबाट आवश्यक नीति तथा विधिहरुको निमार्ण, कार्यक्रम तथा बजेटको तर्जुमा तथा कार्यान्वयन, विभिन्न निकायहरुसँगको समन्वय तथा सहकार्यमा विकास क्रियाकलापहरु संचालन गरिएको, यस सम्मानीत सभामा अवगत गराउन चाहन्छु । यद्यपी आवश्यक पूर्वाधार तथा मानवीय संसाधनको कमी, समय सापेक्ष क्षमता विकासका साथै आवश्यक ऐन, नियम, निर्देशिका, कार्यबिधि, नीतिहरुको निमार्ण सगसगै निमार्ण भएका नीति नियमको कार्यान्वयन, उपलब्ध श्रोत र साधनको उच्चतम तथा न्याय सगत विनियोजन, जनपरिचालन, आयोजनाको छनौट÷कार्यान्वयन÷अनुगमन एवं मूल्याँकन, सामाजिक समावेशीकरणलाई संस्थागत, गरैसरकारी संघ÷संस्थाहरुको सहजिकरण र नियमन, संघीय तथा प्रादेशिक सरकारसँग अर्थपूर्ण साझेदारी, समन्वय र सहकार्य तथा वकालतका क्षेत्रमा साकारात्मक सहकार्यको थालनी भए पनि गाउँपालिकाका सवै क्षेत्र तथा वर्गका मागको सम्बोधन तथा निराकरणका लागि आवश्यक श्रोत साधनको उपलब्धता प्रयाप्त मात्रामा नहुँदा जनचाहना अनुरुप विकास कार्यहरु संचालन गर्न श्रोतको दिगो व्यवस्थापन गर्न आवश्यक नीति तथा कार्यक्रमको तर्जुमा गर्नु पर्ने यर्थाथ यस सभामा अनुरोध गर्दै कैलारी गाउँपालिकाको यस सम्मानीत सभा अधिबेशनमा आर्थिक बर्ष २०८२÷०८३ को बजेट, तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा हर्षति तथा गौरवान्वित भएको व्यक्त गर्न चाहन्छु ।
सभाका अध्यक्ष महोदय ,
स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा, ५५, ५६, ५७, ५८, ५९, ६०, ६१, ६२ तथा ६३ ले गरेको प्राबधान तथा स्थानीय तहको बार्षिक बजेट तथा योजना तर्जुमा दिग्र्दशन,२०७४, मा भएको प्राबधान अनुसार स्थानीय तहहरुले आफ्नो क्षेत्रभित्र राजश्वका क्षेत्रहरुको पहिचान, दायरा तथा दर निर्धारण गरी स्थानीय तहमा आम्दानीका श्रोतहरुको प्रक्षेपण गरी बजेट तर्जुमा गर्नु पर्ने व्यवस्था अनुरुप कैलारी गाउँपालिकामा समेत स्थानीय तहको राजश्व परामर्श समितिले सरोकारवालासँग विभिन्न चरणमा छलफल अन्तरक्रिया गरी गाउँपालिका भित्रका विकास निमार्णका कार्यहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न तथा दिगो विकासका आयाम तथा क्षेत्रलार्ई संस्थागत गर्दै लैजान आगामी आर्थिक बर्षका लागि कैलारी गाउँपालिकाको राजश्वका दायरा, सिमा, दर निर्धारण गरी गाउँ सभामा पेश गर्नका लागि यो वजेट तथा कार्यक्रम तयार गएिको छ ।
राजश्वको मौजुदा अवस्थाको विश्लेषण
