थारु राष्ट्रिय दैनिक
भाषा, संस्कृति ओ समाचारमूलक पत्रिका
[ थारु सम्बत २८ सावन २६४६, शनिच्चर ]
[ वि.सं २८ श्रावण २०७९, शनिबार ]
[ 13 Aug 2022, Saturday ]

लकडाउनको अवज्ञा गर्दै पुनर्वासमा प्रदर्शन

पहुरा | १९ बैशाख २०७७, शुक्रबार
लकडाउनको अवज्ञा गर्दै पुनर्वासमा प्रदर्शन

धनगढी, १९ बैशाख । जारी लकडाउनको अवज्ञा गर्दै कञ्चनपुर जिल्लाको पुनर्वास क्षेत्रमा प्रर्दशन भएको छ ।

नेपाल भारत सीमा क्षेत्रबाट फिर्ता गराइएका नेपाली नागरिकलाई स्वदेश आउन दिनु पर्ने भन्दै शुक्रबार पुनर्वास नगरपालिका ९ स्थित बिचफाँटाका स्थानीयले प्रदर्शन गरेका हुन् ।
स्थानीयहरुले प्रदर्शन गर्नुका साथै वडा अध्यक्ष नारायण प्रसाद जैशीलाई घेराउ समेत गरेको स्थानीय पत्रकार दिपेन्द्र बस्नेतले जानकारी दिए ।

बिहिबार भारतको गुजरातबाट नेपाल फर्कन लागेका २ नाबालक सहित ७ जनालाई प्रहरीले सीमाबाटै फिर्ता पठाएपछि उनका आफन्तसहितका स्थानीयले गाउँ फर्कन दिनु पर्ने भन्दै प्रदर्शनमा उत्रेका हुन् ।
झन्डै डेढ घन्टा वडा अध्यक्षलाई घेरेका प्रदर्शनकारीसहितको स्थानीयहरुको भिडलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले तितरबितर पारेको थियो ।

सरकारले सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरी सीमा क्षेत्रमा कडाइ गरेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सूचना अधिकारी कृष्णनन्द जोशीले सीमा क्षेत्रमा कडाइ गरिएको बताउँदै भारतबाट फर्किएकाहरुवारे आफुहरुलाई जानकारी नभएको जनाए ।

जनाअवजको टिप्पणीहरू