थारु राष्ट्रिय दैनिक
भाषा, संस्कृति ओ समाचारमूलक पत्रिका
[ थारु सम्बत ०३ चैत २६४८, सोम्मार ]
[ वि.सं ३ चैत्र २०८१, सोमबार ]
[ 17 Mar 2025, Monday ]

रानाथारु होरी विशेष कार्यक्रम २०८१ सम्पन्न

पहुरा | ३० फाल्गुन २०८१, शुक्रबार
रानाथारु होरी विशेष कार्यक्रम २०८१ सम्पन्न

पहुुरा समाचारदाता
कैलाली, १ चैत । “
संस्कृतिको साथै, शिक्षित व्यक्तिलाई गरौं सम्मान’ लागू औषध त्यागौं, समाज बनाउन देऊ ध्यान’ भन्ने नाराका साथ रानाथारु होरी विशेष कार्यक्रम २०८१ धनगढी–७, देवहरिया, कैलालीमा रानाथारु होरी विशेष कार्यक्रम २०८१ सम्पन्न भएको छ ।

धनगढी उपमहानगरपालिका–७ देवहरिया गाउँका भलमन्सा जगन्नाथ रानाको सभाध्यक्षतामा र सुदूर पश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष माननीय डा. जीवन रानाको प्रमुख आतिथ्यतामा भव्य रूपमा होरी कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सम्बोधन गर्दै आयोगका उपाध्यक्ष डा. जीवन राना स्थानीय संस्कृति, शिक्षाको महत्व, र लागू औषध दुव्र्यसन विरुद्ध जनचेतना फैलाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा विशिष्ट अतिथी धनगढी–७ का वडा अध्यक्ष मोति रानाथारु, धनगढी–१७ नं वडा अध्यक्ष माधबराज रानाथारु, धनगढी–७ का निवर्तमान वडा अध्यक्ष सिताराम राना, निसर्ग अस्पतालका अध्यक्ष तिर्थराज पन्त, ने.रा.था.स. का अध्यक्ष रबि राना सहित विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

यस अवसरमा स्थानीय युवाहरू, बौद्धिक व्यक्तित्वहरू, समाजसेवीहरू, तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा संस्कृतिक झाँकी रानाथारु होरी नाच, ठडिया नाच, कलाकार लक्ष्मी राना, अञ्जली राना, रामदेव राना, खडक राना, राम आसरे राना र पार्वती रानाको बेजोड प्रस्तुति रहेको थियो ।

कार्यक्रममा देवहरिया गाउँका स्नातक उत्तीर्ण विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरेका थिए । स्थानिय समुदायले यस्ता कार्यक्रमले समाज सुधारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।

जनाअवजको टिप्पणीहरू