कैलारी गाउँपालिकाको राजश्वको मौजुदा अवस्थाको बिश्लेषण गर्दा, यस गाउँपालिकामा मुख्य आन्तरीक आयको श्रोतका रुपमा मालपोत (भुमी कर) रहेको छ । गाउँपालिकाको राजश्वको दिगो अभिबृद्धिका लागि राजश्व सुधार योजनाको निमार्ण भैसेकोमा सोको कार्यान्वयन प्रभावकारी रुपमा गर्नु पर्ने देखिन्छ । कैलारी गाउँपालिकाको आन्तरीक श्रोत व्यवस्थापनका प्रसस्त सम्भावना रहेता पनि स्थानीय राजश्व परामर्श समितिबाट निर्धारण गरेका राजश्वका नयाँ क्षेत्र, दायरा तथा दरहरुको आधारमा कर संकलन प्रकृया समेत प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको जानकारी समेत यस सम्मानित सभामा अनुरोध गर्न चाहन्छु । स्थानीय सरकार संचालन अवधारणा अनुरुप गाउँपालिकामा विकासका गतिबिधिहरुलाई प्रभावकारी रुपमा संचालन गर्नका लागि राजश्वका दिगो श्रोतहरुको पहिचान तथा परिचालन गरी आन्तरिक आय अभिबृद्धि गर्नु पर्ने कुरा समेत जानकारी गराउन चाहन्छु ।
कैलारी गाउँपालिकाको आन्तरीक आयको दिगो व्यवस्थापनका लागि गाउँपालिकाबाट ठेक्का व्यवस्थापन भएका क्षेत्रहरुबाट सँकलन गर्नु पर्ने बाँकी बक्यौदा रकमको असुलीका साथै सामुदायिक वन लागायतका क्षेत्रहरुसँगका प्रभावकारी समन्वयका लागि अधिकार सम्पन्न कार्यदलको निर्माण तथा परिचालन गर्नु पर्ने देखिन्छ । गाउँपालिकाको राजश्वको अभिबृद्धिका लागि गाउँपालिकाबाट बहाल विटौरी कर, बजार अनुगमन कार्यलाई प्रभावकारी रुपमा लागु गर्नुका साथै सामुदायिक वन तथा निजिक्षेत्रसँगको समन्वय तथा सहकार्यलाई कार्यमूलक बनाउनु पर्ने देखिन्छ । कैलारी गाउँपालिकाको आन्तरीक आम्दानीको अभिबृद्धिका लागि गरिएका केही प्रयासहरुका बारेमा समेत यस सम्मानीत सभामा जानकारी गराउन चाहन्छु ।
ड्ड कैलारी गाउँपालिकाले सामुदायिक वनको नियमन तथा सामुदायिक वनका कार्यक्रमलाई प्रभावकारी वनाई सामुदायिक वनबाट प्राप्त हुने आयको निश्चित रकम गाउँपालिकामा जम्मा गर्नका लागि कैलारी गाउँपालिकाको वन जगल तथा वातावरण संरक्षण ऐन जारी तथा लागु गरेको ।
ड्ड त्यसैगरी कैलारी गाउँपालिकामा भएका ताल तलैयाहरुको संरक्षण सम्वद्र्धन तथा नियमन र तालतलैयालाई एकद्धार प्रणालीबाट संचालन गरी गाउँपालिकाको आन्तरीक आय अभिबृद्धिका लागि कैलारी गाउँपालिकामा रहेका तालतैयाको संरक्षण तथा प्रवद्र्धन सम्बन्धि कार्यविधि, जारी तथा लागु गर्नुका साथै गठित कार्यदलले प्रतिवेदन समेत पेश गरेको ।
ड्ड कैलारी गाउँपालिकाको आन्तरीक आयको अभिबृद्धिका लागि कर नयाँ थप दायराहरुको पहिचान तथा करका दरहरु निर्धारण गरेको ।
ड्ड कैलारी गाउँपालिकाको आन्तरीक आयको अभिबृद्धिका लागि असुल गर्नु पर्ने रकमको असुलीका लागि सम्बन्धित सरोकारवालासँग आवश्यक समन्वय तथा अन्तरक्रिया गरिएको ।
ड्ड कैलारी गाउँपालिकाको आन्तरीक आयको अभिबृद्धि लागि सचेतना अभिबृद्धिका कार्यक्रम संचालन गरिएको ।
ड्ड गाउँपालिकाको आन्तरिक आयको दिगो व्यवस्थापन तथा परिचालनका लागि विभिन्न सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरेको ।
सभाका अध्यक्ष महोदय,
अव म यस सम्मानीत सभामा कैलारी गाउँपालिकाका कर नीतिहरु प्रस्तुत गर्न चाहन्छु ।
