थारु राष्ट्रिय दैनिक
भाषा, संस्कृति ओ समाचारमूलक पत्रिका
[ थारु सम्बत ०३ चैत २६४८, सोम्मार ]
[ वि.सं ३ चैत्र २०८१, सोमबार ]
[ 17 Mar 2025, Monday ]

मिल्स बेरी एकेडेमीको १२ औं बार्षिक उत्सव सम्पन्न

पहुरा | १० फाल्गुन २०८१, शनिबार
मिल्स बेरी एकेडेमीको १२ औं बार्षिक उत्सव सम्पन्न

पहुरा समाचादाता
धनगढी,१० फागुन ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरमा रहेको मिल्स बेरी एकेडेमीले आज (शनिबार) विभिन्न सांस्कृतिक क्रियाकलाप गरी १२ औं बार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सव समारोहमा रक्तदान कार्यक्रमको आयोजना गरी विभिन्न नृत्य, संगीत, नाटक प्रस्तुत गरिएको थियो ।

उक्त विद्यालयक सञ्चालक सुजित शर्माको सभापतित्वमा भएको कार्यक्रममा धनगढी उपमहानरपालिका पूर्व नगर प्रमुख तथा शिक्षा क्षेत्रमा लामो समय सम्म योगदान पुर्याएका खेमराज पाण्डेय प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ट अतिथि पञ्चोदय उच्च माविका प्राचार्य हरीश कुमार ओझा रहनु भएको थियो ।

अतिथिको रूपमा कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. मानबहादुर जोरा, कैलाली बहुमुखी क्याम्पसका उप प्राध्यापक देव ओझा, त्यसै गरी कैलाली उद्योग वाणिज्य संघका सल्लाहकार तथा नवजीवन सहकारी संस्थाका सञ्चालक समिति सदस्य शिवकुमार फुलारा, समाजसेवी प्रमोद पाठक, नेपाल बाल संगठन कैलाली शाखाका उपाध्यक्ष÷ नवजीवन सहकारी संस्थाका सञ्चालक समिति सदस्य गोपाल पाठक, मानसरोवर डेन्टलका डा. एच. पी महतो, सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशका स्वास्थ्य दूत सर्वाधिक रक्तदाता दिपक उपाध्याय रहनु भएको थियो ।

कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुर्याए बापत डा. मानबहादुर जोरा र समाज सेवामा योगदान पुर्याए वापत सर्वाधिक रक्तदाता दिपक उपाध्यायलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

जनाअवजको टिप्पणीहरू