थारु राष्ट्रिय दैनिक
भाषा, संस्कृति ओ समाचारमूलक पत्रिका
[ थारु सम्बत १३ बैशाख २६४८, बिफे ]
[ वि.सं १३ बैशाख २०८१, बिहीबार ]
[ 25 Apr 2024, Thursday ]

विपत्तिमा मानवताको चित्कार कहिलेसम्म ?

पहुरा | ७ जेष्ठ २०७७, बुधबार
विपत्तिमा मानवताको चित्कार कहिलेसम्म ?

सुशील चाैधरी

प्रकृतिको नियम नै यस्तो छ, नयाँ निर्माणका लागि ध्वंस निम्त्याउने । मानिस कविला, गण र विभिन्न मानव समूह हुँदै पशुपालन, कृषि पेशा संगै कुटिर उद्योगबाट सिक्दै आधुनिक उद्योग विकासको क्रमसम्म आइपुग्दा मानव सभ्यताको विकासगर्न प्रकृति संग बेजोड टकराव भएको छ । बाढी, पहिरो, हुरी बतास, चक्रवात, समुद्री आँधी, छाल, भूकम्प र महमारीहरु युग—युगमा घटित भएका छन् । अर्थशास्त्रको पिता मानिएका अर्थशास्त्री आडम स्मिथले त मानव जनसंख्याको सन्तुलन प्रकृतिले गर्ने बताएका थिए । आध्यात्मवादीहरु सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता छन्, भन्ने विश्वास गर्दछन् । भौतिक विज्ञानले पृथ्वीको उत्पत्ति नै महाटक्करबाट नै भएको प्रमाणित गरेको छ । समय—समयमा महाप्रलय आइरहेको र आउने अनुमान समेत गरिएको छ । एकाइशौ शताव्दीका महान् भौतिकशास्त्री वैज्ञानिक स्टीफीन हकिंसले समयको इतिहास (हिस्ट्री अफ आइम) पुस्तकमा यही गतिमा मानिसले प्रकृतिको दुरुपयोग गर्दै जाने हो भने एक हजार वर्षभित्रमा जीवको सर्वनाश हुने भनेर गएका छन् । मानिसले समय क्रममा प्रकृतिसंग समायोजन र अन्तरघुलन हुदै समयानुकुल संस्कृति पनि निर्माण गर्दै अभ्यास समेत गर्दै आएको छ । मानिसले समयानुकुल संस्कृतिको रुपान्तरण पनि गर्दै आएको छ । तर प्रकृतिको महानियतिलाई हरेक युगमा विवशताका साथ समाना गर्दै, झेल्दै आएको छ ।

पाँच दशक हाराहरीको जीवनयता मैले तराईमा रहेको औँलो र मलेरियाको महामारी, झाडा पखालाको महमारीबारे पढेको, सुनेको, देखेको छु । यसका साथै प्रत्यक्ष रुपमा २०७० सालको बाढी, २०७२ को महाभुकम्पको तवाही भोगें । हाल महामारीको रुपमा विश्वलाई आच्छु ताच्छु पारिरहेको रोग कोरोना भाइरस (कोभिड १९) भोगिरहेको छु ।

यस्तो लागिरहेको छ की, कतै हामीले पाँच हजार वर्षमा विकास गरेका, दर्शन, साहित्य र संस्कृतिमा पो खोट छ की ? अबको युगलाई समतामूलक, संवृद्ध र शान्त तथा गतिशील बनाउन हाम्र राजनीतिक सिद्धान्त, अधिरचना र मुल्य मान्यताहरुको निर्ममतापूर्वक समालोचना र अनुशीलन गर्ने बेला भयो कि ?

