शुक्रवार थप २ जनामा कोभिड १९ पुष्टि, नेपालमा संक्रमितको संख्या ५९
पहुरा |
१९ बैशाख २०७७, शुक्रबार
धनगढी, १९ वैशाख ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप २ जनामा कोभिड १९ को संक्रमण देखिएको पुष्टि गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले शुक्रवार एक विज्ञप्ति जारी गर्दै रुपन्देहीनिवासी २५ वर्षीय पुरुष र नेपालगंजनिवासी ६० वर्षीय पुरुषमा नयाँ संक्रमण भेटिएको बताएका छन् ।
सह प्रवक्ता डाक्टर अधिकारीले दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको जनाएका छन् ।

