महायज्ञको तेस्रो दिनः २५ लाख ३० हजार रूपैयाँ दान संकलन

पहुरा समाचारदाता
धनगढी, २५ माघ । मानवसेवा आश्रमले माघ २३ गतेदेखि धनगढीमा आयोजना गरेको महायज्ञमा शुक्रबार २५ लाख ३० हजार रूपैयाँ बराबरको दान संकलन भएको छ ।
मानवसेवा आश्रमले सुदूरपश्चिम प्रदेश स्तरीय भवन धनगढीमा निर्माण गर्ने उद्देश्यले आयोजना गरेको महायज्ञमा मनकारी दाताहरूले दान गर्ने क्रम जारी रहेको छ । शुक्रबार महायज्ञमा व्यक्तिगत तथा संस्थागत रूपमा दान गर्ने दाताहरूको उल्लेखनीय सहभागिता रहेको आयोजक समितिले जनाएको छ ।
कञ्चनपुरस्थित शुक्लाफाँटा नगरपालिकाले धनगढी शाखाको एक कोठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ प्रदान गर्ने भएको छ । त्यस्तै नगरपालिकाले यसै आर्थिक वर्षभित्र आश्रमको सेवा सहजताको लागि १ लाख रूपैयाँ दिने घोषणा गरेको छ । नगरपालिकाको तर्फबाट नगरप्रमुख रणबहादुर मल्ल र नगर उप(प्रमुख कल्पना जोशी पन्तले ७ लाख ५१ हजार १ सय १५ रूपैयाँ दिने प्रतिवद्धता गर्नुभएको हो ।
धनगढी उपमहानगरपालिका(४ निवासी समाजसेवीरव्यवसायी तथा महायज्ञ मूल आयोजक समितिका संयोजक मदन कुँवरका विदेशमा बस्ने छोराछोरीले स्वर्गीय हजुरबुवाको स्मृतिमा भवनको एक कोठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दान गर्नुभएको छ भने त्यस्तै धनगढी उपमहानगरपालिका(३ निवासी कल्पना थापाले पनि स्वर्गीय आमा ज्ञानु अधिकारीको स्मृतिमा भवनको एक कोठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दान गर्नुभएको हो ।
महायज्ञमा टीकापुर नगरपालिका( ६ कैलाली निवासी मोहनबहादुर शाहले आश्रमको अक्षयकोष सहयोगार्थ १ लाख २५ हजार रूपैयाँ र भवन निर्माणका निम्ति ११ हजार १ सय ११ रूपैयाँ योगदान गर्नुभएको छ । धनगढी उपमहानगरपालिका( १ निवासी सनराइज बोर्डिङ स्कूलको संरक्षक प्रिजा सापकोटाले भवन निर्माण सेवाका लागि महायज्ञमा १ लाख ११ हजार रूपैयाँ दान गर्नुभएको हो । धनगढी निवासी गजेन्द्रवीर चन्दले ५१ हजार रूपैयाँ, वीरबहादुर जेठाराले १० हजार ५ सय ५ रूपैयाँ, नवजीवन नर्सिङ कलेजले ५१ हजार १ सय ११ रूपैयाँ दान गर्नुभएको हो । धनगढी उपमहानगरपालिका(१, कैलालीस्थित नेपाल टेलिकम दूरसञ्चार कर्मचारी परिवारद्वारा भवन निर्माण सहयोगार्थको लागि सुखबहादुर मल्लसहितको टीमले १६ हजार १ सय ४० रूपैयाँ दान गर्नुभएको हो ।
त्यस्तै महायज्ञमा भवन निर्माण सेवाका लागि धनगढी निवासी सरस्वती धामी जोशीले ५ हजार १ सय ५ रूपैयाँ, धनगढी उपमहानगरपालिका(३ निवासी भीमदत्त पनेरूले ५ हजार १ सय १५ रूपैयाँ, धनगढी उपमहानगरपालिका(५ निवासी उषा जोशीले ५ हजार १ सय ५ रूपैयाँ, धनगढी उपमहानगरपालिका(२ निवासी टेकबहादुर रावतले ५ हजार ५ रूपैयाँ, धनगढी उपमहानगरपालिका(२ निवासी कुलबहादुर हमालले १५ हजार ५ सय ५५ रूपैयाँ, नवजीवन नर्सिङ कलेजले ५१ हजार १ सय ११ रूपैयाँ, श्यामलाल जोशीले ५ हजार ५ सय ५ रूपैयाँ, ध्रुवराज जोशीले ५ हजार १ सय रूपैयाँ, पुनित गुप्ताले ५ हजार १ सय १० रूपैयाँ, अर्जुनप्रसाद भट्टले ११ हजार १ रूपैयाँ, धनगढीस्थित देउडा संस्कृति संरक्षण प्रतिष्ठानले ८ हजार रूपैयाँ योगदान गरेको छ ।
महायज्ञमा भोलि वरिष्ठ पत्रकार राजेन्द्र बानियाँको समेत प्रस्तुति रहने आश्रमले जनाएको छ ।माघ २३ गतेदेखि सुरू भएको महायज्ञ पशुपति टोलमा ९सुदूरपश्चिम महोत्सव हुने० ३० गतेसम्म सञ्चालन हुनेछ ।