तराई मामहामारीको रुपमा औलो रहेको बेलामा तराईमा थारु र अन्य केही तराईका आदिवासी समुदाय बाहेकका जातिहरुलाई सहज बसोवासको अवस्था थिएन । आंैलोका कारण अनगिन्ती मानिसको मृत्यु हुने गर्दथ्यो, हैजा र झाडा पखाला पनि ठूलो महामारी हुने गर्दथ्यो । केही समय पहिले स्वाइन फ्ल्यु पनि महामारी भएर केही समय जनस्वास्थ्य समस्याका रुपमा देखियो । यी र यस्ता महमारीमा नेपालले धेरै सावधानी र योजनाका साथ लडेको छ र काबु पनि पाएको छ ।
नेपालले १९९० को भूकम्प झेल्यो त्यसपछि २०७२ साल बैशाख १२ गते दोस्रो महाभुकम्पको शिकार भयो । दोस्रो महाभुकम्पको म प्रत्यक्षदर्शी पीडित व्यक्ति भएँ, जुन घटनाले मेरो जीवनको यात्रालाई नै मोडिदियो । दश हजार बढी व्यक्तिको ज्यान दिएको त्यो महाविपत्तिले नेपाललाई राजनीतिक, आर्थिक र सामाजिक रुपमा हल्लाइ दियो । म र म जस्ता लाखौं व्यक्तिको जीवन पद्धति नै विश्रृखलित पारिदियो । पीडितहरु सबैले सरकारी राहत पाइसकेका छैनन् । न त भत्केका घरहरु पुनःनिर्माण भइसकेका छन् । न त टुटेका मनहरुले पूर्णरुपमा जोडिन सकेका छन् ।

२०७२ साल बैशाख १२ गतेको दोस्रो महाभुकम्प आफुले नजिकबाट भोगेकोले जीवनमाकहिल्यै बिर्सन सकिने छैन । मानव जीवनमा सिकाईका रुपमा प्राप्त हुने थोरै प्रकृतिजन्य घटनाहरु मध्ये एक बन्न गएको छ, महाभुकम्प २०७२, मेरो मानसपटलमा । सहज अवस्थामा धनी, गरिव, नेता, जनता, गाउँले शहरिया, तथाकथित ठुला जाति र साना जाति, पहुँचवाला र निरिह व्यक्ति, विद्धान र अनपढ जस्तो किसिमले मानिसलाई अलग गरेपनि प्राकृतिक विपत्तिका बेलाव्यक्ति समान मानवको रुपमा पदार्पण हुने रहेछ । विपत्तिमा विभेदपूर्ण सामाजिक र साँस्कृतिक मान्यताहरु काँचझै झर्याम्म फुट्ने र डोरी झै चँुडिने रहेछ भन्ने कुरा महाभुकम्पको बेलामा मैले अवलोकन र अनुभूत गर्ने अवसर पाएँ । मान्छे—मान्छे वीच कोरिएका विभेदका रेखाहरु क्षणभरमै मेटिए जस्ता भए । मानिसको मनभित्र जे जस्तो मानसिक हुण्डरी चलिरहेको भएपनि सम्भावित महामारीलाई एक्लै सामना गर्न नसक्ने कुरा बुझेर मौनता साँध्न बाध्य हुने रहेछ, स्वार्थी मानिस ।

प्राकृतिक कप्पन र प्रतिक्रियाहरु जसले आमनियमित मानवजीवन पद्धतिलाई नै क्षणभरमै अस्तव्यस्त पारिदिन्छ । मानिसले तत्काल त्यसको कारण र असरबारे अनुमान लगाउन सक्दैन । त्यस्तै भयो, महाभुकम्पको दिन । आफैले शनिवारको दिन गाउँबाट आएको भतिजोलाई काठमाण्डौको नजारा देखाएर मनोरंजन गराउने अभिप्राय थियो, मेरो । ग्लयु मी सन्डे भने जस्तै पीडादायी शनिवार, आयो मेरो जिन्दगीमा । २०७२ बैशाख १२ गते १२ बजे दिउँसो पृथ्वी हल्लियो । भीमसेन धरहरा जसलाई काठमाण्डौको ताज मानिन्थ्यो, सल्लाको रुख जसरी हल्लियो, त्यसपछि ठस्लक्कै भाँचिएर नांै तले धरहरा पश्चिमतर्फ बजारियो । धरहरा त ढल्यो त्यससंगै मेरो हंसले ठाउँ छोड्यो । मेरो भतिज सहित साठी जनाको ज्यान गयो । सम्पन्नताको दम्भमा अन्धो र मदमस्त राजधानी क्षणभरमै धुलिसात भयो । अमिर र गरीव, जुनसुकै पेशा व्यवसायका व्यक्ति भएपनि सबैको सडक, पेटी, पार्क र पाटीको बास भयो । दुनियाँको अस्थाको धरोहर, मुक्ति मोचन गर्ने ठानिएका मठ मन्दिरहरु, राजा महाराजा र शासक जन्माउने आलिशान राजमहल, र प्रशासनिक महलहरु पनि ढलेका थिए । सबैले हरि भजन गाइरहेका थिए, एक आपसलाई सघाइरहेका थिए । सुस्वास्थ्यको कामना गरिरहेसका थिए । यस्तो लाग्थ्यो, हरेक मानिसले हरेक मानिसलाई चिन्दछन्, सबैले सबैको सरोकार लिइरहेका थिए, भावना साटासाट गरिरहेका थिए । समानताको साम्यवाद अवतरीत भएको थियो, कान्तिपुरी नगरी स्वर्गपुरीको रुपमा पदार्पित भएको थियो ।

