थारु राष्ट्रिय दैनिक
भाषा, संस्कृति ओ समाचारमूलक पत्रिका
[ थारु सम्बत ०२ माघ २६४८, बुध ]
[ वि.सं २ माघ २०८१, बुधबार ]
[ 15 Jan 2025, Wednesday ]
‘ वडा कार्यालयहरुको सार्वजनिक सुनुवाइ ’

कोरोना महामारीले विकास निर्माणका योजना प्रभावित

पहुरा समाचारदाता | २६ जेष्ठ २०७७, सोमबार

हसुलिया, २५ गते । कैलालीस्थित कैलारी गाउँपालिकाको वडा नम्बर १, ३ र ४ वडा कार्यालयहरुले चालू आर्थिक वर्षको हालसम्म गरेका कार्य प्रगतिको आज सार्वजनिक सुनुवाइ गरिएको छ ।
कैलारी गाउँपालिकाको आयोजनामा तीन वटा वडा कार्यालयको सार्वजनिक सुनुवाइ गरिएको हो । वडा नम्बर १ को सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा सचिव मञ्जु अधिकारीले चालू आर्थिक वर्षको हालसम्म भएको कार्य प्रगति विवरण पेश गरेकी थिइन् ।
चालू आबमा सो वडा कार्यालयको १५ वटा योजना रहेको छ । जसमध्ये नौ वटा योजना सम्पन्न भइसकेको र छ वटा अधुरा रहेको सचिव अधिकारीले जनाइन् ।
आर्थिक वर्ष २०७६/०७७ को हालसम्म वडा कार्यालयले ११८ वटा जन्मदर्ता, २६ वटा मृत्यु, ५१ विवाह दर्ता गरेको जनाइएको छ । यसैगरी, वडा नम्बर १ ले चालू आर्थिक वर्षको चैत मसान्तसम्म छ लाख २८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
कार्यक्रममा रामबहादुर चौधरी, कैलाश चौधरी लगायतकाले विविध विषयमा जिज्ञासा राखेका थिए । उनीहरुले उठाएको प्रश्नको जवाफ दिदैं वडा अध्यक्ष बालकृष्ण चौधरीले यो वर्ष लकडाउनको कारण विकास निर्माणको कार्यमा ढिलासुस्ती भएको स्वीकार गरे ।
उनले अधुरा योजना लगायत चालू आर्थिक वर्षमा समेट्न नसकिएका योजनाको आगामी दिनमा काम हुने प्रतिवद्धता जनाए ।


यसैगरी, वडा नम्बर ३ मा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा आर्थिक वर्ष २०७६÷०७७ मा वडा कार्यालयबाट हालसम्म भएको प्रगति विवरण वडा सचिव रामचन्द्र चौधरीले प्रस्तुत गरेका थिए । सो वडा कार्यालयमा चालू आर्थिक वर्षमा १८ वटा योजना रहेको छ । जसमध्ये नौ वटा सम्पन्न भएको र नौ वटा कार्यान्वयनको क्रममा रहेको जनाइएको छ ।
यसैगरी, लक्षित वर्गको कार्यक्रम छ वटा रहेकोमा चार वटा सम्पन्न भएको र दुई वटा बाँकी रहेको जनाइएको छ । सो वडा कार्यालयले वैशाख मसान्तसम्म गरी छ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
वडा नम्बर ३ को कार्यालयले हालसम्म ८० जनाका्े जन्मदर्ता, २१ जनाको मृत्यु र ३७ जनाको विवाह दर्ता गरेको छ ।
कार्यक्रममा नरेन्द्र चौधरी, बिन्द्रा चौधरी, विष्णु चौधरी, महेन्द्रकुमार चौधरी लगायतकाले आफ्ना सुझाव तथा गुनासा राखेका थिए । सो क्रममा उनीहरुले स्थानीय सरकारले विकास निर्माणको कार्यमा ध्यान दिनु पर्ने, रोजगारीको अवसर सृजना गर्नु पर्ने लगायतको धारणा राखेका थिए ।
सहभागीले उठाएको प्रश्नको जवाफ दिदैं वडा अध्यक्ष कैलाश चौधरीले सेवाग्राहीले गुनासो गर्ने ठाउँ नहोस भन्ने उद्देश्यका साथ काम गर्नका लागि कर्मचारीलाई घचघच्याउँदै आएको बताए ।
उनले मोहनपुर गाउँवासीको लागि मोहना नदीमा झोलुङगे पुलको योजना परेको उल्लेख गरे । गाउँपालिकाको कार्यालयले आउने आर्थिक वर्षमा कृषि र पशुपालनलाई प्राथमिकता दिने भन्दै वडा अध्यक्ष चौधरीले भौतिक विकासमा कम बजेट आउने बताए ।
भलमन्सा, स्थानीय बुद्धिजिवी लगायतबाट छनोट भइ आएका योजनाहरुलाई प्राथमिकतामा राख्ने वडा अध्यक्ष चौधरील उल्लेख गरे । कार्यक्रममा वडा सदस्यहरु रञ्जिता चौधरी, भागीराम चौधरी, सीताराम चौधरी, पार्वती बिकेको पनि सहभागिता रहेको थियो ।


यसैगरी, वडा नम्बर ४ को सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा सचिव हेमराज ढुङ्गानाले चालू आर्थिक वर्षको हालसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए । सो वडामा १७ वटा योजना रहेको छ । जसमध्ये केहि योजनाको काम सम्पन्न भइसकेको र केहीको बाँकी रहेको सचिव ढुङ्गानाले बताए ।
कार्यक्रममा जगलाल थारु, बिन्तीराम चौधरी, तीर्थ नेपाल, टेकबहादु्र परियारले निर्माणाधीन रोडमा माटो फिलिङ, कालोपत्रे निर्माण, ग्राभेल लगायतको बारेमा जिज्ञासा राखेका थिए ।
सहभागीले उठाएको प्रश्नको जवाफ दिदैं वडा अध्यक्ष भिखराम चौधरीले योजना निर्माण कार्यको अनुगमन गर्न र घचघच्याइ दिन भलमन्साहरुलाई पनि आग्रह गरे । यो वर्ष ग्राभेल हुन नसकेको ठाउँमा अर्को वर्ष काम पूरा हुने उनले बताए ।
कोभिड–१९ को कारण सामाजिक दूरी कायम राख्नु पर्ने भएकाले कार्यक्रममा प्रतिनिधिमूलक सहभागिता गराइएको थियो । कार्यक्रमको सहजिकरण नेपाल आदिवासी जनजाति पत्रकार महासंघले गरेको थियो ।

जनाअवजको टिप्पणीहरू