राजश्व नीतिहरु ः
स्थानीय तहको राजश्व परामर्श समितिले यस कैलारी गाउँपालिकाको राजश्व अभिबृद्धि तथा परिचालन गर्नका लागि करका दायरा तथा श्रोतहरुको थप पहिचान गर्दै गाउँपालिकामा थप राजश्वका श्रोतहरुलाई संस्थागत गर्दै राजश्व संकलन तथा परिचालनलाई व्यवस्थित तथा प्रभावकारी बनाई दिगो तथा संस्थागत रुपमा विकासका गतिबिधिहरुलाई संचालन गर्न तपशिल बमोजिमका श्रोत अभिबृद्धि तथा राजश्व संकलनका नीतिहरु अंगिकार गरीएका छन ।
ड्ड मालपोतका दर तथा दायरा निर्धारण गर्दा कृषि उत्पादकत्व, उत्पादन लागतका साथै उत्पादित वस्तुको बजार मूल्य आदीलाई आधार मानिएको ।
ड्ड आन्तरीक आयको अभिबृद्धिका लागि करका दर तथा दायराहरुमा समयानुकुल पुर्नावलोकन गरिएको ।
ड्ड आन्तरिक आयको अभिबृद्धि तथा बित्तिय शुसासन कायम गर्नका लागि कार्यदलको गठन तथा परिचालन गरिएको ।
ड्ड सवैभन्दा बढी राजश्व बुझाउनेलाई सभामा सम्मानीत गरिने नीतिको अवलम्बन गरिनेछ ।
ड्ड गाउँपालिकामा संघीय तथा प्रादेशिक सरकारबाट बजेट तथा कार्यक्रमको उपलब्धताका लागि आवश्यक पहल गरिनुका साथै समन्वयात्मक रुपमा संचालन गरिने नीतिको अवलम्बन गरिनेछ ।
ड्ड आन्तरिक आयको अभिबृद्धिका लागि कर सचेतना कार्यक्रमहरु संचालन गरिनेछन ।
ड्ड आन्तरीक आयको अभिबृद्धिका लागि सरोकारवालाहरु बिच अन्तरक्रिया तथा छलफल कार्यक्रम संचालन गरिनेछन ।
ड्ड समपुरक कोषका योजनाहरु संचालन गर्नका लागि गाउँपालिकामा समपुरक कोषको स्थापना गरिनेछ ।
ड्ड आन्तरीक आयको अभिबृद्धिका लागि गाउँपालिकाले सामुदायिक वन, उपभोक्ता तथा स्थानीय नागरीक समाजसँगको समन्वयमा ताल तलैयाहरुको आयलाई गाउँपालिकाको स्वामित्वमा ल्याईनेछ ।
ड्ड कैलारी गाउँपालिकाको आन्तरीक आयकोे अभिबृद्धिका साथै आन्तरीक आयका दायराहरुको पहिचान गर्नका लागि गाउँपालिकाको श्रोत नक्साँकन गर्नुका साथै तालहरुको ठेक्का व्यवस्थापन प्रकृयालाई व्यवस्थित तथा बैज्ञानिक बनाउनका लागि तालहरुकोे भ्क्ष्ब् गरिनेछ ।
ड्ड कैलारी गाउँपालिकाको आन्तरीक आयको अभिबृद्धिका साथै गत विगतमा ठेक्का व्यवस्थापन गरिएका तालतलैया लगायत अन्य आन्तरीक आयको संकलन, श्रोतको पहिचान तथा प्रवद्र्धन लागी राजश्व सुधार कार्य योजनाको कार्यान्वयन गरिनेछ ।
ड्ड बजेट कार्यान्वयन तथा खर्च व्यवस्थापनलाई पारदर्शि बनाउनका लागि शुन्य सहनशिलताको नीति अँगिकार गरिनेछ
ड्ड विकासका कार्यलाई प्राथमिकताका साथ लागु गर्न चालु प्रकृतिका खर्चमा कटौती गरिनेछ ।
करका आधारहरु
कैलारी गाउँपालिकाको स्थानीय राजश्व परामर्श समितिले राजश्वका श्रोत, दायरा तथा दरको निर्धारण गर्दा तपशिल बमोजिमका आधारहरु लिईएकोछ ।
ड्ड स्थानीय सरकार संचालन ऐनमा भएको व्यवस्था
