आइसोलेसनमा राखिएकाहरुको लागि खाद्यान्न सहयोग
पहुरा समाचारदाता
हसुलिया, १३ असार । सामाजिक विकासका लागि सचेत समाज ९सीएसएसडी० धनगढीले कैलारी गाउँपालिकास्थित क्वारेन्टाइन र आइसोलेसनमा राखिएका व्यक्तिहरुको लागि खाद्यान्न सहयोग गरेको छ ।
विपद्को बेला उनीहरूलाई समस्या नहोस भनेर खाद्यान्न सहयोग गरिएको हो । सो संस्थाका प्रेम चौधरीले गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौवालाई खाद्यान्न सामग्री हस्तान्तरण गरे । सीएसएसडीले चामल ४६२ किलोग्राम, दाल ७२ केजी, आलु पाँच क्वीन्टल, खाने तेल ३९ लिटर सहयोग गरेको छ ।
यसैगरी, अण्डा ९७८ वटा, बच्चाको खानेकुरा लगायतका खाद्य सामग्री सहयोग गरेको गाउँपालिकाका आइटी कर्माचारी रविन्द्रकुमार चौधरीले जानकारी दिए । सहयोग हस्तान्तरणको क्रममा स्वास्थ्य शाखा प्रमुख विरेन्द्र सापकोटा, योजना शाखा प्रमुख सन्तोषकुमार चौधरी लगायतको उपस्थिति रहेको थियो ।
क्वारेन्टाइन व्यवस्थापनका लागि स्वास्थ्य सामग्री सहयोग
हसुलिया, १३ असार । नेपाल रेडक्रस सोसाइटी कैलाली शाखा र मर्सिकोरको संयुक्त साझेदारीमा सन्चालित एम्रेड परियोजनाले कैलारी गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
गाउँपालिकामा रहेको क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापनका लागि परियोजनाले सहयोग गरेको हो । सो परियोजनाले मेट्रेस २०० मिटर, सेनिटाइजर १०० लिटर, झुल १०० थान सहयोग गरेको छ ।
यसैगरी, सेनेटरी प्याड, नुहाउने साबुन, लुगा धुने साबुन तीनरतीन सय थान सहयोग गरेको छ । रेडक्रसका प्रतिनिधि कालीदास जोशी र मर्सिकोरका प्रतिनिधिले गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौवालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे । सो क्रममा सामाजिक विकास शाखा प्रमुख यगम कलेल, योजना शाखा प्रमुख सन्तोषकुमार चौधरीको उपस्थिति रहेको थियो ।