थारु राष्ट्रिय दैनिक
भाषा, संस्कृति ओ समाचारमूलक पत्रिका
[ थारु सम्बत ०८ माघ २६४८, मंगर ]
[ वि.सं ८ माघ २०८१, मंगलवार ]
[ 21 Jan 2025, Tuesday ]
‘ रुकुम चौरजहारी सामूहिक हत्याकाण्ड ’

संयुक्त दलित संघर्ष समितिद्वारा दोषीलाई कार्वाही र पीडितलाई न्यायका लागि ज्ञापन पत्र

पहुरा समाचारदाता | २७ जेष्ठ २०७७, मंगलवार

हसुलिया, २७ जेठ । रुकुम पश्चिम चौरजहारीमा नवराज विक लगायत ६ जनाको सामुहिक हत्याकाण्डका दोषीलाई कार्वाही गर्न र पीडितलाई न्यायका लागि सोमबार हसुलियामा विरोध र्याली निकालिएको छ ।
संयुक्त दलित संघर्ष समिति कैलारी गाउँपालिका हसुलियाद्वा निकालिएको विरोध र्याली पश्चात कोण सभा गर्दै गाउँपालिकाका अध्यक्ष लाजुुराम चौधरी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको छ ।
संघर्ष समितिका संयोजक दिपक सुनार चौरजहारीमा भएको नवराज विक, गणेश बुढामगर, सन्दीप विक, लोकेन्द्र सुनार, टीकाराम सुनार र गोविन्द शाही लगायतको सामूहिक हत्याकाण्डका दोषीलाई कार्वाही र पीडित पक्षलाई न्यायका लागि दवाव स्वरुप र्याली र ज्ञापन पत्र बुझाएको बताए ।
संयुक्त संघर्ष समितिद्वारा बुझाएको ज्ञापन पत्रमा रुकुम पश्चिम चौरजहारीमा नवराज विक लगायत ६ जनाको सामुहिक हत्याकाण्डका दोषीलाई कडा कानुनी कार्वाही, पीडितलाई न्याय, नवराज विक लगायत सबैजनालाई सांस्कृतिक शहिदको घोषणा, पीडित परिवारहरुको उचित क्षतिपुुर्ति सहित शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी, जातीय छुवाछुटको अन्त्य, सामाजिक न्याय र मानव अधिकारको ग्यारेन्टी, उच्च स्तरीय दलित प्रतिनिधी सहितको संसदीय समिति गठन गरि सत्यतथ्य छानविनको माग लगायत रहेको छ ।
त्यस्तै सुदूरपश्चिम लगायत देशभर जातीय विभेद र विभत्स हत्या हिंसाका घटना बन्द गर्न, शान्ति सुरक्षा र सामाजिक सदभाव कायम गर्न र बाँच्न पाउने अधिकार सुनिश्चित गर्न माग सहित ज्ञापन पत्र बुझाइएको छ ।
यता सङ्घीय संसद्ले रुकुम (पश्चिम)को चौरजहारी नगरपालिकाको सोतीमा भएको घटनाको छानबिन गर्न सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले यही जेठ १० गते भएको सोती घटनाको सत्यतथ्य छानबिनका लागि ‘चौरजहारी नगरपालिका सोती घटना छानबिन संसदीय विशेष समिति’ गठन गरिएको जानकारी दिए । समितिको समयावधि ३० दिनको तोकिएको छ ।
समितिका सदस्यमा सांसद एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी बिसुङ्खे, प्रकाश रसाइली’, विमला विक, महेश्वरराज गहत, मीनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव छन् ।

जनाअवजको टिप्पणीहरू