ड्ड मालपोत कार्यालयको मालपोतका दर
ड्ड नजिकका छिमेकी स्थानीय तहहरुले राजश्व संकलन गर्न निर्धारण गरेका करका दायरा, क्षेत्रहरु
ड्ड स्थानीय बाँसिन्दाहरुको राजश्व बुझाउन सक्ने क्षमताको आँकलन
ड्ड कृषि भुमिको उत्पादकत्व तथा व्यापार व्यवसायको अवस्था तथा बजार मूल्यको अवस्था
ड्ड सवारी साधन तथा कृषि औजारको उपलब्धता
ड्ड सरकारी तथा सार्वजनिक सम्पत्तिको उपलब्धता
ड्ड सरोकारवालाहरुसंगको छलफल अन्तरक्रिया
ड्ड गाउँपालिकाको विकास प्रकृया तथा विकासमा अनुदान तथा लागत साझेदारी
ड्ड गत विगतमा संकलन भएको आन्तरिक आयको अवस्था
ड्ड व्यापार व्यवसाय तथा शहरीकरणको अवस्था
ड्ड विकासका आयाम तथा वित्तिय व्यवस्थापनको अवस्था
ड्ड गाउँपालिकामा स्थापना भएको उद्योग तथा कलकारखानाको अवस्था
ड्ड भविश्यमा सँचालन÷स्थापना हुन सक्ने व्यापार व्यवसायको आँकलन
ड्ड गतविगतको कारको दर तथा दायराको तुलनात्मक बिष्लेषण
ड्ड विभिन्न निकाय तथा सरोकारवालाहरुसँग गरिएको अन्तरक्रिया छलफल
ड्ड कैलारी गाउँपालिकामा भएका श्रोत तथा साधन र सोको परिचालनको अवस्था
सभाका अध्यक्ष महोदय,
अव म यस सम्मानित सभामा आगामी आर्थिक बर्ष २०८२र०८३ को अनुमानित आय पेश गर्दछु ।
आय तर्फ ः
आय तर्फ ः
१.संघीय सरकारबाट ः
ड्ड सामानिकरण अनुदानमा रु. १४,१८,००,०००।–
ड्ड राजश्व बाडफाडमा रु. १२,८२,४६,०००।–
ड्ड सर्शत कार्यक्रम रु. ३०,५७,००,०००।–
ड्ड बिशेष अनुदान रु. ५४,००,०००।–
ड्ड समपुरक अनुदान रु. २,६५,००,०००।–
जम्मा रु. ६०,७६,४६,०००।–
२.प्रदेश सरकारबाट ः
ड्ड सामानिकरण अनुदानमा रु. १,४३,८२,०००।–
ड्ड राजश्व बाडफाडमा रु. ४३,०४,०००।–
ड्ड समपुरक अनुदान रु. ८५,००,०००।–
ड्ड बिशेष अनुदान रु. ५५,००,०००।–
जम्मा रु. ३,२६,८६,०००।–
३.गाउँपालिका आन्तरीक आय ः
ड्ड आन्तरीक आय रु. रु. २,५७,००,०००।–
ड्ड आन्तरीक श्रोतअ.ल्या रु. ४०,००,०००।–
जम्मा रु. २,९७,००,०००।–
गा.पा को कुल जम्मा रु.६७,००,३२,०००।–
गै.स.स.को कार्यक्रम रु. ५,२४,७१,०००।–
कुल जम्मा आय रु. ७२,२५,०३,०००।–
सभाका सभा अध्यक्ष ज्यू,
अव म यस सम्मानित सभामा श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले उपलब्ध गराएको बजेट सीमा तथा अध्यक्षज्यूको नीति तथा कार्यक्रमलाई सम्बोधन गर्ने गरी बिषयगत समितिमा भएको छलफलका तथा सुझावका साथै बजेट तथा योजना तर्जुमा समितिको बैंठमा आवश्यक संसोधन परिमार्जन गाउँकार्यपालिकामा भएको निर्णयका आधारमा आगामी आर्थिक बर्ष २०८२÷०८३ का लागि क्षेत्रगत रुपमा विनियोजन गरिएको बजेट तथा कार्यक्रम यस सभामा समक्ष पेश गर्दछु ।
विनियोजनतर्फ
१. कार्यालय सँचालन÷प्रशासनिक(चालु) रु.११,५४,८२,०००।–
२. समपुरक कोष रु. ५,२५,००,०००।–
३. भुक्तानी बाँकी रु. २,५०,००,०००।–
४. भूमी व्यवस्थापन (भूमी आयोग) रु. ६०,००,०००।–
