थारु राष्ट्रिय दैनिक
भाषा, संस्कृति ओ समाचारमूलक पत्रिका
[ थारु सम्बत १५ बैशाख २६४८, शनिच्चर ]
[ वि.सं १५ बैशाख २०८१, शनिबार ]
[ 27 Apr 2024, Saturday ]

प्रदेश सरकारले सीमा क्षेत्रमा तारबार लगाउनुपर्छ ः प्रदेश सांसद चुनकुमारी

पहुरा | २२ जेष्ठ २०७७, बिहीबार

धनगढी, २२ जेठ । सुदूरपश्चिम प्रदेश सभा सदस्य चुनकुमारी चौधरीले सीमा क्षेत्रमा तारबार लगाउन प्रदेश सरकारलाई सुझाएकी छिन् ।

प्रदेश सभाको छैठौं अधिवेसन अन्तरगत विहिबार भएको नवौं बैठकमा सरकारको नीति तथा कार्यक्रमवारे आफ्नो धारणा राख्दै उनले सो सुझाव कुरा सुझाएकी हुन् ।

सुदूरपश्चिम प्रदेशको लिम्यिाधुरा, कालापानी र लिपुलेक मात्रै होइन तराईको जिल्ला कैलाली र कञ्चनपुरमा पनि वर्षौदेखि सीमा विवाद कायम रहेको र नेपालीहरु भारतीय ज्यादती सहदै आएको उल्लेख गर्दै प्रदेश सभा सदस्य चौधरीले सीमामा तारबार लगाउनुपर्ने माग राखेकी थिइन् ।

उनले भनिन्, सीमाको रक्षार्थ गोविन्द गौतम जस्ता नेपालीहरु भारतीयको गोली खाएर वीरगति प्राप्त गर्न बाध्य छन् । दिनहुँ नेपालीहरु ज्यादती सहन बाध्य हुन्छन् । यो सुदूरपश्चिमकै भूमी हो । यो भूमी, यहाँका जनता रहेनन् भने हामी कसको लागि र के लागि राजनीति गर्ने ? त्यसैले नीति तथा कार्यक्रममा समावेश गर्न जरुरी छ ।

त्यस्तै उनले प्रदेश सरकारको नीति तथा कार्यक्रम वर्षेनि दोहोरिने गरेको बताइन् । सबै किताबमै सीमित हुने तथा कार्यान्वयन नहुने प्रबृतिले जनतामा कुन मुख लिएर जानेवारे लाजमर्दो भएको बताइन् । प्रदेश राजधानी बनाउने निर्णय र त्यसको लागि छुट्याएको बजेट कहाँ जान्छ ? सरकारले जवाफ दिनुपर्छ, उनले अगाडी थपिन् ।

जनाअवजको टिप्पणीहरू