प्रगतिशील लेखक संघको नगर अधिवेशन सम्पन्न
पहुरा |
७ फाल्गुन २०८१, बुधबार

पहुरा समाचारदाता
धनगढी, ७ फागुन । प्रगतिशील लेखक संघ धनगढी उपमहानगरपालिकाको प्रथम सम्मेलन हिमाल शाहीको नेतृत्वमा ९ सदस्यीय नगर कमिटी गठन गर्दै सम्पन्न भएको छ ।
खेमराज बडुको अध्यक्षता, दशरथ धामीको सञ्चालन र तिलकबहादुर सिंहको प्रमुख आतिथ्यमा सम्पन्न नगर सम्मेलनमा बाबुराम आचार्य, केशवनाथ योगी, कोपिला शर्मा ूकल्पू, ओमप्रकाश पुन, वसन्ती साउँद, मिना बुढा लगायत लेखकहरुले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
सम्मेलनले अध्यक्षमा हिमाल शाही, उपाध्यक्षमा भूवन शाही, सचिवमा रबिन्द्र रोकाया, सह(सचिवमा अशोक अधिकारी, कोषाध्यक्षमा जानकी जोशी र सदस्यहरुमा लक्ष्मी जोशी, भावना खत्री लगायत निर्वाचित भएका छन् । नगर सम्मेलनले आगामी फागुन १० गते धनगढीमा हुने प्रलेसको जिल्ला सम्मेलनलाई पनि सफल पार्न सहयोग गर्ने निर्णय गरेको छ ।
