थारु राष्ट्रिय दैनिक
भाषा, संस्कृति ओ समाचारमूलक पत्रिका
[ थारु सम्बत ३० बैशाख २६४९, मंगर ]
[ वि.सं ३० बैशाख २०८२, मंगलवार ]
[ 13 May 2025, Tuesday ]

कैलारीले गर्‍यो नीति तथा कार्यक्रम र बजेट अनुमोदन

पहुरा | ११ असार २०८१, मंगलवार
कैलारीले गर्‍यो नीति तथा कार्यक्रम र बजेट अनुमोदन

पहुरा समाचारदाता
धनगढी, ११ असार ।
कैलारी गाउँपालिकाले आर्थिक २०८१/०८२ सालका लागि ल्याइएको नीति तथा कार्यक्रम र बजेट अनुमोदन गरेको छ ।

मंगलबार गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा बसेको बैठकबाट आर्थिक बर्ष २०८०/८१ सालको गाउँसभा अधिवेशन (बर्षे/बजेट अधिवेशन)को दोस्रो बैठकबाट नीति तथा कार्यक्रम र बजेट अनुमोदन गरिएको हो । त्यसैगरी आर्थिक बर्षको जेष्ठ मसान्तसम्मको आयव्यय, कार्यपालिकाबाट भए गरेको निर्णयहरु ऐन, नियम निर्देशिका, कार्यविधि निर्माणको अधिकार कार्यपालिका प्रत्यायोजन अनुमोदन गरिएको छ ।

सभाले स्वीकृत बजेट, तथा कार्यक्रममा सम्बोधन गर्ने अधिकार कार्यपालिका प्रत्यायोजन, राजश्व परामर्श समितिले निर्धारण गरेका करका दर तथा दायरा लागु गर्ने, निर्माण सम्पन्न योजनाको जाँचपास तथा फरफारक गर्ने अनुमोदन गरिएको छ ।
संघीय तथा प्रदेश सरकारमा योजना माग, संघीय तथा प्रदेश सरकार र विकास साझेदारसँग समन्वय,लेखा परिक्षण प्रतिवेदन गाउँसभाका सम्पूर्ण सदस्यहरुले अनुमोदन गरेका छन ।

गाउँसभाको शुन्य समय र विशेष समयमा गाउँसभाका सदस्यहरु तुल्सी प्रसाद चौधरी, विजय चौधरी, लक्ष्मी चौधरी र हरिद्वारी चौधरीले नीति तथा कार्यक्रम र बजेटलाई कार्यान्वयनमा लग्नुपर्नेमा जोड दिएका थिए । उहाँहरुले बाटोघाटोको निर्माणका जिम्मेवारी लिएका र ढिलाई गर्ने, काम नगरी फरार रहेका ठेकेदारहरुलाई कडाई गर्नुपर्ने, कृषि क्षेत्रलाई महत्व दिन कृषि विद्युतीकरण गर्नु पर्ने कुरा पनि उठाएका थिए ।

सभाका सदस्यहरुले उठाएका विषयवस्तु माथि सभा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले सम्बोधन गर्दै जनासँग समन्वय गरि अगाडी बढनु बताउनु भयो । गाउँसभाको दोस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी, गाउँसभाका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशी, विभिन्न शाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

कैलारी गाउँपालिकाले आर्थिक बर्ष २०८१÷०८२ को लागि ७७ करोड २१ लाख १२ हजारको बजेट ल्याएको छ ।

जनाअवजको टिप्पणीहरू