थारु राष्ट्रिय दैनिक
भाषा, संस्कृति ओ समाचारमूलक पत्रिका
[ थारु सम्बत २५ कुँवार २६४९, शनिच्चर ]
[ वि.सं २५ आश्विन २०८२, शनिबार ]
[ 11 Oct 2025, Saturday ]

बेलौरी नगरपालिका र जेनजी : माग, भ्रम, सत्यता र सबैलाई प्रश्न

पहुरा | २५ आश्विन २०८२, शनिबार
बेलौरी नगरपालिका र जेनजी : माग, भ्रम, सत्यता र सबैलाई प्रश्न

हालै नेपालमा २०८२ भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका बारेमा सम्पूर्णसबै लाई सर्बबिधितै छ । यसै आन्दोलन बाट बेलौरी नगरपालिका समेत अछुतो रहन सकेन  । मेरो बुझाईमा जेनजी समूहको थुप्रै माग मध्ये प्रमुख दुई वटा माग रहेको पाएको छु र सो दुईवटा अजेण्डाको भ्रम र वास्तविकत़ा केलाउन खोजेको छु ।

बाटो को बिषय

  • जेनजीको माग

बेलौरीमा भएको सबै सडक पिच हुनुपर्छ, हुलाकी सडक खण्ड अन्तर्गत कालो पुल पचुई, महाकाली स्कूल र संबिधान चोक बीचको सडक खण्ड आदि किन बनेन ??? ढल किन भएन ??

  • भ्रम

हुलाकी सडक खण्ड अन्तर्गत कालो पुल पचुई, महाकाली स्कूल र संबिधान चोक बीचको सडक खण्ड आदि नगरपालिकाले गरेन  .

  • वास्तविकता
  • धनगढी देखि दैजी सम्मको हुलाकी सडक हुलाकी राजमार्ग आयोजना कार्यालयले तिन ओटा प्याकेजमा बिभाजन गरि ठेक्का लगाएको हो । सो आयोजना कार्यन्वयन गर्ने जिम्मा सम्बन्धित कार्यालयलाई मात्र रहन्छ । यो योजना हाल सम्म बिबिध कारणले निर्माण सम्पन्न भएको छैन ।
  • बेलौरीको कालोपुल र पचुई बीचको सडक खण्डमा भारतीय पक्ष बाट अबरोध भएको हो र सोको समाधान परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय बाट हुनु पर्दछ । स्थानिय सरकार, राजनीतिक दल, नागरिक समाजले हाम्रो सडक चाडो बनाई दिन पर्यो भनि सम्बन्धित कार्यालयल संग समन्वय गर्न सक्दछन् । सो कार्यका लागि नगरपालिकाले पटक पटक सम्बन्धित कार्यालय, मन्त्रालयमा पत्राचार गरेको पत्रको नक्कल पालिकाको प्राविधिक फाटमा रहेको जानकारी फाट प्रमुखले जानकारी दिनुभएको छ ।
  • नगरपालिकामा भएको ढल सम्बन्धि काम संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, कंचनपुरले कार्यन्वयन गरिरहेको छ र सो आयोजना कार्यन्वयन गर्ने जिम्मा सम्बन्धित कार्यालयलाई मात्र रहन्छ  । सोकार्य निर्माण ब्यबसायीले समयमा सम्पन्न नगरेको हुदा सो कार्य गर्न भए यथासिघ्र गराउन हुन, नगर्ने भए सम्झौता रद्द गर्न पहाल गर्न भनि सम्बन्धित कार्यालयमा पत्राचार गरेको पत्रको नक्कल पालिकाको प्राविधिक फाटमा रहेको जानकारी फाट प्रमुख बाट जानकारी आएको छ सो पत्र कार्यालय समयमा पालिकामा गएर जुनसुकै बेला हेर्न सकिने छ ।
  • प्रश्न
  • के परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय बाट हुने काम पालिकाले गर्न सक्छ ? के हामी बेलौरी बासिले परराष्ट्र मन्त्रालय, प्रदेश संसद, संघिय संसद लाई सो सडकका लागि पहल गर्न ताकेता गर्यो ?
  • के सिमित पुंजीगत बजेटले एकै चोटीमा विकास सम्भव छ ? Priority बेसीसमा पुंजीगत खर्च हुन्छ भन्ने कुरा कैले सिक्ने हामी ले?
  • चालु रहेका योजनामा पालिकालाई काम गर्ने अधिकार हुदैन . यस्तो गर्दा  budget overlap/Budget duplication  हुन्छ र म.ले.प प्रतिबेदनमा बेरुजु आउने गर्दछ . कानुनी राज्यमा जानी जानी budget overlap/Budget duplication गराएर कर्मचारीले जबरजस्ती मुद्दा खेप्न चाहन्छ र ? के कर्मचारीले नियम अनुसार काम गर्न पाउनु पर्दैन र ?