५. अध्यक्ष कप रनिङ्ग प्रतियोगिता÷खेलकुद कार्यक्रम रु. २५,००,०००।–
६. बिद्युतीय सुशासन तथा सुचना प्रविधि कार्यक्रम रु. ७,००,०००।–
७. अध्यक्ष रोजगार कार्यक्रम रु. १०,००,०००।–
८. उपाध्यक्ष समावेशी कार्यक्रम रु. १०,००,०००।–
९. वडागत बजेट सिलिगःपूर्वाधार विकास,
लक्षित वर्ग,प्रशासनिक वडाको (खाजा, ईन्धन,पत्रपत्रिका) रु. ५,४०,००,०००।–
९.१ वडा नं. १ को रु. ६०,००,०००।–
९.२ वडा नं. २ को रु. ६०,००,०००।–
९.३ वडा नं. ३ को रु. ६०,००,०००।–
९.४ वडा नं.४ को रु. ६०,००,०००।–
९.५ वडा नं. ५ को रु. ६०,००,०००।–
९.६ वडा नं. ६ को रु. ६०,००,०००।–
९.७ वडा नं. ७ को रु. ६०,००,०००।–
९.८ वडा नं. ८ को रु. ६०,००,०००।–
९.९ वडा नं. ९ को रु. ६०,००,०००।–
१०. आर्थिक विकास समिति रु. ८०,००,०००।–
१०.१. कृषि विकास कार्यक्रम रु. २९,००,०००।–
१०.२. पशु सेवा कार्यक्रम रु. २७,००,०००।–
१०.३. प्रधानमन्त्री स्वरोजगार कार्यक्रम रु. १४,००,०००।–
१०.४. लघु उद्यम विकास रु. १०,००,०००।–
११. सामाजिक विकास समिति रु. ३,५०,००,०००।–
११.१. शिक्षा (शैक्षिक विकास) रु.२,००,००,०००।–
११.२. स्वास्थ्य रु. ९५,००,०००।–
११.३. महिला बालबालिका रु. २१,००,०००।–
११.४. खानेपानी तथा सरसफाई रु. २१,००,०००।–
११.५.आयुर्वेद तथा वैकल्पिक चिकित्सा रु. १३,००,०००।–
१२. वनवातावरण तथा विपद व्यवस्थापन रु. ५०,००,०००।–
१२.१. विपद व्यवस्थापन कोष रु.३४,००,०००।–
१२.२. गेज रिडर प्रोत्साहन रु. ३०,०००।–
१२.३.वडा विपद व्यवस्थापन समिति क्षमता विकास रु. २,७०,०००।–
१२.४. सरोकारवालासँग अन्तरक्रिया रु ७५,०००।–
१२.५. बृक्षारोपण कार्यक्रम रु. ४,००,०००।–
१२.६. डिपिआरपि अध्यावधिक रु. ७५,०००।–
१२.७. विपद सामाग्री खरिद रु. २,००,०००।–
१२.८. विपद सम्बन्धि सूचाना प्रवाह रु. १०,०००।–
१२.९. दिवसीय कार्यक्रम रु. ४०,०००।–
१२.१०. जोखिम नँक्साँकन रु. १,००,०००।–
१२.११. वन संरक्षण सचेतना कार्यक्रम रु. ४,००,०००।–
१३. भैपरी पुँजीगत रु. ५०,००,०००।–
१४. सुशासन तथा सँस्थागत विकास समिति रु. ९,००,०००।–
१५. न्यायिक समिति रु. ७,००,०००।–
१६. बिद्येयक समिति रु. ५०,०००।–
१७. दलित लक्षित कार्यक्रम रु. ५,००,०००।–
१८. भैपरी चालु रु. ३५,००,०००।–
१९. लोहरपुर भजहर कप रु. १,००,०००।–
२०. १५ सैया अस्पताल जाने बाटो स्तरोउन्नती रु. १५,००,०००।–
२१. सर्शत कार्यक्रम रु. ३०,५७,००,०००।–
२२. समपुरक अनुदान (संघ) रु. २,६५,००,०००।–
२३. बिशेष अनुदान (संघ) रु. ५४,००,०००।–
२४. समपुरक अनुदान (प्रदेश) रु. ८५,००,०००।–
२५. बिशेष अनुदान (प्रदेश) रु. ५५,००,०००।–
गाउँपालिकाको कुल विनियोजन रु.६७,००,३२,०००।–
गै.स.स.कार्यक्रम रु. ५,२४,७१,०००।–
कुल जम्मा विनियोजन रु. ७२,२५,०३,०००।–
