थारु राष्ट्रिय दैनिक
भाषा, संस्कृति ओ समाचारमूलक पत्रिका
[ थारु सम्बत ३० कुँवार २६४८, बुध ]
[ वि.सं ३० आश्विन २०८१, बुधबार ]
[ 16 Oct 2024, Wednesday ]

वडा अध्यक्ष तिवारीद्वारा एक महिनाको सेवा सुविधा विपद कोषमा प्रदान

पहुरा | १२ असार २०७७, शुक्रबार

पहुरा समाचारदाता
मसुरिया, १२ असार ।
गौरीगंङ्गा नगरपालिका ९ का वडा अध्यक्ष हरिप्रसाद तिवारीले एक महिनाको सेवा सुविधा कोरोना रोकथाममा प्रदान गर्ने घोषणा गरेका छन् ।
हाल बिश्वमा देखिएको कोरोना भाईरस (कोभिड–१९) को कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गरेर अध्यक्ष तिवारीले नगरपालिकाबाट प्राप्त हुने १ महिनाको सम्पुर्ण सेवा सुविधा विपद व्यवस्थापन कोषमा दिने सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएका हुन ।
तिवारीले भनेका छन् ूबिश्व अक्रान्त भैरहेको सर्बबिदितै छ, यसबाट हाम्रो देश नेपाल पनि अछुतो नरहेका कारण यस संकटको घडीमा सबैले सबैलाई सहयोग गर्ने अति जरुरी देखिन्छ । त्यसकारण म यस नगरपालिकाको जनप्रतिनिधिको हैसियतले मेरो आफनो वडा र नगरपालिकामा मेरो केही सानो प्रयासले यहाँका बासिन्दालाई सानो सहयोग पुग्छ, भने किन नगर्न भन्ने सोचका साथ मैले हाम्रो राज्य बाट पाउने १ महिनाको सम्पूर्ण सेवा सुबिधा हाम्रो नगरपालिकामा रहेको बिपद कोरोना कोषमा दिने निर्णय गरेको यसै समाजिक संजाल मार्फत सम्पूर्ण नगरबासि मा जानकारी गराउदछुू ।

जनाअवजको टिप्पणीहरू