थारु राष्ट्रिय दैनिक
भाषा, संस्कृति ओ समाचारमूलक पत्रिका
[ थारु सम्बत ०२ माघ २६४९, बिफे ]
[ वि.सं १ माघ २०८२, बिहीबार ]
[ 15 Jan 2026, Thursday ]

सेवक नेपालद्वारा सञ्चालित आर्थिक विकासमार्फत जोखिम व्यवस्थापन (एमरेड) कार्यक्रमको अनुगमन

पहुरा | १ माघ २०८२, बिहीबार
सेवक नेपालद्वारा सञ्चालित आर्थिक विकासमार्फत जोखिम व्यवस्थापन (एमरेड) कार्यक्रमको अनुगमन

पहुरा समाचारदाता
धनगढी, १ माघ ।
कैलालीको विभिन्न पालिकामा मर्सिकोर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सेवक नेपाल धनगढीद्वारा संचालन गरेको आर्थिक विकासमार्फत जोखिम व्यवस्थापन (एमरेड) कार्यक्रमको अनुगमन गरिएको छ ।

बुधबारका दिन (एमरेड) कार्यक्रम अन्र्तगत घोडाघोडी नगरपालिका, भजनी नगरपालिकामा संचालित गतिविधिको अनुगमन गरिएको हो ।

अनुगमन टोलीले घोडाघोडी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष दानसिंह जोगीसँग त्यस बडामा बगरखेतीको सम्भवनाबारे छलफल गरेको थियो । उहाँले सेवक नेपाल धनगढीद्वारा संचालन गरेको आर्थिक विकासमार्फत जोखिम व्यवस्थापन (एमरेड) कार्यक्रम राम्रो रहेको बताए । वडा नम्बर ११ मा उखु खेती भन्दा पनि वेमौसमी तरकारी खेतीको आवश्यकता र सम्भावना रहेको बताउनु भयो ।

सेवक नेपालको सहयोगमा घोडाघोडी नगरपालिका वडा नम्बर १२ खोपामा, कान्द्राको किनारमा ४ विघामा चार जनाले सामुहिक रुपमा बगर खेती सुरुवाट गरेका छन । बगर खेतीले आर्थिक विकासमार्फत जोखिम व्यवस्थापनमा टेवा पुग्ने सो समुहकी अस्रानी चौधरीले बताइन । वेरोजगार बस्नु भन्दा बगर खेती गरेपछि केही न केही आर्थिक स्रोत जुटाउन मद्दत पुग्ने उहाँले बताइन । सेवक नेपालले सो समुहलाई बगर खेती गर्नका लागि तालिम र विउ खरिदका लागि २५ हजार नगद सहयोग गरेको छ ।

अनुगमन टोलीले भजनी नगरपालिका वडा नम्बर ३ बर्दौहुवामा कान्द्रा नदिको काटनबाट जोखिम न्यूनिकरण गर्नाको जैविक तटबन्ध गर्नुपर्ने क्षेत्रको अनुगमन गरि त्यस समुदायसँग छलफल गरेको थियो । टोल विकास सस्थाका सदस्य खेमराज जैसी बर्खाका बेला उ ठाउँबाट नदिको पानी ओभर फलो भएर बस्तीतिर जाने गरेकोले त्यस ठाउँमा दिगो जैविक तटबन्ध गर्नुपर्ने आवश्यक रहेको बताउनु भयो ।

उहाँले भने यस बर्ष खासै बाढी आएन तैपनि कान्द्रा नदिले बाटो कटान गरि रहेको छ । जेसिबीको प्रयोगबाट हिडने बाटो बनाइएको छ । त्यसै गरि सो नदिले वडा नम्बर ३ बर्दौहुवा फाँटा दैलेखी टोलमा गरेको कटानको अनुगमन गरिएको छ । सोही टोलकी सोनिया खत्री देउवाले बर्खायाममा यस क्षेत्र बाढी बाट बढी प्रभावित हुने गरेकोेले नदि कटान भइरहेका ठाउँँ जैविक वा भौतिक तटबन्ध गर्नसके नदि कटानको जोखिम नियन्त्रण गर्न सकिने बताउनु भयो ।

सेवक नेपालका धनगढीका अध्यक्ष पवन भण्डारी परियोजनाले कैलालीको गोदावरी, चुरे, भजनी, घोडाघोडी, मोहन्याल र कञ्चनपुरको लालझाँडी, पुनर्वास, शुक्लाफाँटामा वातावरण संरक्षणसँगै आर्थिक रुपमा बलियो बनाउनको लागि विभिन्न किसिमका कार्यक्रम लागु भएको बताउनु भयो ।

अनुगमन टोलीमा सेवक नेपालका अध्यक्ष पवन भण्डारी, उपाध्यक्ष गगनसिह ठगुन्ना, सल्लाहकार सदस्य चन्द्रसिह ठगुन्ना, सदस्य दलबहादुर ओली, सदस्य सीता ओझा, सामाजिक परिचालक मालती सार्की, लगायतले अनुगमन तथा बस्तीबाट सुझाव संकलन, सिडीएमसीसँग फोकस ग्रुप छलफल गरेका थिए ।

जनाअवजको टिप्पणीहरू