थारु राष्ट्रिय दैनिक
भाषा, संस्कृति ओ समाचारमूलक पत्रिका
[ थारु सम्बत ३० कुँवार २६४८, बुध ]
[ वि.सं ३० आश्विन २०८१, बुधबार ]
[ 16 Oct 2024, Wednesday ]
‘ अन्तर्वार्ता ’

धनगढीलाई मेघा सिटीको रूपमा विकास गर्नेछुः राना

पहुरा | १ मंसिर २०७९, बिहीबार
धनगढीलाई मेघा सिटीको रूपमा विकास गर्नेछुः राना

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नारदमुनि राना लामो समयदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय छन् । उनी हाल कैलाली जिल्ला इन्चार्जको जिम्मेवारी सम्हाली रहेका छन् । राना एक पटक एमालेबाट समानुपाति सभासद भएका थिए । भने, २०७४ को निर्वाचनमा उनी कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । त्यो निर्वाचनमा नेपाली काङ्ग्रेसका नेतृ डा. आरजु राणा देउवालाई पराजित गरेपछि उनको चर्चा निकै बढेको थियो । उनी थोरै समयका लागि मन्त्रीसमेत भए । आसन्न निर्वाचनमा फेरि कैलाली–५ बाटै प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन् । प्रस्तुत छ, उम्मेदवार नारदमुनि रानासंग गरिएको कुराकानी ।

  • तपाई यसअघि पनि उम्मेदवार हुनुहुन्थ्यो जित्नु भयो र मन्त्री पनि हुनुभयो । यस पटक पनि उम्मेदवार हुनुहुन्छ । यो कतिऔँ पटकको उम्मेदवारी हो तपाइको ?

संघीय सांसदको मेरा यो उम्मेदवारी दोस्रो पटक हो । र धनगढी नगरपालिकामा उपमेयर लगाएर यो तेस्रो पटक चुनाव लड्दै छु ।

  • अहिलेसम्म तपाई चुनावमा पराजित हुनुभएको छैन, हो ?

त्यो चाहिँ साँचो हो र मलाई विश्वास छ । मेरो निर्वाचन क्षेत्रका जनताले नारदमुनि रानालाई होइन यस पटकको मत राष्ट्र राष्ट्रियता र समृद्ध नेपाल सुखी नेपाली निर्माण गर्नका लागि यस पटकको मत पनि नेकपा एमालेलाई र त्यसका उम्मेदवार नारदमुनि रानालाई दिन्छन् भन्नेमा मलाई दृढ विश्वास छ ।

  • तर सामान्यतया एउटा मान्छे एउटा चुनाव जितेपछि अर्को चुनावमा त्यो अघिल्लो चुनावमा जनताका माझ लगिएको छ त्यो एजेण्डाले लखेट्ने गर्छ त्यो उम्मेदवारलाई । तपाईका त्यै पुराना एजेण्डा जुन जनताका माँझ लगिएका छन्, त्यो एजेण्डाले कत्तिको लखेट्ने गरेको छ ?

मलाइ एजेण्डाले लखेटेको छैन । म एजेण्डालाई पच्छ्याइरहेको छु ।

  • हिजोका दिनमा नारदमुनिलाई जितायौ र मन्त्री पनि हुनु भो र पाँच वर्ष सम्म के ग¥यो भन्ने जनताको प्रश्न छ त ?

