हात, खुुट्टा, मुख र घाँटी बाँधिएको अवस्थामा सञ्चारकर्मी विफा चाैधरीको उद्धार, दोषीलाई कारवाहीको माग
धनगढी, १७ जेड । कैलालीको टीकापुरबाट प्रशारण हुँदै आएको रेडियो नमस्तेमा कार्यरत प्राविधिक विफा चौधरीको हत्या प्रयासमा संलग्नलाई कडा कारवाहीको माग गरिएको छ ।
विभिन्न संघ संस्थाले शनिबार छुट्टाछुट्टै प्रेस विज्ञप्ती जारी गर्दै सुनियोजित ढंगले चौधरीको हात खुट्टा, मुख र घाँटी टेपले बाँधेर हत्या प्रयासमा संलग्नहरुलाई हदैसम्मको कानूनी कारवाहीको माग गरेका हुन् ।
नेपाल पत्रकार महासंघ कैलाली, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कैलालीलगायत संघ संस्थाले घटनाको घोर भन्र्सना गर्दै कडा कारवाहीको माग गरेका छन् ।
फोनिज कैलालीका अध्यक्ष लखन चौधरीद्वारा जारी विज्ञप्तीमा भनिएको छ–‘घटनाप्रति फोनिज कैलाली स्तब्ध भएको छ । चौधरीमाथि सुनियोजित रुपमा हत्या प्रयास गरिएको सो घटनाले सिंगो प्रेस जगतमाथि नै प्रहार भएको फोनिज कैलालीको ठहर छ । घटनाको घोर निन्दा एंव भत्सर्ना गर्दै दोषी उपर छानविन गरी कडा कारवाहीको मागसहित सिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।’
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक दक्षकुमार बस्नेतले घटनाको विभिन्न कोणबाट सुक्ष्म रुपमा अनुसन्धान जारी रहेको बताए । पीडितको तर्फबाट जाहेरी दर्ता भएको बताउँदै उनले प्रहरीले अनुसन्धानलाई अगाडी बढाएको जनाए ।
प्रहरीका अनुसार २२ वर्षीया चौधरी टीकापुर नगरपालिका वडा नं.–१ ब्लक नं.–१६ मा डेरामा बस्दै आएकी छिन् । शुक्रवार राति करिव ९ बजे तीन जनाको समूहमा आएको अज्ञात समूहले हत्या प्रयास गरेको थियो । कोठामा बंत्ती वालेर शौचालय गएकी चौधरीले कोठामा पुग्दा बत्ती निभाएको अवस्थामा कोठाभित्र पस्दा मुखमा कालो रंगको मास्क लगाएको तीन जनाको समूहले नियन्त्रणमा लिएको बताइएको छ ।
करिव २०÷२५ मिटरको दुरीमा रहेको छिमेकी डेराकी साथीसँग गफगाफ गरेर सुत्न कोठामा पुगेकी उनलाई उनकै कोठाभित्र अज्ञात समूहले नियन्त्रणमा लिइ हत्या प्रयास गरेको प्रहरीलाई प्रारम्भिक वयानमा बताएकी छिन् । उनी डेरामा एक्लै वस्दै आएकी छिन् भने स्वास्थ्यकर्मी घरधनी शुक्रवार राति क्वारेन्टाइनमा ड्युटीमा गएकी थिइन् ।
सोही मौका छोपी दुई जनाले हात मुख समातेर नियन्त्रणमा लिएको र अर्काले झुण्डयाउन दोपट्टा बाँध्दै कर्ण कुँवरको रेडियोमा काम गर्ने, जथाभावी समाचार लेख्ने बोल्ने यसलाई मार्नु पर्छ भन्दै मुख थुनेर मार्न खोजेको पीडित चौधरीले बताएकी छिन् । घटनाको खबर पाउने वित्तिकै पुगेको प्रहरीले विफालाई हात खुट्टा बाँधिएको, मुख र घाँटीमा टेप लगाइएको रक्ताम्मे अवस्थामा फेला पारेको थियो ।
वेहोश अवस्थामा प्रहरीले उद्दार गरेर उनलाई टीकापुर अस्पताल पु¥याएको थियो । उपचारपछि प्रहरीले उनलाई परिवारको जिम्मा लगाएको छ ।