निष्कर्ष तथा सुझावहरुः
नेपालको संबिधान, स्थानीय सरकार संचालन ऐन, २०७४ तथा स्थानीय तहको बजेट तथा योजना तर्जुमा दिग्दर्शन, २०७४ (परिमार्जित) मा भएको प्राबधान अनुसार स्थानीय तहहरुले आफ्नो क्षेत्र भित्रको राजश्वका श्रोतहरुको पहिचान, करका दायरा तथा दर निर्धारण गरी गाउँ सभामा पेश गर्नु पर्ने व्यवस्था अनुसार यस गरिमामय सभामा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय राजश्व परामर्श समितिले प्रक्षेपण गरेको आय तथा श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले निर्धारण गरेको बजेट सीमाका आधारमा योजना तर्जुमा प्रकृयाका सात वटै चरणका प्रकृयाहरुलाई पालना गर्दै आर्थिक बर्ष २०८२÷०८३ का लागि बजेट तथा कार्यक्रम तर्जुमा गरि पेश गरिएकोछ । गाउँपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा विभिन्न सरोकारवालाहरुसँगको छलफल अन्तरक्रियाका साथै विज्ञहरुसंग समन्वय र स्थानीय राजश्व परामर्श समितिको बैठकमा भएको छलफल तथा यर्थाथका आधारमा तयार गर्ने प्रयास गरिएकोमा गाउँपालिकाको आन्तरीक आयको अभिबृद्धिका साथै प्राप्त श्रोत साधनहरुको न्यायोचित प्रयोगका लागि यस सम्मानीत सभामा तपशिल बमोजिमका सुझाव तथा निष्कर्ष समेत पेश गर्न चाहन्छु ।
ड्ड दिगो आन्तरीक आयको अभिबृद्धिका लागि नयाँ क्षेत्रहरुको (पर्यटन विकास, स्थानीय कला, सँस्कृति) जस्ता पहिचान तथा प्रवद्र्धन र दिगो व्यवस्थापनका लागि नीति निर्माण गर्नु पर्ने ।
ड्ड आर्थिक अनुशासनको परिपालना तथा आर्थिक मित्तव्ययितालाई प्रभावकारी रुपमा लागु गर्नु पर्ने ।
ड्ड आन्तरीक आयको अभिबृद्धिका लागि गाउँपालिकाको राजश्व शाखालाई प्रभावकारी बनाई जनशक्तिको व्यवस्थापन गर्नु पर्ने ।
ड्ड आम जनसमुदायको हितलाई सर्वोपरि राखी मालपोत कार्यालयले निर्धारण गरेको दररेट तथा गाउँपालिकाको बस्तु स्थितीका आधारमा करका दर निर्धारण गरिनु पर्ने ।
ड्ड गाउँपालिकाको क्षेत्र भित्र भएका सार्वजनिक तथा ऐलानी÷पर्ती जग्गाको लगत सकलन गरी सोलाई समेत करकोे दायरामा ल्याउन बहाल बिटौरी कर लाई प्रभावकारी रुपमा लागु गर्नु पर्ने ।
ड्ड गाउँपालिकाकाले निर्धारण गरेका कर श्रोत, दायरा, दरलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न लागि कार्यदलको गठन तथा परिचालन गर्नु पर्ने ।
ड्ड आन्तरीक आयको अभिबृद्धिका लागि करका नयाँ श्रोत तथा दायराहरुको पहिचान गरी आन्तरीक आयको अभिबृद्धिमा कैलारी बाँसीको अपन्त्व श्रृजनाका कार्यक्रमहरु संचालन गर्नु पर्ने ।
ड्ड स्थानीय सरोकारवालाहरुका लागि कर सचेतना तथा कर शिक्षाका कार्यक्रमहरु संचालन गर्नु पर्ने ।
ड्ड वित्तिय जोखीम न्यूनीकरण तथा सुशासन प्रवद्र्धनका कार्यक्रमहरुलाई संस्थागत गर्दै लैजानु पर्ने ।
