थारु राष्ट्रिय दैनिक
भाषा, संस्कृति ओ समाचारमूलक पत्रिका
[ थारु सम्बत ३० कुँवार २६४८, बुध ]
[ वि.सं ३० आश्विन २०८१, बुधबार ]
[ 16 Oct 2024, Wednesday ]

कैलारी गाउँपालिकाको नीति, कार्यक्रम र बजेट पारित

पहुरा | १३ असार २०७७, शनिबार
कैलारी गाउँपालिकाको नीति, कार्यक्रम र बजेट पारित

पहुरा समाचारदाता
हसुलिया, १३ असार ।
कैलारी गाउँपालिकाको आर्थिक वर्ष २०७७र०७८ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतले पारित भएको छ ।

शुक्रबार बसेको गाउँ सभा बैठकले आगामी आर्थिक वर्षको लागि सभामा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको हो । गाउँ सभाको छैटौं अधिवेशन उदघाटनसत्रमा गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले स्वास्थ्य, कृषि, रोजगारी र शिक्षालाई विशेष जोडसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

यसैगरी, गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौवाले ५० करोड ९५ लाख ६६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी थिइन ।

गाउँ सभा बैठकमा छ्लफलपछि नीति तथा कार्यक्रम र बजेटलाई सर्वसम्मतिले पारित गरेको गाउँपालिकाका प्रवक्ता कमलप्रसाद चौधरीले जानकारी दिए ।

बैठकमा गाउँ सभा सदस्य, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशी, सामाजिक विकास शाखा अधिकृत एवम सूचना अधिकारी यगम कलेलसहित अन्य शाखाका कर्मचारीको सहभागिता रहेको थियो ।

जनाअवजको टिप्पणीहरू