सही कुरा हो । जनताले प्रश्न गर्नु भनेको राम्रा कुरो हो । जनताले जनप्रतिनिधिलाई प्रश्न नगरे कसलाई गर्छ ? र मत उहाँहरूको जनप्रतिनिधि हो । उहाँहरूले मलाई विश्वास गर्नुभयो र म बुँदागत रूपमा मैले पाँच वर्षमा मेरो निर्वाचन क्षेत्रमा समृद्ध, सुन्दर र स्वाभिमान धनगढी निर्माणका लागि मैले यस पटक फाउण्डेसन हाल्ने काम गरेको छु । मैले धनगढी होइन मेघासिटी रूपमा निर्माण गर्नुपर्छ भनेर यो भन्दा अगाडी नै उद्योगी व्यवसायी साथीहरूसँग सल्लाह गरेको छु । जसका लागि गोदावरी, गौरीगङ्गा उता हसुलिया र सकिन्छ भने कञ्चनपुरका केही पार्ट मिसाएर हामीले अब धनगढीलाई नयाँ तरिकाले पहल चालेको छु । सडक पूर्वाधारको हिसाबमा तपाईँले हेर्नु भयो भने हुलाकी सडक शून्य किलोमिटर देखि फूलबारीसम्म चार लेन छ । त्यो भन्दा अगाडि डबल लेन छ । यसरी हामीले हुलाकी सडकलाई पनि अगाडि बढाउने काम ग¥यांै । त्यो मेरो पहलमै नेकपा एमालेको सरकारको कार्यकालमा भएको हो । त्यसै गरी क्षेत्रीय सहरी विकास आयोजना कार्यक्रम जुन धेरै पहिलेदेखि म सांसद हुनुभन्दा अगाडि डिजाइन भइरहेको थियो । त्यो आयुडीपीको रूपमा तयार भयो । तर टेण्डर भएको थिएन । म निर्वाचित भएर गएपछि त्यसलाई हामीले आयुडीपीलाई आरयुपीपीको रूपमा त्यो परियोजना आयो र धनगढी नगरपालिकाको ४२ दशमलव ४ किलोमिटर त्यसको डिटेल डिजाइन भयो । बजारको मूल सडक नगरपालिकाले क्लिीयर ग¥यो भने त्यसको अविलम्ब टेण्डर हुदैछ । त्यस कारण यी कुराहरू मैले टेण्डर हाल्न लगाए । म के भन्न चाहन्छु भने धनगढी एउटा निकै भविष्य भएको ठाउँ हो हामी भारतका लखनऊ, दिल्ली बरेली लगायतका ठूला सहरहरसंग जोडिएका छौ । र, यहाँ हामी शैक्षिक हिसाबले, स्वास्थ्यका हिसाबले, पर्यटकका हिसाबले र कृषिका हिसाबले यो क्षेत्रलाई अगाडि बढाउन सक्यौ भने यो धनगढीको राम्रो भविष्य हो । त्यस कारण यो फाउण्डेसन हाल्ने काम गरेको छु । यो फाउण्डेसनका लागि मैले गरेको आइटी स्मार्ट सपोर्ट सुदूरपश्चिम भरी कही पनि छैन । मेरो निर्वाचन क्षेत्रको फूलबारी सर्वोदय माविमा छ जहाँ औलाले छोएर स्मार्ट बोर्डमा बच्चाहरू पढिरहेका छन । त्यो पनि एउटा मेघासिटी भित्रको एउटा फाउण्डेसन हो । त्यसै गरी सिटीहलका कुराहरू, धनगढी, खुटिया, दीपायल फाष्ट ट्रयाकका कुराहरु, रणनीतिक सडक मेरै निर्वाचन क्षेत्रमा तपाइको उर्मा, बनकट्टा हुँदैफिरिभिङ रोड यो बनेको छ । ३५ करोडमा टेण्डर आएको छ । यस्ता थुप्रै कामहरू हामीले जग हाल्ने काम गरेका छौ ।

  • तर प्रतिपक्षहरू त तपाइले केहिपनि गर्नू भएन भन्ने आरोप लगाइरहेका छन चुनावमा त्यो पनि मुद्दा छ नि त ?