करारका कर्मचारीको बिषय

  • जेनजी

बेलौरी नगरपालिकामा भएका करारमा भएका कर्मचारी हटाउनु पर्छ . नियम बिपरित नियुक्ति दिएका लाई हटाउनु पर्छ ।

  • भ्रम

पालिकामा कार्यरत कर्मचारी सबै मेयरका, जनप्रतिनिधिका आफन्त हुन ।

  • वास्तविकता

हालै नेपालको अन्तरिम सरकारले गरेको पत्राचार अनुसार स्वीकृत दरबन्दी बाहेकका करारका कर्मचारीहरु लाई हटाउने बिषय सर्बबिधितै छ । सरकारले जारी पत्र अनुसार बेलौरी नगरपालिकाले पनि स्वीकृत दरबन्दी बाहेकका कर्मचारीहरु हटाउनु पर्दछ ।

  • यदि बेलौरी नगरपालिकाले स्वीकृत दरबन्दी बाहेकका कर्मचारीहरु हटाएन भने सरकारले संघिय अनुदान कटौती गर्दछ । अटेरी गरि पालिकाले तलब भत्ता खुवाएको खण्डमा महालेखापरीक्षकको प्रतिबेदनमा बेरुजु आउदछ र सो बेरुजु नेपाल सरकारले सम्बन्धित कर्मचारीहरु बाट असुल उपर गर्दछ ।
  • भर्ना प्रक्रिया नमिलेका कर्मचारीहरुलाई हटाउनु पर्छ तथा सोहि दरबन्दीमा लोकसेवा आयोग बाट वा सम्पूर्ण प्रक्रिया अनुसार कर्मचारी भर्ना गर्नु पर्दछ ।
  • कर्मचारी भर्ना सम्बन्धि कुनै असन्तुष्टि भएमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने ब्यबस्था रहेको छ । अ.दु.अ.आ. मा उजुरी गर्न इमेल, फोन, पत्राचार सबै मध्यम बाट गर्न सकिन्छ ।
  • प्रश्न
  • नेपाल सरकारले स्वीकृत दरबन्दी बाहेकका करारका कर्मचारीहरु लाई हटाउने बिषयमा पत्राचार गरिसक्दा के जेनजी र समर्थकहरुले पुनः ताकेता गरि राख्न आबश्यक छ ? के ७५३ स्थानिय तह मध्ये बेलौरीमा मात्र करारका कर्मचारी छन् ?
  • के नियम बिपरित नियुक्ति भएको छ भने हामी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्ने सक्दैनौ र ?
  • के सेवाग्राहीलाई पालिकाबाट सेवा लिने अधिकार छैन र ? के आन्दोलनले गर्दा सेवा प्रबाह रोकिएको जानकारी छ ?

अन्तमा दैनिकी भईरहेको आन्दोलनबाट सम्पूर्ण सेवाग्राहीहरु लाई मार्का परिरहेको सर्बबिधितै छ त्यसैले जेन्जी समुह र पालिकाबीच  निस्कर्ष मुलक बार्ता गर्नुको बिकल्प छैन . सबै पक्षले सम्पूर्ण बेलौरी बासीको हितमा रहेर काम गर्नुहोस । सबैको जय होस् । 

ई. हिक्मतबहादुर चौधरी

जनाअवजको टिप्पणीहरू