थारु राष्ट्रिय दैनिक
भाषा, संस्कृति ओ समाचारमूलक पत्रिका
[ थारु सम्बत १४ बैशाख २६४८, शुक्कर ]
[ वि.सं १४ बैशाख २०८१, शुक्रबार ]
[ 26 Apr 2024, Friday ]

असम्पादित कविता

पहुरा | ३ आश्विन २०७७, शनिबार
असम्पादित कविता

मलाई गद्दार भन्दै

मेरो लालसलाम

अचेल भगवानको जन्मभूमि खोजिरहेछ,

उसका मार्क्सवादी यज्ञमा

समाजवाद र साम्यवाद होम भइरहेछ,

अद्भूत अवतारको प्रतीक्षामा

प्रभुको लीलामय लालसामा

केही थान बजरंगीहरु

लाल भजन गाइरहेछन्

तर भाव कालोकालो आइरहेछ ।

***

मलाई गद्दार भन्दै

मेरो जय नेपाल

अचेल चपरीमुनिबाट हस्तिनापुर खोजिरहेछ,

उसका सन्धि,सम्झौता र गल्तीको भूमरीमा

राष्ट्रियता र स्वाधीनता टोलाइरहेछ,

सातो हराएझैँ किंकर्तव्यविमूढमा

बेअर्थ आपसी घोर कलहमा

केही थान हनुमानहरु

लोक भजन गाइरहेछन्

तर भाव कालोकालो आइरहेछ ।

धनगढी उपमहानगरपालिका, कनरी, कैलाली

जनाअवजको टिप्पणीहरू