थारु राष्ट्रिय दैनिक
भाषा, संस्कृति ओ समाचारमूलक पत्रिका
[ थारु सम्बत ०३ चैत २६४८, सोम्मार ]
[ वि.सं ३ चैत्र २०८१, सोमबार ]
[ 17 Mar 2025, Monday ]

कथा वाचनको चौथौँ दिन महायज्ञमा २० लाख ५१ हजार दान संकलन

पहुरा | २७ माघ २०८१, आईतवार
कथा वाचनको चौथौँ दिन महायज्ञमा २० लाख ५१ हजार दान संकलन

पहुरा समाचारदाता
धनगढी, २७ माघ ।
मानवसेवा आश्रमले धनगढीमा माघ २३ गतेदेखि सुरू भइरहेको श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा आश्रमको भवन निर्माणार्थ सहयोग जुट्ने क्रम जारी छ । आइतबार कथा वाचनको चौथौँ दिन महायज्ञमा २० लाख ५१ हजार २ सय १२ रूपैयाँ दान संकलन भएको आश्रमले जनाएको छ ।

कथा वाचनको चौथौँ दिन आइतबार महायज्ञमा सहभागी हुँदै दशरथचन्द नगरपालिका–४, खलङ्गा, बैतडी निवासी मञ्जु के।सीले स्वर्गीय मातापिताको स्मृतिमा आश्रमको एक कोठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ योगदान गर्नुभएको छ ।

धनगढी उपमहानगरपालिका–०४, कैलाली निवासी सिताराम अवस्थीले भवन निर्माणका लागि ३१ हजार २ सय ४५ रुपैया मात्र योगदान गर्नु भएको छ । त्यस्तै धनगढी उपमहानगरपालिका–५, कैलाली निवासी काशीनाथ भट्टले स्वर्गीय छोराको स्मृतिमा भवन निर्माण सहयोगार्थ २५ हजार ५ सय २५ रूपैयाँ योगदान गर्नुभएको छ । धनगढी उपमहानगरपालिका–१, कैलालीका संन्त निरकारी मण्डल नेपाल सत्संग भवन धनगढी परिवारद्वारा भवन निर्माण सहयोगार्थ १७ हजार ४ सय प्रदान गर्नु भएको छ । धनगढी उपमहानगरपालिका–४ कैलाली निवासी मन्जुले भवन निर्माणमा १५ हजार ५ सय ५१ रूपैयाँ, धनगढी उपमहानगरपालिका–१ कैलाली निवासी शेरबहादुर बस्नेतले १५ हजार ५ सय ५ रूपैयाँ, धनगढी उपमहानगरपालिका–४, कैलाली निवासी सुरेन्द्रप्रसाद भट्टले १५ हजार ५ सय ५५ रूपैयाँ, दशरथ भट्ट र बिमलादेवी भट्टले ५ हजार १ सय ५५ रूपैयाँ, लक्ष्मण भट्टले ५ हजार ५ रूपैयाँ, विरबहादुर महताले रु ५ हजार १ सय ५ रूपैयाँ, ओम प्रकाश बास्तोलाले ५ हजार १ सय ५१ रूपैयाँ, मनिराज पाण्डेले ५ हजार १ सय ५ रूपैयाँ, शिवराज उप्रेतीले ५ हजार २ सय ५५ रूपैयाँ, नरेन्द्र शाही र नरिन्ता शाहीले ५ हजार ५ सय ५५ रूपैयाँ, पारुदेवी कुँवरले ५ हजार ५ रूपैयाँ, काशीराम बिष्ट र भद्रकाली ट्रेडर्सले ५ हजार १ सय रूपैयाँ, रुरुक्षेत्र गाउँपालिका, लामाखर्क, गुल्मी निवासी इश्वरीप्रसाद ज्ञवालीले १५ हजार ५ सय ५५ रूपैयाँ, कैलाली मोडेलका शिक्षक दिपक पुजाराले भवन निर्माणका लागि एकबोरा सिमेन्ट इट्टा योगदान स्वरूप १ हजार ५ रूपैयाँ, साँफेबगर नगरपालिका–३, अछाम निवासी नयाँ कुँवर र नर्मदा कुँवरले ५ हजार ५५ रूपैयाँ योगदान गर्नु भएको छ । दान गर्नेक्रम जारी छ ।

माघ २३ गतेदेखि धनगढीको पशुपति टोलमा सुरू भएको महायज्ञ ९सुदूरपश्चिम महोत्सव हुने० ३० गतेसम्म सञ्चालन हुनेछ भने मानवसेवा आश्रमले कैलाली धनगढी शाखाको भवन निर्माण गर्ने उद्देश्यले महायज्ञको आयोजना गरेको हो ।

जनाअवजको टिप्पणीहरू