उहाँहरूलाई धन्यवाद दिन चाहन्छु । एक पटक मैले भनेको ठाँउहरुमा भिजिट गरिदिनु भयो भने ती बाटामा हेरि दिनु भयो भने कम्तीमा अहिले पिच नभएकाले कतै हिलो छ कतै धुलो छ त्यो काम भइरहेको सङ्केत हो ।

  • तपाइले भन्नु भो अब पाँच वर्षमा फाउण्डेसन तयार गर्दै छु । कति वर्ष तपाई चुनाव जित्नु भयो भने त्यो तपाईले देखेको सपना अर्थात बाडेका सपना पुरा हुन्छ ? एउटा घर बन्न एउटा व्यक्ति एउटा नेताले कति समय जितिराख्नु पर्छ जनताले कति समय भोट दिइराख्नु पर्छ ?

यो विकास निर्माणका आफ्नै चरण पनि हुन्छन । एउटा फेजमा प्रारम्भिक सर्भे हुन्छ । इआइए हुन्छ आईई हुन्छ त्यसपछि फाउण्डेसन हुन्छ । त्यसपछि सुपर स्टक्चरहरु माथि बन्ने कुराहरू हुन्छ । तर मैले यो पाँच वर्षमा सहरी विकासका जुन अवधारणा थियो जो केपी शर्मा ओली २०७२ सालमा उहाँ प्रधानमन्त्री हुँदा खेरी उहाँले एउटा सपना देख्नुभयो । उहाँले पूर्व पश्चिम राजमार्ग जोड्नका लागि उत्तर दक्षिण करीडोरहरु सिक्सलेनहरु उहाँले निर्माण सुरु गर्नुभयो । जो हामी मोहना, धनगढी, अत्तरिया सिक्सलेन हामीले पायौ । त्यस्तै पूर्वदेखि पश्चिमसम्म सिक्सलेनको करीडोरहरु निर्माण सुरु भयो । र सघन सहरी उहाँले ५० करोडबाट सुरु गर्नुभयो । आज मेरो नगरपालिकामा १ सय ४१ किलोमिटर सडक पिच भयो । बिचमा अरू सरकार भए अरू सांसद भए उहाँहरू सबैलाई म धन्यवाद दिन चाहन्छु । तान्ने काम त ग¥यौ नि त कम्तीमा । त्यसैले सहरी विकासको कुरा होस, देश निर्माणको कुरा होस, विकास र समृद्धिको कुरा होस नेकपा एमालेमा एउटा भिजन देखिएको छ । एउटा दृष्टिकोण देखिएको छ । जसमा धनगढी नगरपालिका प¥यो । अहिले उपमहानगरपालिका भएको छ र यो यत्तिकै रोकिँदैन । त्यसैले मैले फाउण्डेसन किन भनेको हुँ भने फाउण्डेसन बलियो भयो भने माथिको अरू बन्ने संरचना बलिया हुन्छन् । मेरो पाँच वर्षमा फाउण्डेसन हाल्ने काम गरे अब मैले फेरी मौका पाए भने जनताले मलाई फेरी विश्वास गरी जिताएछन भने धनगढीलाई मैले मेघा सिटीको रूपमा विकास गर्नेछु । यो मेरो सपना छ यो धनगढी वासीको सपना हो । यदि जनताले मलाई फेरी विश्वास गरे भने म धनगढीको लागि अहोरात्र खटिने छु । र अर्को मैले एउटा बाचा गरेको थिए यदि मैले चुनाव जिते भने १८ वर्ष देखि अड्किएको राना थारु समुदाय पहिचान मुद्दाको काम गर्छु भनेको थिए र त्यो मैले पूरा पनि गरे । अरू केही काम मैले समयका कारण गर्न नसके होला । र तपाईले मन्त्रीको कुरा गर्नु भयो यसका लागी म यहाँका सबै जनतालाई म धन्यवाद दिन चाहन्छु । मैले छोटो समय एक दिन कम २ हप्ता मन्त्री भए ।

  • नेकपा एमालेका अधिकांश उम्मेदवारले एउटै कुरा लिएर जनतामाझ जाने गरेका छन कि बृद्धभत्ता हामीले दियौ । एकातिर वृद्ध भत्ता दिने अर्का तिर तिनका सन्तानलाई विदेश पठाई रहने । रोजगारीका अवसर यही सिर्जना गर्छौ बृद्धभत्ता दिनपर्ने अवस्थापनि अन्त्य गर्छौ भन्ने दिन कहिले आउँछ तपाइहरूको ?