प्रकृतिले सबै प्राणीहरुलाई सृष्टि गर्दा आवश्यकताको सिद्धान्तका आधारमा नै गरेको हुनु पर्दछ, तर अरु प्राणीमा स्वार्थीपन नहुनु तर सबैभन्दा ज्ञानी र विवेकशील प्राणाी दावी गर्ने मानव जाति किन यसरी स्वार्थी र किंकर्तव्यविमुढ ? लोभ लालच, क्रोध, माया मोहका कारण मानव समुदायलाई नै दुरुह बनाइ दिन्छ । मानवतावादी र समतामुलक समाज बनाउन कति कठिन ?

लाखौ लाख व्यक्तिहरु संक्रमित छन् । लाखौको संख्यामा व्यक्तिहरुले ज्यान गुमाइ सकेका छन् । बन्दाबन्दीका कारण सामाजिक र आर्थिक क्रियाकलाप हुन नपाउँदा अर्थतन्त्रमा छाएको मन्दीले आर्थिक र सामाजिक विचलन आउन सक्ने अवस्था बन्दै छ । यति कारुणिक अवस्थामा महाशक्ति राष्ट्रहरु भने को शक्तिशाली हुने भन्ने सवालमा दन्त बजान गरिरहेका छन् ।

नेपाल लगायत समग्र विश्वमा महामारीको रुपमा छाएको कोरोना भाइरसले मानव समुदायको सातो लिएको छ । हामी अति कम विकसित देश, जो एक चौथाई जनसंख्या गरिवीको रेखामुनी रहेका छन्, अति संवृद्ध भनिएका महाशक्ति राष्ट्रहरुलाई पनि हम्मे हम्मे परिरहेको छ । देश र विश्व नै बन्दाबन्दीमा रहेको छ । लाखौ लाख व्यक्तिहरु संक्रमित छन् । लाखौको संख्यामा व्यक्तिहरुले ज्यान गुमाइ सकेका छन् । बन्दाबन्दीका कारण सामाजिक र आर्थिक क्रियाकलाप हुन नपाउँदा अर्थतन्त्रमा छाएको मन्दीले आर्थिक र सामाजिक विचलन आउन सक्ने अवस्था बन्दै छ । यति कारुणिक अवस्थामा महाशक्ति राष्ट्रहरु भने को शक्तिशाली हुने भन्ने सवालमा दन्त बजान गरिरहेका छन् । यस्तो लागिरहेको छ की, कतै हामीले पाँच हजार वर्षमा विकास गरेका, दर्शन, साहित्य र संस्कृतिमा पो खोट छ की ? अबको युगलाई समतामूलक, संवृद्ध र शान्त तथा गतिशील बनाउन हाम्र राजनीतिक सिद्धान्त, अधिरचना र मुल्य मान्यताहरुको निर्ममतापूर्वक समालोचना र अनुशीलन गर्ने बेला भयो कि ?

अब कहिलेसम्म विपत्तिमा मानवताको चित्कार सुन्नु पर्ने नियति कहिलेसम्म कायम राख्ने ? विपत व्यवस्थापनका मानवतामुखी बनाउन हामीले कहाँनेर कमजोरी गर्दैछौं ? हामीले हालसम्म प्राप्त गरेको वैभवता, मानवीय मुल्य, समभावहरु हम्रा पीडा दुर गर्न पर्याप्त छैन भने, अब हामीले के कस्तो कदम चाल्नु पर्दछ भन्ने यक्ष प्रश्नमामथि ंगलखियाउनु पर्छ की ?

(२०७७ बैशाख १२, शनिवार, मयुरवस्ती, बर्दिया)

जनाअवजको टिप्पणीहरू