थारु राष्ट्रिय दैनिक
भाषा, संस्कृति ओ समाचारमूलक पत्रिका
[ थारु सम्बत १४ बैशाख २६४९, अत्वार ]
[ वि.सं १४ बैशाख २०८२, आईतवार ]
[ 27 Apr 2025, Sunday ]

नेपाली कबिता: म अक्षरका लाम हु

पहुरा | २२ जेष्ठ २०७८, शनिबार
नेपाली कबिता: म अक्षरका लाम हु

तिम्रो नजर मलाइ निर्जीव देख्छ होला ।
सानो ,बेकाम अबगुणि देख्छ होला ।
तर म भन्छु !
म धर्ती हु !आकाश हु ।
बृहत छु ! विशाल छु ।
म आवाज बिहिनहरुको आवाज हु ।
अधेरी बस्तीको लाली किरण हु ।
कसैलाइ हसाउन रुवाउन सक्ने ।
बाधिएका पाउहरु नचाउन सक्ने ।
म साहित्य हु !
गित र संगित हु ।
साच्चिकै म एक बुलन्द हु ।
भ्रष्टाचारी , देश द्रोही ,
अत्याचारीहरुसंग युद्ध गर्दै निरंकुश ढाल्ने ।
म एक वीर योद्धा हु !
म बंम , बारुद ज्वाला हु !
तिम्रा घिनौना खेलसंगै तिमिलाइ ध्वस्त गर्न सक्छु ।
र ती धारिला चम्किला खुकुरी तरवार हु ।
तिम्रा घाती रेटिन सक्छु ।
ज्यान तहस नहस पार्न सक्छु ।
थिच्न , मिच्न , र दबाउन नखोज ।
ती जनार्दन आवाजहरु ।
हतकडि , जंजिरमा बाधिन नखोज ।
पत्थरका काप फुट।उने पौरखी हातहरु ।
जेल,नेल करागारमा सडाउन न खोज ।
जनताका अधिकार , पहिचान
र शक्तिमान ती गुञ्जयहरु ।
नत्र म आधी ,बेरी तुफान र सुनामीभइ उर्लिने छु ।
तिर, झिर , भाला, खुकुरी , हतियारभइ आउनेछु ।
सातो पुत्ला लुकाउने ठाउ पाउने छैनौ तिमी ।
त्यसैले होसियार !!
साच्चिकै यो देशको परिबेशसंगै ।
मेरा पनि विभिन्न रुप रंग हुनेछ्न ।
म पनि माया मोह सबथोक भुलेर ।
बद्लिने छु ।
किन कि ।
म अक्षरका लाम हु ।
जब जब अन्याय , अत्याचार र दासता विरुद्ध ।
रातो आन्दोलन ,क्रान्ति , र बिद्रोह जन्मिन्छ ।
तब तब म पनि ।
आवेश र आबेग मा हुन्छु ।
किन कि ऐले म बौलाएकी छु ।
त्यसैले होसियार !
न खाएक बिख त लगाउछौ तिमिले ।
न गरेको अपराधको सजाय दिलाउछौ तिमिले ।
त्यसैले म जे पनि बन्न सक्छु ।
मेरा अक्षरका लामहरु ।
तिम्रा घाती निमोतिन तम्सिएका छ्न ।
मेरा सब्दबाणहरु तिमिलाइ
टुडिखेलमा झुन्डयाउन लम्किएका छ्न ।
मेरा कबिताका पंक्तिहरु , मेरा गजलका शेरहरु ।
निबन्ध , प्रतिबन्धका तागत र भाबहरु ।
तिम्रा खुन पिउन ब्युझीएका छ्न ।
त्यसैले होसियार !
खबरदार !
सत्य तत्थ्य चिरफार गर्न पाउने ।
न्यायको लागि लडन पाउने ।
मेरो अधिकार हो ।
म अक्षरका लाम हु ।

टीकापुर, कैलाली

जनाअवजको टिप्पणीहरू