एकदमै राम्रो कुरा उठाउनुभयो । अब गरेको काम त भन्न पाउनु प¥यो नि । हामीले यो राम्रो कुरालाई हामीले ५१ साल बाट १०० रुपैयाँबाट सुरु ग¥यौ । बिचमा अरू धेरै प्रधानमन्त्री भए धेरै पार्टीको सरकार पनि बन्यो । तर राम्रो कुरालाई त काट्न सकेनन नित । एउटा वृद्ध बा आमालाई सम्मान गर्नु भनेको हाम्रो नेपाली कल्चरमा सन्तानले माया गर्नु भनेको राम्रो कुरा हो । सायद मलाई लाग्छ हाम्रो यो कल्चरलाई अरू देशले पनि कपि गरिरहेको छ । त्यस कारणले जहाँसम्म तपाईले युवा रोजगारको कुरा गर्नु भो त्यसका लागि हामीले उद्योग कलकारखाना नेपालमै स्वदेशमै स्थापना गरेर बढीभन्दा रोजगारी सिर्जना गर्नका लागि तपाईलाई थाहा छ, केपी शर्मा ओली प्रधानमन्त्री हुँदा खेरी हामीले दैजीको छेलामा उद्घाटन ग¥यौ । अब विशेष आर्थिक क्षेत्र हामीले त्यसको पूरा भैसकेको छ लालपुरमा र डुडेझारीको औद्योगिक रूपमा अन्तिम चरणमा छ सायद त्यहाँ विवाद नभएको भए त्यो पनि कम्प्लिट भैसकेको हुन्थ्यो । एक सप्ताहमा मेची देखि महाकालीसम्म सुरुवात हामीले दैजीको छेलाबाट गर्‍यौ । र देशभरिमा आठ ओटा ठाउँमा औद्योगिक क्षेत्र विशेष आर्थिक क्षेत्रको स्थापना गर्‍यौ र त्यसको माध्यमाबाट हामी दावाका साथ भन्छौ दैजी छेलामा तिस हजार व्यक्तिले रोजगार पाउनेछन् । त्यो स्थापना भइसक्यो । त्यो सम्पन्न भएपछि उद्योगहरू स्थापना हुन्छन् औद्योगिक क्षेत्र स्थापना भयो भने सयौँ उद्योगहरू खुल्छन् र त्यहाँ रोजगार पाउनेछन् । यो धारणा नेकपा एमालेको हो । तर तपाईहरूलाई थाहा छ नेपालका १६ वटा उद्योगहरू जो राजा शासनकालमा पञ्चायतकालमा स्थापना भएका थिए । चुरोट कारखाना, चिनीकारखाना, छाला जुत्ता उद्योगहरू नेपाली काँग्रेसको सरकारले मिलेमतोमा बेचेर आज मुलुकमा यो बेरोजगारीको समस्या भयो । हो हामी के भन्छौ भने तपाइले जुन कुरा राख्नु भयो त्यसमा हामी संवेदनशील छौ कि युवामा भएको सिर्जना, सिप, र योग्यतालाई नेपालमै खर्च गर्न चाहान्छौ । तर कहाँ खर्च गर्ने उद्योग खै कलकारखाना खै कहाँ रोजगारी दिने त्यो रोजगारी सिर्जनाका लागि नेकपा एमालेले आठ ओटा उद्योग स्थापना गरेको छ ।

  • एकातिर सत्ता गठबन्धन छ पाँच दलीय अर्केतिर नेकपा एमाले एमालेतिर पनि राप्रपा लगायतका दलहरू छन । यो चुनाव तपाईहरूका लागि कत्तिको चुनौतीपूर्ण छ । झण्डै दुईतिहाई बहुमत गुमाएर संसद् र सरकारको त्यो उपस्थिति गुमाएर तपाईहरू प्रतिपक्षमा अहिले चुनाव लड्दै हुनुहुन्छ ?

