खाद्यान्न पासमा कपडा ढुवानी गर्ने ट्रक कैलालीमा नियन्त्रण

धनगढी, १ जेठ । खाद्यान्न ढुुुवानी पास लिएर कपडा ढुुुवानी गर्ने ट्रक प्रहरीको फन्दामा परेको छ ।
कैलालीको घोडाघोडी नगरपालिका १, सुखडमा खाद्यन्न ढुवानी भन्दै कपडा ढुवानी गरिरहेको अवस्थामा विहिबार विहान सुखड प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार विरगञ्जदेखि कैलालीसम्मका लागि फेन्सी तथा लत्ताकपडा ढुवानी गरिरहेको ना ६ ख ४३५१ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको हो ।
सुखडमा रहेको ट्राफिक चेक पोष्टमा सोधपुछ गरी इन्ट्री गर्दा सवारी चालकले खाद्यान्न भएको बताएका थिए । तर उक्त ट्रकमा कपडाका थान भेटिएको थियो । खाद्यान्न ढुवानी भन्दै कपडा ढुवानी गरिरहेको अवस्थामा ट्रकलाइ केही समय नियन्त्रणमा राखिएर छोडिएको छ ।
त्यस्तै प्रहरी उपरिक्षक बस्नेतले खाद्यान्न संगै ल्याइएको कपडा उद्योग वाणिज्य संघ सु.खडको जिम्मा लगाइएको जनाए ।
