थारु राष्ट्रिय दैनिक
भाषा, संस्कृति ओ समाचारमूलक पत्रिका
[ थारु सम्बत ११ बैशाख २६४८, मंगर ]
[ वि.सं ११ बैशाख २०८१, मंगलवार ]
[ 23 Apr 2024, Tuesday ]

‘म्युजिक चबुत्रा’ मा थारू कलाकार

पहुरा | २९ बैशाख २०७७, सोमबार
‘म्युजिक चबुत्रा’ मा थारू कलाकार

काठमाडौं : लकडाउनका कारण भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम गर्ने क्रम जारी छ। यही क्रममा जह इन्टरटेनमेन्टले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सम्पूर्ण थारू कलाकारहरूको संघर्षको कथा सुनाउने फेसबुक लाइभ कार्यक्रम सुरु गरेको छ।

‘म्युजिक चबुत्रा’ नाम दिइएको यस कार्यक्रममा नयाँ नयाँ प्रतिभालाई पनि प्लेटफर्म दिने आयोजकले जानकारी गराएका छन्। चबुत्रा भनेको पूर्वीया थारू भाषामा ‘चौतारी’ हो। यसमा गैरथारू कलाकारलाई पनि अतिथिको रूपमा आमन्त्रण गर्ने गरिएको छ। कार्यक्रम प्रत्येक दिन साँझ ४ बजे गरिन्छ।

यसै क्रममा शनिबार ‘म्युजिकल चबुत्रा’ मा थारू गायिका तथा मोडेल श्रीदेवी थारूले लाइभ आएकी थिइन्। लाइभमा उनले आफ्नो सांगीतिक यात्राबारे चर्चा गरिन्। कार्यक्रममा उनले आफ्नै स्वर तथा मोडलिङ रहेको ‘डारु बियर रम, चवन्नी मुस्की, यी जीउ ज्यान क्याकर लाग हो’ लगायतका थारू गीतसँगै हिन्दी गीतसमेत पस्केकी थिइन्।

त्योभन्दा पहिले चबुत्रामा सीमा संग्रौला, नवराज श्रेष्ठ, माइला घले, कृष्ण खवास, सांगे थारू नयाँ प्रतिभा डीजे सलेश, बाँसुरीवादक प्रमोद आदिले प्रस्तुति दिइसकेका छन्। जह इन्टरटेनमेन्टले यो कार्यक्रमको अतिरिक्त अनलाइन हाजिरी जवाफ प्रतियोगिता पनि गर्दै आएको छ।

जह इन्टरटेनमेन्टको प्रस्तुतिमा रहेको म्युजिकल चबुत्रालाई याक इभेन्ट्स, याक साउन्ड यास्ड, सचन फोटोग्राफी, डुम्रन लज एन्ड बार, तराई नेपाल, हामी थारू र थरुहटको सहकार्य रहेको छ। लकडाउनसम्म यो कार्यक्रम जारी रहनेछ। जह इन्टरटेनमेन्टले ‘मिस एन्ड मिस्टर थारू’ पहिलो र दोस्रो संस्करणसमेत आयोजना गरिसकेको छ। हालै तीनदिने भर्चुअल ई लिटरेचर फेस्टिभल गराएको ख्याल बगालले पनि भर्चुअल थारू म्युजिक फेस्टिभलको तयारी गरिरहेको ख्याल बगालका अध्यक्ष प्रनव आकाशले जनाए। अन्नपूर्णबाट

जनाअवजको टिप्पणीहरू