यो कै नभएको जात्रा हाणिगाँउमा भन्छन हरेक ठाउँमा जनताले पनि सत्तापक्षकै विरोध गर्छ सरकारको विरोध गर्छ । तर यो ठ्याक्कै उल्टो छ यहाँ सत्तापक्ष एक्लो लड्न नसकेर प्रतिपक्षसँग तालमेलको नाममा गठबन्धन गर्छ । यस्तो गठबन्धन जो कति वर्षका लागि भनेर पनि उँहाहरु बोल्दै हिँडिरहनुभएको छ । किन भने अब जनताले बुझिसक्नु भएको छ । यो गठबन्धन के का लागि भन्दा खेरी राष्ट्र र राष्ट्रियता रहेनछ भन्ने कुरा जनताले घाम जस्तै छर्लङ्ग बुझेका छन् ।

  • यस अघि तपाइले झण्डै ५ हजार मतान्तरले चुनाव जित्नुभयो । तर यस पटक सत्ता गठबन्धन हिजो तपाईको नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर चुनाव लडेका थिए । त्यति खेर माधव नेपाल झलनाथ खनालसँगै हुनुहुँथ्यौ अहिले नेकपा एमालेसँग न माधव नेपाल छन र न झलनाथ खनाल । कतिको कठिन छ ?

त्यो पहिलो कुरा त मुलुकको विकास र समृद्धि हो । नेपाली जनताका मुर्छित साकार पार्ने सपनाहरू नेकपा एमालेसँग छन् र केपी ओलीसँग छन । त्यो सपनाहरू ती योजनाहरू र त्यो क्षमताहरू यो माधव नेपालमा थिएन । अनि झलनाथमा पनि थिएन । अरू प्रधानमन्त्री हुँदा पनि गर्नुपथ्र्यो तर उहाँले सक्नुभएन । नेकपा एमालेलाई भोट नेपाली जनताले पहिले पनि दिएका हुन र अहिले पनि दिनेछन । त्यो माधवको अनुहार हेरेर कुनै झलनाथको अनुहार हेरेर कुनै जनताले भोट दिएका हैनन । नेकपा एमालेको घोषणा पत्र नेकपा एमालेको योजना र नेकपा एमालेका एउटा मुलुक निर्माण भिजन छ दृष्टिकोण छ लक्ष गन्तव्य छ त्यो स्पष्ट भएका कारण नेपाली जनताले नेकपा एमालेलाई भोट दिएका हुन र आगामी दिनमा पनि दिनेछन भन्ने आसामा रहेका छौँ । अनि पार्टीमा हेर्नुहोस कुनै व्यक्ति आउँछन जान्छन एकै व्यक्ति सधैँ रहँदैनन तर पार्टी त रहिरहन्छ नि संस्था त रहिरहन्छन र यो संस्थाले बोकेको नेकपा एमालेले बोकेको मुलुकको जुन विकासको एजेण्डाहरु छन् तपाईँहरू जस्तै धेरैले खिल्ली उडाए केपी शर्मा ओलीले रेल चढेर यात्रा गरेर देखाउनुभयो ।

  • रेल र पानी जहाजले त तपाईको केपी ओलीलाई अझै पनि जिस्काई रहन्छन त ?

