थारु राष्ट्रिय दैनिक
भाषा, संस्कृति ओ समाचारमूलक पत्रिका
[ थारु सम्बत २७ कुँवार २६४८, अत्वार ]
[ वि.सं २७ आश्विन २०८१, आईतवार ]
[ 13 Oct 2024, Sunday ]

क्वारेन्टाइनमा बसेकाहरुका लागि तरकारी सहयोग

पहुरा | १९ जेष्ठ २०७७, सोमबार

हसुलिया, १९ जेठ । क्वारेन्टाइनमा बसेका दाजुभाईहरुको खानपानमा सहयोगका लागि स्थानीयसमेत जुर्मुराउन थालेका छन् ।

विपद्को बेला सहयोग गर्नु सबैको दायित्व अनुरुप स्थानीयसमेत विभिन्न सामग्री सहयोग गर्न थालेका हुन । यसैक्रममा कैलालीको हसुलियामा एग्रोभेट सञ्चालन गर्दै आएका कैलारी गाउँपालिका रानामुडाका काशीनाथ चौधरीले तरकारी सहयोग गरेका छन् ।

क्वारेन्टाइनमा रहेका दाजुभाईहरुलाई ताजा तरकारी खुवाउने उद्देश्यले उनले १०० किलो तरकारी सहयोग गरेको गाउँपालिकाका कर्मचारी रविन्द्रकुमार चौधरीले जानकारी दिए । चौधरीले आज गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवालाई तरकारी हस्तान्तरण गरेका छन् । सो क्रममा गाउँपालिकाका स्वास्थ्य संयोजक विरेन्द्र सापकोटा, योजना शाखा प्रमुख सन्तोषकुमार चौधरीको उपस्थिति रहेको थियो ।

उनले फर्सी, लौकी, करेला दिएको जनाइएको छ । कैलारी गाउँपालिकामा स्थापना गरिएको क्वारेन्टाइनमा अहिले मान्छेहरुको संख्या ह्वात्तै बढेको छ ।

जनाअवजको टिप्पणीहरू