प्रबासबाट क्वारेन्टाइन व्यवस्थापन गर्न सहयोग
पहुरा समाचारदाता
मसुरिया, १३ असार । कैलाली, भारतमा रहेका नागरिकहरुले क्वारेन्टाइनमा बसेका दाजुभाइको व्यवस्थापन गर्न वडा कार्यालयलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।
भारतको पुनामा रोजगारी गरिरहेका गौरीगंङ्गा नगरपालिका वडा नं ५ अण्डैयाका बासिन्दा केदार विकको पहल र समन्वयमा संकलन गरिएको नगद रकम वडा अध्यक्ष जंग बहादुर विकलाई हस्तान्तरण गरिएको हो ।
रोजगारीका लागि भारतको विभिन्न ठाउमा रहेका ५१ जना युवाहरूले संकलन गरेर जम्मा गरेको एकसट्ठी हजार आठ सय सत्ताईस रुपैया टोल विकास समितिका संयोजक तथा स्थानीय पुष्पाञ्जली सामुदायिक वनका अध्यक्ष कमल जनला मार्फत वडा अध्यक्षलाई हस्तान्तरण गरिएको छ ।
कोरोना भाईरसको संक्रमण फैलिदै जादा भारतमा रोजगार गुमाएर घर फर्केका दाजुभाइलाई क्वारेन्टाइन बसाईमा असहज भएको खबरहरु आईरहदा आफ्नो वडामा सो समस्या नहोस् भनेर आ( आफ्नो क्षमता अनुसार स्वस्फूर्त रुपमा रकम संकलन गरेर पठाईएको भारतको पुनाबाट केदार विकले जानकारी दिए ।