सपना देख्नु अपराध हो र ? सपना त देख्न पाइन्छ नि । म मेरो नेपाल लाई यसरी बनाउँछु स्वीजरल्याण्ड बनाउने लिक्वाईनले जुन सपना देख्नु भएको थियो आखिर बनाउनु भयो नि सपना देख्नु कुनै अपराध हैन के । त्यही भएर जसले सपना देख्छ त्यसले एक दिन पक्कै पूरा गरेर नै छोड्छ । सपना नै नदेख्ने ले के पूरा गर्छ त त्यसैले नेकपा एमालेसँग सपना छ । हामीसँग सपना छ त्यसैले नेपाली जनताले हामीलाई विश्वास गर्छ । त्यही भएर यस पटक पनि नेकपा एमालेको बहुमतको सरकार बन्नेछ । हामीलाई आशा छ ।

  • नेकपा एमाले विभाजन भएको छ हिजोको त्यो शक्ति नेकपा एमालेसँग छैन त्यो त तपाईले पनि स्वीकार गरिसक्नु भएको छ । अहिले पनि तपाईकै साथीहरू तपाईकै सहकर्मी कमरेडहरू असन्तुष्ट छन् यहाँहरूलाई कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?

पहिलो कुरा त यो आरोपहरू सरासर गलत हुन । कुनै पनि नेताको टिकट खोसिएको हैन । यस पटकको रमाइलो कुरा के छ भने कुनै पनि हाम्रो पार्टीको सल्लाह भन्दा बाहिर छैनन् । पार्टीको निर्णयलाई सबैले पालना गरेर हिँडेका छन । एक जना पार्टी छोडेर गइसकेका व्यक्तिले विज्ञप्ति निकालेका छन । तपाईले उहाँको कुरा जोड्नुभयो यज्ञराज बास्तोला । उहाँलाई म अहिले पनि सम्मान गर्न चाहन्छु । उहाँले त्यस्तो गर्नु हुँदैन थियो किनभने उहाँको नाममा टिकट आएको थिएन यहाँ बाहिर जुन तपाईले दुई कुरा उठाउनुभयो टिकट खोसियो कैलालीको मात्रै होइन यस पटक सुदूरपश्चिम प्रदेशका १६ ओटा सङ्घीय निर्वाचन क्षेत्र र ३२ वटा प्रदेश सभा निर्वाचन क्षेत्रको प्रत्यक्षको टिकट काठमाडौँबाट कम्प्युटरराईज भएर लेखेर त्यहीबाट टिकट आएको हो । जहाँसम्म फेसबुकका कुराहरू अनलाइनका कुराहरू कुनै मिडियाले लेखिदियो फलानोले ग¥यो यो लेखाउने चलन पनि रहेछ । यही सुदूरपश्चिमको एक जना नेताले यति गते शपथग्रहण गर्दै भन्ने न्युज पनि कति पटक आयो नेकपा एमालेको आधिकारिक डिल नभएर कुनै मिडियाले लेख्यौ लेखेको कुरा बजारमा आयौ र त्यही कुरालाई कतिपय साथीहरुले साँचो आधार मानेर फेसबुकमा फोटो राखेर बधाई दिए । तर निर्णय भएका थिएन । पार्टीको निर्णय दोस्रो दिन आयो त्यो पार्टीको निर्णय खाममा आएका थियो ।

  • तर बास्तोलाले पत्याउन्न नि उहाँ त मेरो टिकट खोसियो भन्नेमा नै छन नि ?

अब बास्तोला जीले पार्टीको कुरा पत्याउने की त्यो अनलाइन फेसबुकमा लेखेको कुरा पत्याउने भन्ने हो । बास्तोला जस्तो इतिहास बोकेको मान्छेले यस्तो गर्लान भन्ने यसो हुन्छ भन्ने मैलै कल्पना समेत गरेको थिएन । अझ उहाँले के गर्नुभयो भने यदि उहाँको चित्त बुझेका थिएन भने पार्टीमा असन्तुष्टि राख्न सक्नुहुन्थ्यो । आखिर एमाले पार्टी न हो पार्टी भित्र बहस हुन्छ, छलफल हुन्छ, झगडा हुन्छ । तर फेसबुकमा गएर लेख्ने अनि उहाँले अर्को के गर्नु भयो भने रमेश बस्नेतको कार्यकर्ता बन्नुभयो एउटा इतिहास बोकेको मान्छेले उम्मेदवारी दिएको भए त ठिकै थियौ । उहाँको समर्थन गर्नुभयो । उहाँकै कार्यकर्ता बन्नुभयो अनि मलाई के लाग्यो भने बास्तोला जी नेकपा एमालेको एउटा बाल्यकाल देखिनै इतिहास बोकेको नेताले यस्तो पनि गर्छन भन्ने लाग्यो ।

  • त्यही कारण त अहिले हनुमान चौधरी पनि तपाईसँग हुनुहुन्न नि ?