ड्ड गाउँपालिकाबाट संचालन गरीने कार्यक्रमहरु समाजिक न्यायका आधारमा संचालन गर्नु पर्ने ।
ड्ड गाउँपालिकाको आन्तरीक आय अभिबृद्धिका लागि बार्षिक कार्य योजनाको निमार्ण तथा कार्यान्वयन÷पुर्नावलोकन गर्नु पर्ने ।
ड्ड राजश्व सुधार योजनाले परिलक्षित गरेका वित्तिय सुशासनका औजारको प्रभावकारी कार्यान्वयन गर्नु पर्ने ।
ड्ड जनमैत्री तथा जनमुखी सेवा प्रवाहका लागि समिक्षा, सुनुवाई तथा सार्वजनिक जवाफदेहीताका लागि शुसासनका औजारका साथै आम्दानी तथा खर्चको मध्यावधिक मूल्याँकन गर्नु पर्ने ।
ड्ड बजेट तथा कार्यक्रमको तर्जुमा गर्दा समानुपातिक, समावेशीता तथा सामाजिक न्यायका आधारमा गर्नु पर्ने ।
ड्ड बजेट तथा कार्यक्रमको तर्जुमा गर्दा नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त बजेट सिलिङ्ग तथा निकासा हुने बजेट रकमको बिश्लेषण गर्नु पर्ने ।
ड्ड वित्तिय साक्षरताका साथै सार्वजनिक खर्चमा मित्तव्ययीताका कार्यक्रम सँचालन गर्नु पर्ने ।
ड्ड लागतमा साझेदारी तथा दोहरोपनाको न्यूनीकरणका लागि विकास साझेदारसँग समन्वयात्मक रुपमा कार्यक्रम कार्यान्वयन गर्नु पर्ने ।
ड्ड गाउँपालिकाबाट कार्यान्वयन हुने कार्यक्रमहरुको दिगो तथा प्रभावकारी कार्यान्वयनका लागि लाभग्राही लगायतका अन्य सरोकारवालाहरुसँगको छलफल तथा अन्तरक्रियालाई सँस्थागत गर्नु पर्ने ।
ड्ड संघीय सरकारबाट प्राप्त बजेट सिलिङ्ग अनुसारको बजेट निकाशा नहुने हुदाँ सोको व्यवस्थापनका लागि आवश्यक नीतिगत व्यवस्था गर्नु पर्ने ।
ड्ड गाउँपालिकाको लक्ष्य, उद्धेश्य, प्राप्तीका लागि दिर्घकालिन, मध्यकालिन तथा अल्पकालिन योजनाहरु प्राथमिकताका आधारमा कार्यान्वयन गर्नु पर्ने ।
ड्ड गाउँपालिकाको आर्थिक तथा सामाजिक विकासमा रुपान्तरण गर्नका लागि सामाजिक सवालहरुको सम्बोधन गर्ने तथा आर्थिक क्रियाकलापसँग सम्बन्धित योजना तथा कार्यक्रमहरु कार्यक्रम कार्यान्वयन गर्नु पर्ने ।
ड्ड दिर्घकालिन प्रकृतिका योजना बाहेक अन्य अल्पकालिन योजनामा वित्तिय दायित्व श्रृजना (सर्ने) प्रकृतिका योजना तथा कार्यक्रमको कार्यान्वयनलाई निरुसाहित गर्नु पर्ने ।
सभाका अध्यक्ष महोदय,
कैलारी गाउँपालिकाको आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, वन वातावरण तथा विपद व्यवस्थापन, समावेशीताका साथै सुशासन तथा संस्थागत विकासका कार्यहरुलाई प्रभावकारी तथा दिगो रुपमा कार्यान्वयन गर्नका लागि बित्तिय श्रोतहरुको दिगो पहिचान तथा परिचालन गर्नुका साथै गाउँपालिकाका कार्यहरुलाई बढी भन्दा बढी जनमुखी तथा जनमैत्री बनाउनका लागि बित्तिय जोखीम न्यूनीकरण तथा सुशासन प्रवद्र्धनका कार्यलाई संस्थागत गर्दै लैजानु पर्ने हुन्छ । गाउँपालिकाको आन्तरीक आय अभिबृद्धिका लागि राजश्व परामर्श समितिबाट सिफारिस गरिएका करका