हैन हनुमान चौधरी त अहिले हामी सँगै छन उहाँ निराश भएर उता के के दिन्छु भनेर समाजवादीमा लागे उहाँले अस्ति हामीसँग फोनमा कुरा गर्नुभएको थियौ । म अहिले कहिछैन यता पनि छैन उता पनि छैन भन्नुभयो उहाँले बाटो बिराउनु भयो यदि उहाँले बाटो नबिराएको भए अहिले नेकपा एमालेको राम्रो पोष्टमा पुगिसक्नु हुन्थ्यौ तर उहाँले बाटो बिराएर गलत गर्नुभयो ।

  • त्यसो भए राष्ट्र र राष्ट्रियताको लागि सपोर्ट गर्ने सबै तपाईको पार्टीमा सामेल हुने तर राष्ट्र र राष्ट्रियता कै सवालमा सबैभन्दा चर्को बोल्ने भीम रावल एकल सिफारिस हुँदा पनि टिकट नपाउने अवस्था हुन्छ त ?

यो भीम रावलको कुरा गर्दा खेरी उहाँको यो राष्ट्रियता भन्ने कुरा व्यवहारमा पनि देखिनुपर्छ र एउटा कुरा के बिर्सिनु हुँदैन भने हामी बहुदलिय व्यवस्थामा छौ र संसदीय व्यवस्थामा छौँ र संसदीय व्यवस्थामा दल पहिलो हुन्छ । दलले बोकेको निर्णयलाई गाइड गरेर दलका सांसदले वकालत गर्नुपर्छ । र उहाँले बिचमा अलिअलि दलले खेल्नुपर्ने भूमिकालाई व्यक्तिगत भूमिका बनाउनुभयो त्यो अति राष्ट्रवाद हुँदैन । सिङ्गो राष्ट्रलाई लिड गर्ने राष्ट्रवादी हुनुपर्छ । अहिले तपाईँहरूले देख्नुभयो स्वतन्त्रहरूको चर्चा धेरै देख्नुभयो । स्वतन्त्रले सरकार बनाउने कुरा नेपालको संविधानको कुनै पनि कल्पना गरेका छैनौँ यो कुनै पालिकाको निर्वाचन हैन पालिकाको प्रमुखमा जित्यो भने पालिकाको सरकारको प्रमुख बन्ला आफ्नो वडा भित्र रहेर काम गर्ला तर नेपालको संविधान भित्र दलको विकल्प दल मात्रै हुन्छ र लोकतन्त्रमा दलीय निर्वाचन स्वतन्त्रलाई खुल्ला किन गरिएको हो भने कहिले काँहि व्यक्तिहरू स्वतन्त्र पनि हुन सक्छन । लोकतन्त्रमा भनेर यो अपसन खुल्ला गरेर राखियो तर स्वतन्त्रले सरकार बनाउने कुरा नेपालको संविधानले कल्पना पनि गरेको छैन । र स्वतन्त्रले सरकार पनि निर्माण गर्न सक्दैनन् ।

  • त्यसो भए स्वतन्त्र पार्टीको कुनै काम छैन हैन त ?

सही हो के काम छ यहाँ स्वतन्त्र पार्टीको न स्वतन्त्र पार्टीको सरकार बन्छ । न नेपाल सरकारलाई चाहिने बजेट ल्याउन सक्छ । त्यसका व्यक्ति राष्ट्रवादी भएर के गर्ने संस्था राष्ट्रवादी हुनु पर्‍यो नि ।

जनाअवजको टिप्पणीहरू