दायरा तथा दर अनुसारको कर संकलनका लागि प्रभावकारी सयन्त्रको निमार्ण गर्नु पर्ने हुन्छ । गाउँपालिकाले दिगो विकासको अवधारणा अनुरुपका योजनाहरुको प्राथमिकिकरण गरी अल्पकालिन, मध्यकालिन तथा दिर्घकालिन योजनाहरुको छनौट गरी योजनाबद्ध रुपमा गाउँपालिका लक्ष्य, उद्धेश्य तथा दृष्टिकोणलाई सहयोग गर्ने विकासका गतिबिधिहरु संचालन गर्नु पर्ने देखिन्छ । त्यसैगरी गाउँपालिकाको श्रोत तथा साधानबाट संचालन गर्न नसकिने ठूला योजनाहरुको कार्यान्वयनका लागि संघीय सरकार तथा प्रदेश सरकारसँग समन्वय तथा सहकार्यता गर्नु पर्ने देखिन्छ । साथै समाजिक विकास तथा सामाजिक रुपान्तरणका कार्यक्रमहरु कार्यान्वयनका लागि विभिन्न गैर सरकारी संघ संस्थाहरुका साथै विकास साझेदारसँगको समन्वय, सहकार्यलाई अझ व्यवस्थित तथा नतिजा मूलक बनाई कार्यक्रम संचालन गर्नु पर्ने देखिन्छ ।
सभाका अध्यक्ष महोदय,अन्त्यमा,
समग्र कैलारी गाउँपालिकाको आर्थिक, सामाजिक, पूर्वाधार विकासका साथै समावेशी विकासका माध्यमबाट सामाजिक रुपान्तरण गर्नका लागि तयार गरिएको बजेट, तथा कार्यक्रम तर्जुमा प्रक्रियामा सक्रिय सहभागी भै योगदान पुर्याउने यस गाउँपालिकाका गाउँसभाका अध्यक्ष, गाउँ सभाका सदस्यहरु, प्रमुख प्रशासकिय अधिकृत, स्थानीय राजश्व परामर्श समितिका सदस्य लगायत कर्मचारी मित्रहरु, तथा सरोकारवालाहरु प्रति हार्दिक आभार व्यक्तगर्दै धन्यबाद दिन चाहन्छु । यस गरिमामय कार्यक्रममा उपस्थित गाउँसभाका सदस्य, पत्रकार बन्धु लगायत अन्य उपस्थित महानुभावमा हार्दिक कृतज्ञता तथा धन्यबाद व्यक्त गर्न चाहन्छु । गाउँपालिकाको समग्र विकास तथा रुपान्तरित कैलारीका निर्माणका लागि नेपाल सरकार, प्रदेश सरकार, राजनितिक दल, विकास साझेदार तथा कैलारी गाउँपालिकाबाँसी जनसमुदायका साथै नागरीक अगुवाहरुबाट सदैव रचनात्मक सहयोग, सदभाव तथा पृष्ठपोषणको आशा र अपेक्षा गर्दछु । धन्यवाद ।
(भगवती कुमारी चौधरी)
उपाध्यक्ष, कैलारी गा.पा.
गैससको बजेट तथा कार्यक्रम ः
१.समाजिक सेवा अध्ययन केन्द्र रु. १,३६,९२,०००।–
२. सुदुर पश्चिम समाज रु. ६,४०,०००।–
३. सामुदायिक विकास केन्द्र डोटी रु. ६,८१,०००।–
४. ओरेक (महिला पुर्नस्थापना केन्द्र) रु. ४७,८०,०००।–
५. सहयोगी हातहरुको समुह (सहास नेपा) रु. ५१,१५,,०००।–
६. शान्ती पुर्नसथापना गृह रु. ६,५४,०००।–
७. बहुउद्धेशीय विकास समाज रु. ६,४४,०००।–
८. दलित महिला अधिकार मञ्च रु. २२,५३,०००।–
९. नवजिवन सेवा संघ रु. ८८,४०,०००।–
१०. मुक्त कमैया महिला विकास मञ्च रु. ४०,००,०००।–
११. बाल कल्याण संघ, टिकापुर रु. २,५१,०००।–
१२. मानव अधिकारका लागि महिला एकल महिला समुह रु. १०,३६,०००।–
१३.परिवर्तनका लागि कार्यरत युवा समुह नेपाल (याक) नेपाल रु. ९८,८५,०००।–


